10/12/2022
Everyone’s story! Read it if you want to explore!!
कबिता - ‘भेट’
बादलका थुम्का हेरेर हरेक रात निधाएको यो मन
आकाशमा रमाउने ताराहरूसग कहिले प्रस्न गरेन !
बरू आफ्नै बगैचामा माहुरी गुनगुनाए झैं
कुट्टो,कोदालोसगं रमाईरहेको हुन्छ
फूलसगं मुस्कुराउँदै, पातहरूलाई सुमसुमाउँदै
पोहोरै आमाले दिएको पुरानो रूमाल झीक्दै
ती पापी बलत्कारी यो देशमा रहुन जेल
मेरी आमाको आत्माले शान्ति पाउँने छैन
आँखा ओरी परी पौंठे जोरी खेलीरहेका आँशुका ढीक्का
परेलीलाई बिधाई माग्दै गालाको बोटो हुँदै
माटोसम्म आएर बिल्लीन हुन्छन
त्यती बेला आमाको यादले मुर्छा पर्छु !
त्यो जुनलाई हेरे,
मेरा बाको तस्बिर देखाउदै भन्यो-
‘यही अनुहारले, ईनै हात खुट्टाले
त सानु छदा बोल्न सिकायो,हाँस्न सिकायो,
ताँते ताँते गर्दै बाटो काट्न सिकायो’
जब म सानु थिएँ ,बा ठुलो हुनुहुन्थ्यो
जब बा सानु हुनु भयो म ठुलो भईसकेको थिए
बा-आमा मसग तपाईहरूको भेट नभए पनि
तपाईहरूको भेट चाँहि अवस्या होस...!
मेरो पनि पालो आउँने छ !!
रिमेन आलोक, अष्ट्रेलिया