
08/12/2025
कोशी प्रदेशका सांसद अमृत अर्यालले नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर ललित राजवंशीका लागि एउटा घर बनाइदिने भएका छन्। देशका लागि खेल्दा–खेल्दै मैदानमा पसिना बगाउने, देशको झण्डा उचाल्ने खेलाडीको आफ्नै घर भने जीर्ण अवस्थामै रहेको थाहा पाएपछि उनले यो कदम चालेका हुन्।
सांसद अर्यालका अनुसार, राजवंशीको घर भत्किनै लागेको अवस्थामा छ र नयाँ घर बनाउन आवश्यक रकम पनि उनीसँग छैन। त्यसैले, “जनता आवास कार्यक्रम” अन्तर्गत उनको घर निर्माण गरिदिने निर्णय उनले लिएका हुन्।
अर्याल भन्छन्, “देशको नाम गौरवान्वित गर्ने खेलाडीको घर जीर्ण अवस्थामा रहनु लाजमर्दो कुरा हो। यो घर यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइनेछ।”