08/25/2025
तलको अनुच्छेद पढेर यहाँहरूलाई कस्तो लाग्यो ? कृपया आफ्नो अमूल्य सुझाव राखीदिनु भए आभारी हुनेथिएँ-
“सास रोकेर डराउँदै खरानीको थुप्रोभित्र हेरें । खरानीको काली पहाडभित्र अर्को सेतो खरानीको कल्याङकुल परेको आकृति देखें । आँखा आँसुले टम्म भरिएकाले स्पष्ट देखिएन। त्यो लकिर वा आकृति साधारण खरानीभन्दा भिन्नै र पृथक देखिन्थ्यो । अनि चाँदी जस्तै चम्कन्थ्यो र चन्द्रमा झैं प्रकाशित थियो ।
आँखाले राम्रो ठम्याइरहेको थिएन । दैवसंयोग, त्यही बेला पूर्वदिशाबाट एउटा दिव्या प्रकाशको आलोकले तिब्रताका साथ पङ्खेमा पदार्पण गर्यो । जङली पशुपञ्छीहरूले आआफ्नै भाषा र लयमा त्यो दिव्या बिहानीको स्वागत गानमा आतुरता देखाए । हरियाली पर्वतशृँलाहरूका माझमा अवस्थित पङ्खेलाइ त्यो दिव्याताले कुनै प्रभाव पारिरहेको थिएन । पङ्खे बिल्कुलै निरीह थ्यो । शोभाहीन थियो । विकृत र बिक्षुब्धताको कारण कुरूप र जर्जर थियो । भय,त्रास र अजङ्गको ब्याकुलताबाट त्राही त्राही थियो ।
यता उत्ति हेरें । एउटा आधी जलेको भाटो भेटें । शीघ्रताका साथ मैले भाटाले त्यो खरानीका थुप्रोको माथिल्लो सतह विस्स्तारै हटाएँ । अनि गहिरो गरी हेरें । अचम्म ! खरानीभित्र चाँदी जस्तै चम्किने त्यो सुन्दर लकिर मेरी कालीको नरकङ्गालको अवशेष रहेछ भन्ने स्पष्ट बोध भयो । तर त्यहाँ कालीको एकल नरकङ्गाल मात्र थिएन । त्यहाँ थियो, कालीका नरकङ्गालमा लिस्सो झैं टाँसिएको मानवभन्दा पृथक पशु आकृतिको कङ्गाल । चारै पाउबाट जकडिएको त्यो मानव अवशेषमा अमानवीय पशुको खग्रास्त कङगाल पनि गाँसिएको थियो । अनुमान गरें, त्यो खग्रास्त पशुकङ्काल अरू कसैको नभएर पाङ्ग्रे कुकुरको थियो । काली जन्मिएकै वर्ष कालीकी आमाले माइतबाट ल्याएको दाइजो थियो पाङ्गे । कालीको असाध्य माया गर्थ्यो । कालीको मौन भाषा बुझ्थ्यो । कालीलाइ न ख्वाएसम्म पाङ्ग्रे खाँदैन थियो । कालीलाइ जिस्क्यान आउने गाउँले केटाकेटीलाइ भुकेर परपरै लगार्थ्यो ।
आज काली र पाङ्ग्रेको एकआपसमा अङ्माल गरेको त्यो अनौठो र दिव्या दृष्य चित्र देखेर आङ फुलेर जिरिङ भयो । पसिनाले लुथ्रक्कै भयो शरीर । मानवतासँग पशुताको त्यो दिव्या मिलन । प्रेम र करूणाको त्यो अचम्मको हार्दिकता । मानवले मानवता नै बिर्सिएको बेला यस घटनाले भयाङ्कर विचलित मात्र बनाएन,मलाइ एउटा आश्चर्यको सागरमा चुर्लुम्म डुबाइदियो ।”