Khabar Tv

Khabar Tv Watch video content in a wide range of programming including news, entertainment and sports.

फुटपाथ व्यवसायी माथि महानगरपालिको क्रुरतापूर्ण व्यवहार गरेको भन्दै ८ दिनदेखि उभिरहेका अभियन्ता ईः को आन्दोलनमा समर्थन जन...
09/26/2023

फुटपाथ व्यवसायी माथि महानगरपालिको क्रुरतापूर्ण व्यवहार गरेको भन्दै ८ दिनदेखि उभिरहेका अभियन्ता ईः को आन्दोलनमा समर्थन जनाउन राप्रपा नेपालका अध्यक्ष कमल थापा र नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे पनि पुगेका छन् ।

थापाले बोकेको प्लेकार्डमा लेखिएको छ, 'मलाई बालेन मनपर्छ, मलाई ईः मनपर्छ । ईः ले उठाएका मुद्दा जायज छन् । सडक, फुटपाथमा जथाभावी पसल थाप्न मिल्दैन तर, राज्यले उनीहरूलाई व्यवसायको निम्ति उचित स्थान दिनुपर्छ । यो राज्यको कर्तव्य हो । यो काममा महानगरपालिकाले सहजिकरण गर्नुपर्छ ।'

एक महिनामा नेपाल भित्रिने रेमिट्यान्सले कृतिमान राख्दै  २६ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो महिनामै १ ...
09/17/2023

एक महिनामा नेपाल भित्रिने रेमिट्यान्सले कृतिमान राख्दै २६ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो महिनामै १ खर्ब १६ अर्ब विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ ।

नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले प्रकाशित गरेको चालु आर्थिक पहिलो महिनाको तथ्यांकमा आधारित आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनका अनुसार गत वर्षको साउनको तुलनामा रेमिट्यान्स २५.८ प्रतिशतले बढेको हो ।

नेपाल बिद्ध्युत प्राधिकरणले देशका विभिन्न स्थानमा निर्माण गरेको ५१ वटा विद्युतीय सवारी साधनको अत्याधुनिक द्रुत गतिको चार...
09/17/2023

नेपाल बिद्ध्युत प्राधिकरणले देशका विभिन्न स्थानमा निर्माण गरेको ५१ वटा विद्युतीय सवारी साधनको अत्याधुनिक द्रुत गतिको चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ ।

काठमाडौँको नेपाल पुलिस क्लब भृकुटीमण्डपमा स्थापना गरिएको द्रुत गतिको चार्जिङ स्टेसनका शुभारम्भ गरिएको हो ।

प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत सात प्रदेशकामा ५१ वटा विद्युतीय सवारी साधन छिटो चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन निर्माण गरिएको हो । करिब रु ४० करोड लागतमा निर्माण गरिएका चार्जिङ स्टेसनमध्ये २६ वटामा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटामा सानाठूला कारहरु चार्ज गर्न मिल्नेछन् ।

नेपाल चिकित्सक संघले गरेको आन्दोलनका कारण देशभरको स्वास्थ्यसेवा प्रभावित भएको छ। संघको आह्वानमा आइतबार देशभरका सबै स्वास...
09/17/2023

नेपाल चिकित्सक संघले गरेको आन्दोलनका कारण देशभरको स्वास्थ्यसेवा प्रभावित भएको छ। संघको आह्वानमा आइतबार देशभरका सबै स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द भएको छ ।

डाक्टरहरु जाँच उपचार छाडेर अस्पताल परिसरमा प्रदर्शन गरिरहेका छन्। सेवा बन्द हुँदा बिरामी अस्पताल बाहिर अलपत्र परेका छन् ।

सञ्चो अस्पताल हेटौँडाका डाक्टरमाथि भएको सांघातिक आक्रमणमा संलग्न दोषीमाथि कारबाहीको माग गर्दै संघले सरकारलाई ७२ घण्टे अल्मिेटम दिएको थियो ।

दावा छिरिङको जवाफ ६६:मैले आज भन्दा १५-१६ वर्ष भन्दा अगाडी चिनेको तिब्बतियन नागरिक जिम्बा दोर्जे लामाले मलाई नेपाली नागरि...
09/16/2023

दावा छिरिङको जवाफ ६६:
मैले आज भन्दा १५-१६ वर्ष भन्दा अगाडी चिनेको तिब्बतियन नागरिक जिम्बा दोर्जे लामाले मलाई नेपाली नागरिकता बनाई म सँग सुरुमा रु. ५० हजार र सो पश्चात फेरी रु. ५० हजार गरी जम्मा रू. एक लाख रकम र मेरो फोटो लिई गई जिल्ला प्रशासन कार्यालय, काभ्रेपलान्चोकबाट पेमा तामाङको छोरा निमा तामाङ भनी मेरो फोटो टासँ गरी नेपाली नागरिकता प्रमाणपत्र बनाई ल्याई मलाई दिएको हो ।

सो नागरिकता बनाउने समयमा म गएको थिईन । निज जिम्बा दोर्जे लामाले के कसरी बनाई ल्याए मलाई थाहा भएन । यसरी नक्कली तथा कीर्ते कागजातको आधारमा नेपाली नागरिकता लिनु कानून बिपरीतको कार्य हो । नेपाली राहदानी लिएको छैन ।

गायक तथा सर्जक प्रकाश सपुतलाई जन्मदिनको शुभकामना! 🎂
09/16/2023

गायक तथा सर्जक प्रकाश सपुतलाई जन्मदिनको शुभकामना! 🎂

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणलाई लिएर नेपालमा विभिन्न कोणबाट हेर्न थालिएको छ । चीनले अघि सारेको बीआरआ...
09/16/2023

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणलाई लिएर नेपालमा विभिन्न कोणबाट हेर्न थालिएको छ । चीनले अघि सारेको बीआरआई परियोजना र बाम गठबन्धनको विषयलाई लिएर उत्सुकतासाथ सो भ्रमणलाई विश्लेषण गर्न थालिएको हो ।

विगतमा नेपालबाट चीनमा सांस्कृतिक सम्पदाको अवैध ओसारपसार एवम् चोरी निकासी रोक्ने सम्झौतामा पनि हस्ताक्षर भएको थियो । नेपाललाई चीनले एक अर्ब युयान सहयोग गर्ने घोषणा गरेको थियो । तर सम्झौता भएको आठ वर्ष बितिसक्दा पनि अधिकांश सम्झौताको प्रगति सन्तोषजनक छैन ।

२०७२ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली चीनको भ्रमणमा जानुअघि तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले चीन भ्रमण गरेका थिए । त्यतिबेला आठ बुँदे सम्झौता भएको थियो ।

हालै दयाहाङ र आँचलको नयां नेपाली चलचित्र  'डिग्री माइला' को मुहूर्त भएको छ भने, छायाङ्कन शुक्रबारबाट हुदैछ ।  बासुरी फिल...
09/16/2023

हालै दयाहाङ र आँचलको नयां नेपाली चलचित्र 'डिग्री माइला' को मुहूर्त भएको छ भने, छायाङ्कन शुक्रबारबाट हुदैछ । बासुरी फिल्मस् प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्म दयाहाङ र आँचलबीच पहिलो पटक सहकार्य हुन लागेको हो ।

चलचित्र 'डिग्री माईला'मा रामबाबु गुरुङको निर्देशन रहनेछ । शनिबार कलाकार तथा प्राबिधिकको उपस्थितीमा नक्साल भगवती मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै फिल्मको मुहूर्त गरिएको हो ।

अगामी शुक्रबार ५असोज बाट ओखलढुङ्गादेखि फिल्मको छायाङ्कन हुनेछ । फिल्मको प्रदर्शन मिति भने नयाँ वर्ष २०८१ बताइएको छ ।

काठमाडौं महानगरपालिकाले केही स्कुल र वडाहरूमा क्रिकेट नेट राख्ने तयारी अघि बढाएको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाहल...
09/16/2023

काठमाडौं महानगरपालिकाले केही स्कुल र वडाहरूमा क्रिकेट नेट राख्ने तयारी अघि बढाएको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाहले स्थानीय जनतालाई खेल्ने वातावरण तयार पार्ने दायीत्व अनुरूप सो व्यवस्था गर्न लागिएको जानकारी गराएका छन् ।

काठमाडौंबाट राष्ट्रिय टोलीमा तीनजना मात्र खेलाडी निस्किएको उल्लेख गर्दै मेयर शाहले खेल्ने वातावरण नभएर त्यस्तो भएको टिप्पणी गरेका छन् ।

Inspiring time of the year.
03/01/2023

Inspiring time of the year.

What did you watch on this?
02/26/2023

What did you watch on this?

Lakhe dance in Morang
02/20/2023

Lakhe dance in Morang

Address

La Paz
Del Valle, TX
TX78617

Alerts

Be the first to know and let us send you an email when Khabar Tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share