Kछ Nepal

Kछ Nepal 🇳🇵 K6 Nepal — Your one-stop source for everything happening in Nepal!
(1)

09/01/2026

बाढीपीडितलाई महानायकको २१ लाख सहयोग

09/01/2026

नेपालीको घाउमा मलम लगाउन सोनु सुद आए

मुस्कान ढकालको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको नेपाली चलचित्र **‘रत्यौली’**को छायांकन आजबाट सुरु भएको छ। निर्माण ...
09/01/2026

मुस्कान ढकालको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको नेपाली चलचित्र **‘रत्यौली’**को छायांकन आजबाट सुरु भएको छ। निर्माण टिमले आज बिहान पशुपति क्षेत्रमा पूजा गर्दै चलचित्रको छायांकन शुभारम्भ गरेको हो।

निर्माण पक्षका अनुसार चलचित्रको दुई दिन काठमाडौंमा छायांकन गरिनेछ। त्यसपछि टिम दोलखाको जिरी प्रस्थान गर्नेछ, जहाँ करिब एक महिनासम्म चलचित्रको छायांकन हुनेछ।

नाइटेङ्गल इन्टरटेनमेन्ट प्रा.लि. र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुने चलचित्रमा विजय बराल, पूजा शर्मा, लक्ष्मी बर्देवा, अर्जुन देवसन, सम्रान्त थापा, निर्भिक भण्डारी, अल्बिन श्रेष्ठ, कायरा कार्की, सुनिल तामाङ, माया थामी, सन्ध्या नेपाल, संगीता थापा मगर, सानू पाण्डेय, एभोन राज उप्रेती र कल्पना थापा लगायतका कलाकारको अभिनय रहनेछ।

नायिका पूजा शर्माको प्रस्तुतिमा बन्न लागेको चलचित्रका निर्माता सुरज आचार्य हुन्। हरि हुमागाईं र उत्तम हुमागाईंले डीओपीको जिम्मेवारी सम्हाल्नेछन् भने सुनिल निउरे मुख्य सहायक निर्देशकका रूपमा रहेका छन्। दीपेन्द्र गौतम ‘माइकल’ प्रोडक्सन म्यानेजर हुन्।

चलचित्रमा अर्जुन पोखरेल र सुरेश अधिकारीको संगीत रहनेछ। नेपाली समाज, सम्बन्ध र संस्कृतिलाई मुख्य विषयवस्तु बनाइएको ‘रत्यौली’लाई निर्माण पक्षले आगामी फागुन २१ गतेदेखि प्रदर्शन गर्ने घोषणा गरिसकेको छ।

09/01/2026

'रत्यौली'को शुभ मुहर्त गरियो

08/31/2026

बाढी पी,डि,तलाई कलाकारको साथ, आफ्नो तर्फबाट सक्दो सहयोग गर्दै |

चलचित्र ‘पार्वती’ ले प्रदर्शनको पहिलो दिन गरेको ग्रस कलेक्सनबाट निर्माताको हिस्सामा आएको रु. ११ लाख ३ हजार २ सय ७० रकम अ...
08/31/2026

चलचित्र ‘पार्वती’ ले प्रदर्शनको पहिलो दिन गरेको ग्रस कलेक्सनबाट निर्माताको हिस्सामा आएको रु. ११ लाख ३ हजार २ सय ७० रकम अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले आज माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष’मा हस्तान्तरण गरेकी छन्।

विपद्को घडीमा चलचित्र क्षेत्रबाट गरिएको यो मानवीय सहयोग प्रशंसनीय छ।

अभिनेत्री प्रियंका कार्कीले बाढीपीडितका लागि विभिन्न आवश्यक सामग्री वितरणमा सहयोग गर्दै मानवीयताको सुन्दर उदाहरण प्रस्तु...
08/31/2026

अभिनेत्री प्रियंका कार्कीले बाढीपीडितका लागि विभिन्न आवश्यक सामग्री वितरणमा सहयोग गर्दै मानवीयताको सुन्दर उदाहरण प्रस्तुत गरेकी छन्। विपद्को घडीमा पीडितको साथमा उभिँदै उनले सहयोगको हात बढाएकी हुन्।

आफैं प्रभावित क्षेत्रमा पुगेर बाढी पी'डि'तलाई लत्ताकपडा वितरण गर्दै अभिनेता पल शाहले मानवीयताको उदाहरण प्रस्तुत गरेका छन...
08/31/2026

आफैं प्रभावित क्षेत्रमा पुगेर बाढी पी'डि'तलाई लत्ताकपडा वितरण गर्दै अभिनेता पल शाहले मानवीयताको उदाहरण प्रस्तुत गरेका छन्। वि'प'द्को घडीमा पी'डि'तको साथमा उभिँदै उनले सहयोगको हात बढाएका हुन्।

08/30/2026

बाढी पि डि तलाई सम्झिदै अशोक दर्जी भा वुक

08/29/2026

'पार्वती'को दोस्रो दिन कस्तो हुदै छ

Address

1890 Mercer Parkway, Farmers Branch
Dallas, TX
75234

Alerts

Be the first to know and let us send you an email when Kछ Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share