05/28/2026
बिचरा कोही पापी नै होला देखेर पनि नदेखेको जस्तो गर्ने
आमाको मृ'त्युपछि काजकिरिया गरिदिने कोहि भएनन्, आफन्त पन्छिए, अन्ततः आँसु पुछ्दै गङ्गाले दृढ स्वरमा भनिन्, “आमालाई अलपत्र छोड्न सक्दैनौँ । अब काजक्रिया हामी आफैं गर्छौँ ।”
झापा । ५५ वर्षीया मनमाया बास्कोटाको निधनपछि गाउँमा एउटा यस्तो दृश्य देखियो, जुन धेरैका लागि असामान्य र भावुक बनाउने खालको थियो । झापाका दुई अविवाहित छोरी—१४ वर्षीया गङ्गा र १७ वर्षीया पवित्रा आफ्नी आमाको काजक्रिया आफै गरिरहेका थिए । उच्च रक्त'चाप र नसासम्बन्धी प'क्षघातबाट लामो समयदेखि थलिएकी मनमायाको जेठ ४ गते आफ्नै घरमा निधन भएको थियो । उपचार, औषधि र आशाका अनेक प्रयास भए पनि अन्ततः उनले संसार छोडिन् । तर उनको मृ'त्युपछि परिवारमा शोकसँगै अर्को कठोर प्रश्न उभियो । “अब काजक्रिया कसले गर्ने ?”
मनमायाका छोरा भए पनि वर्षौँदेखि परिवारसँग सम्पर्कविहीनजस्तै थिए । बाबुको निधन हुँदा पनि उपस्थित नभएका उनी आमाको अन्तिम यात्रामा समेत आएनन् । परिवारसँग सम्पर्क गर्ने कुनै माध्यमसमेत थिएन । देवर, जेठाजु, नातागोता र आफन्तहरू भए पनि कसैले काजक्रियाको जिम्मेवारी लिन चाहेनन् । गाउँलेहरूले धेरै सम्झाए, आग्रह गरे । “मरेकी बुहारी, भाउजूको कर्म त गरिदिनुस् ।” तर जवाफ एउटै आयो “हामी बस्न मिल्दैन ।” त्यो उत्तरले दुई छोरीको मन चिराचिरा बनायो । कनकाई नदीको घाटमा कान्छी छोरी गङ्गा धेरै बेरसम्म रोइन्, कराइन् र चिच्याइन् । आमाको मृत शरीरभन्दा बढी आफ्नै आफन्तका कठोर शब्दहरूले उनलाई पोलिरहेका थिए । अन्ततः आँसु पुछ्दै गङ्गाले दृढ स्वरमा भनिन्, “आमालाई अलपत्र छोड्न सक्दैनौँ । अब काजक्रिया हामी आफैं गर्छौँ ।”
समाजको डर, परम्पराको दबाब र “छोरीले कसरी काजक्रिया गर्छे ?” भन्ने प्रश्नबीच उनीहरूले साहसिक निर्णय लिए । पुरोहित खोज्नसमेत कठिन भयो । कसैले “परम्परा मिल्दैन” भने, कसैले “समाजले के भन्छ ?” भन्दै पन्छिन खोजे ।
तर अन्ततः गाउँकै पुरोहित रत्नप्रसाद दाहाल अघि सरे । सुरुमा उनी पनि अन्योलमा थिए । तर गाउँलेहरूले भने “धर्म भनेको मृत आत्माको शान्ति हो, छोरी–छोरा छुट्याउने कुरा होइन ।”💔😥