अठोट खबर

अठोट खबर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from अठोट खबर, Canada, KS.

#नमस्कार सम्पूर्ण मित्रहरू 🙏
कृपया अठोटखबरलाई फलो गरि‌ दिन हार्दिक अनुरोध गर्न चाहन्छु🙏💚
#साथै महत्वपूर्ण ,सुचना,विज्ञापन,जनहितमा जारी सन्देश‌ तथा तपाईंको गाउँ घरमा लाईभ डेउडा प्रशारणका लागि तेज डुम्रेललाई सम्झिनु होला🙏💚
९८४८६२०६९२

09/30/2025

सायल गाउँपालिका वडा नम्बर ४ कि सृजना र रविना बिकलाइ सहयोग रकम हस्तान्तरण गरिएको छ।
भारतीय बजारमा मजदुरी गरिरहेका नेपाली दाजुभाईले ७४ हजार ७ सय सहयोग रकम संकलन गरि पत्रकार तेज डुम्रेलको खातामा पठाएका थिए।
सामाजिक अभियन्ता एवं सामाजिक सञ्जालमा विभिन्न कला साहित्य सार्वजनिक गरि भाइरल डोटीका प्याउलीको नेतृत्वमा उक्त रकम संकलन गरिएको हो।
आमा बुबा गुमाएका सृजना र रविनाको पठनपाठनमा सहयोग होस् भन्ने पवित्र उदेश्यले राहत रकम संकलन गरि पठाउनु हुने प्रवासी दाजुभाईलाइ सृजना र रविनाले धन्यवाद दिएकि छन्
सृजना र रविनाकि आमा हरुको केही महिना अघि आदर्श गाउँपालिका जिप दुर्घटनामा परी मृत्यु भएको थियो भने बुबा प्रतापको भासु भिर बस दुर्घटनासँगै ज्यान गएको थियो !
सृजना पत्थरी बिरामीबाट ग्रसित छिन्
२०८२ असोज १४
डोटी

09/29/2025

डोटीको पूर्वीचौकी गाउँपालिका–२ हुणेखोला स्थित सिलगढी–झिग्राना सडक खण्डमा आइतबार दिउँसो पहिरो खस्दा एक जना बालिका बेपत्ता र तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आइतबार दिउँसो करिब २:४० बजे घरतर्फ पैदल हिँडिरहेका बेला माथिबाट आएको पहिरोले जिल्लाकाे सायल गाउँपालिका–४ भाल्माका प्रेम विष्टकी २६ वर्षीया श्रीमती महेश्वरी विष्ट र उनका तीन सन्तानलाई च्यापेको हो। उक्त घटनामा महेश्वरी विष्ट घाइते भएकी छन् ।

त्यस्तै उनकी छोरी ५ वर्षीया भगवती विष्ट पहिरोमा बेपत्ता भएकी छन्।
यसैगरी उनका छोरा ७ वर्षीय सबिन विष्ट सामान्य घाइते भएका छन् भने ९ वर्षीया करिष्मा विष्ट पनि सामान्य चोट लागेकी छन्। घाइतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ।

घटनापछि प्रहरी निरीक्षक नवराज रावलको नेतृत्वमा १५ जनाको टोली परिचालन गरी खोजतलास तथा उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख महेन्द्र नेपालले बताए ।

09/27/2025

दिपायलको पिपलला बजारमा बड्डा फर्निचर तथा ग्रिल ‌उद्योग सञ्चालनमा आएको छ।
करिब २५ लाख लगानीमा आधुनिक फर्निचर तथा ग्रिल ‌उद्योग पसल सञ्चालनमा आएको प्रोप्राइटर सरस्वती माझीले बताउनुभएको छ।
सहरको बदलिदो जीवनशैलीसँगै तथा ग्राहकका नयाँ नयाँ आवश्यकता पूरा गर्ने उद्देश्यले उक्त पसल सञ्चालनमा आएको हो।
सपथ मुल्यमा गलैंचा,म्याट दराज कुर्सी लगायतका दर्जनौं बढी सामानहरू पाइन्छन्
पछिल्लो समयमा दिपायल बजारमा नयाँ नयाँ पसलहरु संचालनमा आइ रहेका छन्
तेज डुम्रेल
२०८२ असोज ११ गते
डोटी

09/26/2025

" रेबिज बिरुद्ध जुटौँ तपाई, हामी, समुदाय "
भन्ने मुल नाराका साथ २० औँ विश्व रेबिज दिवस २०८२( 28 सेप्टेम्बर) रेबिज सप्ताह २०८२ असोज ६ गतेबाट शुरु भएको हो।
अभियान निरन्तर रहने हुँदा कृपया आ-आफ्नो घरपालुवा तथा वरपर छरिएर रहेका सामुदायिक कुकुरहरुलाई रेबिज बिरुद्धको खोप समयमै लगाऔ र रेबिज रोगबाट हुने मृत्युबाट आफु र अरुलाई पनी बचाऔँ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिलगढी डोटी

09/26/2025

दिपायल सिलगढी नगरपालिकाको नगर बस पुनः संचालनमा आएको छ।
नगर बस संचालनमा आएपछि यात्रा गरिरहेका केही यात्रुहरुको जनधारणा सार्वजनिक गरियो
तेज डुम्रेल
२०८२ असोज १० गते
डोटी

09/26/2025

नेपाल कम्युनिस्ट पार्टी डोटीको आयोजनामा शिखर नगरपालिकामा आज जेएन- जी विद्रोह नयाँ परिस्थिति र निकास विषय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै एक युवा नविन जोरा

09/25/2025

नेपाल कम्युनिस्ट पार्टी डोटीको आयोजनामा शिखर नगरपालिकामा आज जेएन- जी विद्रोह नयाँ परिस्थिति र निकास विषय अन्तरक्रिया कार्यक्रम
जारी छ।

09/25/2025

नेपाल कम्युनिस्ट पार्टी डोटीको आयोजनामा शिखर नगरपालिकामा आज जेएन- जी विद्रोह नयाँ परिस्थिति र निकास विषय अन्तरक्रिया कार्यक्रम
जारी छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका शिक्षा विभाग प्रमुख डोटी जिल्लाका शैलेन्द्र खड्काले आफ्नो धारणा सार्वजनिक गर्नु भएको छ।

09/25/2025

दिपायलमा चहलपहल बढेको छ।

09/25/2025

राष्ट्रिय स्वतन्त्र पार्टी डोटीको प्रमुख जिल्ला अधिकारीलाइ ध्यानाकर्षण पत्र
श्रीमान प्रमुख जिल्ला अधिकारी ज्यू
जिल्ला प्रशासन कार्यालय,डोटी

विषय: अन्तरिम सरकारले गरेका प्रमुख निर्णयहरूको स्थानीय तहमा प्रभावकारी कार्यान्वयन सम्बन्धमा ध्यानाकर्षण।

महोदय,

वर्तमान अन्तरिम सरकारले मुलुकमा राजनीतिक स्थिरता, शान्ति–सुरक्षा कायम गर्ने तथा आसन्न निर्वाचनलाई निष्पक्ष र सफल बनाउन विभिन्न महत्वपूर्ण निर्णयहरू गरेका छन्। ती निर्णयहरूको प्रभावकारी कार्यान्वयनमा स्थानीय प्रशासनको भूमिका निर्णायक हुने भएकाले यस पत्रमार्फत विशेष ध्यानाकर्षण गराउन चाहन्छौं।
१) प्रतिनिधि सभा निर्वाचन आगामी २०८२ फागुन २१ गते हुने मिति तोकिएको छ। यसको तयारीमा जिल्ला प्रशासनले सुरक्षात्मक, व्यवस्थापकीय र आवश्यक समन्वयात्मक कार्य तत्काल अघि बढाउन जरुरी छ।
२)शिक्षा, कृषि, उद्योग, सञ्चार लगायतका क्षेत्रमा नयाँ मन्त्री नियुक्ति भइसकेकोले मन्त्रालयगत निर्णयहरूलाई जिल्ला स्तरसम्म कार्यान्वयन गर्न विशेष पहल आवश्यक छ।
३)हालैका आन्दोलनहरूमा मृत्यु तथा क्षति सम्बन्धी छानबिन गर्न गठित आयोगलाई आवश्यक तथ्य संकलन र सहकार्य उपलब्ध गराउन जिल्ला प्रशासन सक्रिय हुनुपर्छ।
४)शान्ति–सुरक्षा, भ्रष्टाचार नियन्त्रण, राहत र पुनर्निर्माण कार्यक्रमलाई जिल्लास्तरमा तत्काल कार्यान्वयन गर्न आवश्यक संयन्त्र सक्रिय बनाउनुपर्ने हुन्छ।
५)संसद् अधिवेशन अन्त्य भएकाले अध्यादेशमार्फत आउने कानूनी व्यवस्थाहरूको स्पष्ट जानकारी जनस्तरमा पुर्‍याई प्रशासनिक सहजता दिलाउनु अपरिहार्य छ।
६) नयाँ महाअधिवक्ता तथा अन्य पदाधिकारीहरूको नियुक्तिपश्चात् कानूनी अभ्यासमा आउने मार्गनिर्देशनलाई जिल्ला स्तरमै लागू गर्नतर्फ ध्यान दिनुपर्ने हुन्छ।
७) डोटी जिल्लामा अलपत्र परेका आयोजनाहरुलाई पूरा गर्न सम्बन्धित निकायलाई आवश्यक निर्देशन र समन्वय गर्नुपर्ने देखिन्छ।
८) सरकारी गाडीहरुको प्रयोगमा पारदर्शीता अपनाउनु पर्ने देखिन्छ। कतिपय कार्यालयका गाडीहरू व्यक्तिगत प्रयोजनमा प्रयोग भएको पाईएकोले कार्यालय कामकाज बाहेक सार्बजनिक बिदामा कार्यालय वा जिल्ला बाहिर लग्न नपाइने व्यवस्था मिलाउनु आवश्यक छ।
९) विद्यालयको १०० मिटर वरिपरि खोलिएका धुप्रपान र मध्यपान जन्य पदार्थको पूर्ण रूपमा बिक्री गर्न रोक लगाउनु आवश्यक छ।
१०) दशैं तथा तिहार पर्वमा मान्छेको आवत जावत बढी हुने भएकाले सम्भावित दुर्घटना कम गर्न सार्वजनिक गाडीहरुको नियमन तथा व्यवस्थापन गर्नुपर्ने देखिन्छ।
११) जिल्ला अस्पताल डोटीमा अलपत्र परेका भवनहरू छिटो निर्माण गर्न आवश्यक पहल गर्नुपर्ने देखिन्छ। जिल्लामा स्वास्थ्य सेवालाई अझै प्रभावकारी बनाउन काम गर्नुपर्ने देखिन्छ।
१२) अहिले सम्म डोटी जिल्लाका पालिकाहरुले वेरूजु फर्छ्यौटमा कुनै पनि किसिमको काम नगरेको देखिन्छ जसकारण राज्यको अरबौं रकम जोखिममा रहेको छ।
१३) मिति २०७९-०७-२२ गते पूर्वीचौकी गाउँपालिका वडा न.३ , गैरागाउँ केन्द्रबिन्दु बनाएर गएको भूकम्पको कारण पालिकाले त्रिपाल वितरण कार्यक्रम गरेको थियो तर पालिकाले सार्बजनिक खरिद नियमावलीको सही पालना नगर्दा जुम्ला घर भई सिलगढीमा व्यापार गर्दै आईरहनु भएका व्यापारी गौरी शंकर उपाध्यायको झण्डै ३५ लाख डुब्ने अवस्थामा पुगेको छ। एक व्यापारीको न्याय को लागि आवश्यक समन्वय गर्नुपर्ने देखिन्छ।
१४) कतिपय जिल्ला प्रशासन कार्यालयहरुले नागरिकता र मतदाता परिचयपत्र एउटै कार्यालयबाट दिने ब्यबस्था मिलाएको छ। तर डोटी जिल्लामा निर्वाचन कार्यालय विपरित ठाउँमा हुँदा सेवा ग्राहीले सास्ती भोग्नुपर्ने अवस्था छ र नयाँ मतदाता परिचयपत्र बनाउने सङ्ख्या न्यून रहेको छ।

निष्कर्षमा, हामी सरोकारवालाहरूको हैसियतले जिल्लामा यी निर्णयहरूको कार्यान्वयन प्रभावकारी बनाउन, जनहितमुखी सेवा प्रवाह पारदर्शी बनाउन र समन्वयात्मक कदम चाल्न जिल्ला प्रशासन कार्यालयलाई हार्दिक अनुरोध गर्दछौं
लेखिएको छ।

Address

Canada, KS

Alerts

Be the first to know and let us send you an email when अठोट खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share