Sandesh Today

Sandesh Today Sandesh today is a news and entertainment channel that engages viewers through live and often quickl

04/09/2026
अमेरिकाको Maryland राज्य अन्तर्गत रहेको Baltimore County को District 7A का लागि राज्य प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गर...
04/09/2026

अमेरिकाको Maryland राज्य अन्तर्गत रहेको Baltimore County को District 7A का लागि राज्य प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गर्ने कार्यक्रममा नेपाली मूलका Satish Chapagain द्वारा आयोजित कार्यक्रमका केही झलकहरू।

03/06/2026

झापा क्षेत्र नम्बर-५ को पछिल्लो मतपरिणामअनुसार रास्वपाका बालेन्द्र शाह ११ हजार ९४५ मतसहित अगाडि छन् ।

दोस्रो स्थानमा रहेका एमालेका केपी शर्मा ओलीले भने २ हजार ६९२ मत ल्याएका छन् । श्रम संस्कृति पार्टी तेस्रो स्थानमा छ । यसका उम्मेदवार समिर तामाङले १ हजार ४७७ मत प्राप्त गरेका छन् । नेकपाका रन्जित तामाङले ३५५ र कांग्रेसकी मन्धरा चिमरियाले ३३५ मत ल्याएकी छन् ।

अहिलेसम्म यहाँ १८ हजार ९७ मत गणना भइसकेको छ ।

03/06/2026

२१ वर्षको उमेरमै काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लडेकी रञ्जु दर्शना ९ वर्षपछि प्रतिनिधिसभा सदस्य बनेकी छन् ।

बिहीबार भएको निर्वाचनमा उनले १५ हजार ४५५ मत पाएर जित हासिल गरिन् । ६ हजार ३६४ मत ल्याएका नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्री दोस्रो भए । तेस्रो भएका राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत पाए ।

रञ्जु दर्शना वैकल्पिक राजनीतिको वकालत गर्दै राजनीतिमा चिनिएको नाम हो । १७ वर्षको उमेरमै उनी २०७० सालमा विवेकशील नेपाली पार्टीमा आवद्ध भएर राजनीतिमा जोडिइन् ।

त्यसबेला नेपालमा भूमिगत र कतिपय मूल राजनीतिमा रहेका दलहरूले समेत नेपाल बन्दको घोषणा गर्थे । त्यस्तो बन्द-हड्तालले नागरिकलाई सास्ती दिएको भन्दै विरोधमा रञ्जु सडक आन्दोलनमा सक्रिय भइन् । उनको समेत सक्रियतामा ‘बन्द बहिष्कार अभियान’ सञ्चालन भएको थियो ।

यसका अलावा उनी समाज सेवामा पनि सक्रिय भइन् । २०७२ सालमा महाभूकम्प गयो । त्यसपछि राहत तथा पुनर्स्थापनाको कार्यमा सक्रिय भइन् । डा. गोविन्द केसीले भ्रष्टाचारविरुद्ध अनसन बस्दा रञ्जु सहयोगी भूमिकामा देखिएकी थिइन् ।

पार्टीमा पनि उनको प्रभाव बढ्दै थियो । २०७४ सालमा स्थानीय तहको निर्वाचन भयो । जसमा उनी काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनिन् । त्यसबेला उनी २२ वर्षकी थिइन् ।

काठमाडौं विश्वको सुन्दर शहर बनाऔँ’ भन्ने नारासहित चुनावी मैदानमा उत्रिएकी रञ्जुको उम्मेदवारीले ठूलो चर्चा पायो । उक्त निर्वाचनमा उनले २३ हजार ४३९ मत प्राप्त गरिन् र तेस्रो भइन् । त्यसबेला काठमाडौं महानगरको मेयरमा भने नेकपा एमालेका विद्यासुन्दर शाक्य विजयी भए । त्यो चुनावले रञ्जुलाई राष्ट्रिय चर्चामा ल्यायो ।

२०७८ सालमा विवेकशीलमा आन्तरिक कलह चुलियो । रञ्जु पार्टीबाट राजीनामा दिएर केही समय स्वतन्त्र रहिन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं-५ बाट ‘सेलरोटी’ चुनाव चिह्नसहित उम्मेदवार बनिन् । तर चुनाव जित्न सकिनन् । त्यसबेला उनले जम्मा ६०० मत पाएकी थिइन् ।

२०८१ सालमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरिन् र पार्टीको केन्द्रीय सदस्य बनिन् । रास्वपाबाटै काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनिन् र चुनाव जितिन् । रञ्जु काठमाडौंको मैतीदेवी क्षेत्रकी स्थायी बासिन्दा हुन् । उनले स्नातक तहसम्मको अध्ययन गरेकी छन् ।

03/06/2026

दाङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का देवराज पाठकले फराकिलो मतका साथ अग्रता लिएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार पाठकले २ हजार ३८१ मत ल्याएका छन् ।

पाठकलाई नेपाली कांग्रेसका योगेन्द्र चौधरीले ५७१ मत ल्याएर पछ्याइरहेका छन् ।

नेकपा एमालेका रेवतीरमण शर्मा घिमिरेले ३४० र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मेटमणि चौधरीले २३९ मत ल्याएका छन् ।

03/06/2026

चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले अग्रता कायमै राखेकी छन् ।

मतगणनाको पछिल्लो नतिजाअनुसार सोविताले २४८५ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीकी रेनु दाहालले १७८६ मत पाएकी छन् ।

अग्रता लिएकी सोवितासँगको अग्रता रेनुले घटाएकी छन् । यो क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार शंकरराज थपलियाले ५३५ मत पाएका छन् ।

03/06/2026

ललितपुर-१ मा नेपाली कांग्रेसका उदयशम्शेर जबराले अग्रता लिएका छन् ।

जबराले १५५१ मत पाउँदा दोस्रो स्थानमा रहेका रास्वपाका बुद्धरत्न महर्जनले ७१० र तेस्रो स्थानमा रहेका एमालेका चेतनाथ सञ्जेलले ५९५ मत पाएका छन् । नेकपाका सुनिल महर्जनले १६८ मत पाएका छन् ।

03/06/2026

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने फराकिलो मतान्तरले अग्रता लिएका छन् ।

अहिलेसम्म ६ हजार ६ सय २३ मत गणना हुँदा रविले २ हजार ८ सय १ मतसाथ अग्रता लिएका छन् ।

रविलाई पछ्याउँदै एमाले उम्मेदवार अस्मिन घिमिरे दोस्रो स्थानमा १ हजार २ सय ५९ मत पाएका छन् ।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका प्रताप गुरुङले १ हजार १ सय ५१ मत पाएका छन् भने नेपाली कांग्रेसका मिना खरेल ९ सय १६ मत पाएकी छिन् ।

03/06/2026

प्रतिनिधिसभा निर्वाचनको मतगणना अपडेट आउने क्रम जारी रहेको छ । प्रारम्भिक मतगणना अपडेटअनुसार रास्वपाले अग्रता लिएको छ ।

चितवन २ मा सभापति रवि लामिछानेले अग्रता लिएका छन् भने झापा ५ मा वरिष्ठ नेता बालेन्द्र शाहले अग्रता लिएका छन् ।

रास्वपाले मतगणना सुरु भएकामध्ये ३२ स्थानमा अग्रता लिएको छ । रास्वपाबाट काठमाडौं १ मा रञ्जु दर्शना, काठमाडौं २ मा सुनिल केसी, काठमाडौं ३ मा राजुनाथ पाण्डे, काठमाडौं ४ मा पुकार बम, काठमाडौं ५ मा सस्मित पोखरेल, काठमाडौं ७ मा गणेश पराजुली, काठमाडौं ८ विराजभक्त महर्जन, काठमाडौं १० मा प्रदिप विष्टले अग्रता लिएका छन् । भक्तपुरको दुवै निर्वाचन क्षेत्रमा रास्वपाले अग्रता लिएको छ । भक्तपुर १ मा रुकेश रञ्जित र भक्तपुर २ मा राजीव खत्रीले अग्रता लिएका छन् ।

मोरङ १ मा यज्ञमणी न्यौपाने, मोरङ ४ मा सन्तोष राजवंशी, मोरङ ५ मा आशा झा, धनुषा ३ मा मनिष झा, रौतहट ४ मा गणेश पौडेल, बारा ३ मा अरविन्द साह, ललितपुर २ मा जगदीश खरेल, चितवन ३ मा सोविता गौतम, कास्की १ मा खडकराज पौडेल, कास्की २ मा उत्तमप्रसाद पौडेल कास्की ३ मा बिना गुरुङ, रुपन्देही २ मा सुलभ खरेल, रुपन्देही ३ मा लेखजङ्ग थापा, दाङ १ मा देवराज पाठक, बाँके १ मा सुरेशकुमार चौधरी, बाँके ३ मा खगेन्द्र सुनार र कञ्चनपुर २ मा दिपकराज बोहराले अग्रता लिएका छन् ।

09/04/2025

बरिष्ठ लोकगायक बद्री पंगेनी ,चर्चित गायिका एलिना चौहान,लोकदोहोरी स्टार कला लम्साल,सुरिलो स्वरका धनी प्रताप दास सँगै अविस्मरणीय साँगीतिक साँझ ७ सेप्टेम्बर | 🕖 बेलुकी ७ बजे | 📍 Family Kitchen, Nottingham MD

Address

5 Longmont Court
Cockeysville, MD

Alerts

Be the first to know and let us send you an email when Sandesh Today posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share