Np News Welcome to Np News. We are glad to have been able to come up with a comprehensive and vibrant news p Welcome to NP news dot net.

We are glad to have been able to come up with a comprehensive and vibrant news portal for all Nepalis across the globe. The news portal incorporates not only breaking Nepali news stories, but also major news flashes across the world in almost real time. We would be covering all aspects of Nepalese politics, culture, economy, sports, stars and celebrities, gossips and what you love to read, watch a

nd listen to. We are committed to respecting the reader’s right to free, fair and objective information and in doing that we would like to build a lasting partnership with our readers in a systematic and principled way. While delivering news, views, information and messages of our readers’ choice and interest is our objective, bringing about a positive change in our society is our larger goal. At a time when online journalism and news has been going increasingly poplar, we are glad to launch this new NP News among all Nepalis living around the world.

कास्कीको पोखरा महानगरपालिका–९ पृथ्वीचोकको बसपार्क क्षेत्रमा देखिएको फोहर। महानगरले त्यहाँ रहेका भौतिक संरचना हटाउँदा निस...
07/27/2026

कास्कीको पोखरा महानगरपालिका–९ पृथ्वीचोकको बसपार्क क्षेत्रमा देखिएको फोहर। महानगरले त्यहाँ रहेका भौतिक संरचना हटाउँदा निस्किएको फोहर लामो समयदेखि व्यवस्थापन हुन सकेको छैन । तस्बिरः राम थापा÷रासस

WE ARE HIRING! | कर्मचारी आवश्यकताकाठमाडौँमा रहेको मिडिया हाउसका लागि निम्न पदहरूमा नयाँ टिमको आवश्यकता परेको छ। डिजिटल ...
07/26/2026

WE ARE HIRING! | कर्मचारी आवश्यकता

काठमाडौँमा रहेको मिडिया हाउसका लागि निम्न पदहरूमा नयाँ टिमको आवश्यकता परेको छ। डिजिटल मिडियामा करियर बनाउन चाहने इच्छुक र दक्ष व्यक्तिहरूले तुरुन्त सम्पर्क गर्नुहोला।

आवश्यक पदहरू (१/१ जना):
कार्यक्रम प्रस्तोता (Host) – (आकर्षक बोली र प्रस्ट उच्चारण भएको)
क्यामेराम्यान
भिडियो एडिटर
भिडियो कन्टेन्ट क्रिएटर
डेस्क एडिटर
रिपोर्टर
स्थान: काठमाडौँ, नेपाल
CV पठाउने इमेल: [email protected]
सम्पर्क/WhatsApp: 9851093534
आजै आवेदन दिनुहोस्!

विभिन्न घटकलाई एकीकृत गर्दै विकेश साहको अध्यक्षतामा कमन जेनजी नेपालको केन्द्रीय कमिटी पुनर्गठन वालेन सरकारले जेनजी आन्दो...
07/05/2026

विभिन्न घटकलाई एकीकृत गर्दै विकेश साहको अध्यक्षतामा कमन जेनजी नेपालको केन्द्रीय कमिटी पुनर्गठन

वालेन सरकारले जेनजी आन्दोलनको मुद्धा तथा एजेण्डा विर्सिसक्यो : विकेश साह

वर्तमान सरकारका कारण जेनजी आन्दोलनको मुद्धा तथा एजेण्डा ओझेलमा परेको छ : विकेश साह

काठमाडौं, २१ असार ।
कमन जेनजी नेपाल (Common Gen-Z Nepal)को केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ । विभिन्न घटकलाई एकीकृत गर्दै कमन जेनजी नेपालको पुनर्गठन गरिएको हो । विकेश साहको अध्यक्षतामा केन्द्रीय कमिटीको घोषणा गरिएको छ ।

पुनर्गठित कमिटीका अध्यक्ष साहले विभिन्न घटकलाई एकीकृत गर्दै साझा जेनजीहरुको संगठनको रुपमा केन्द्रीय कमिटीको निर्माण गरेको बताए । घोषणा गरिएको केन्द्रीय कमिटीमा विभिन्न जेनजी संगठनहरु समाहित भएको छ ।

‘यो कुनै राजनीतिक दलको भातृ संगठन होइन । विभिन्न घटकहरुलाई हामीले एकीकृत गर्दै जेनजीहरुको साझा संगठनको रुपमा कमन जेनजी नेपालको पुनर्गठन गरेका छौं,’ अध्यक्ष साहले भने, ‘अहिले जेनजी आन्दोलनको मुद्धा र एजेण्डा ओझेलमा परेको छ । त्यसलाई बचाउन र माग सम्बोधनका लागि हामी विभिन्न समूहमा रहेका जेनजीहरु एकीकृत हुदै अगाडी बढन प्रतिबद्ध छौं ।’

वर्तमान सरकार (प्रधानमन्त्री वालेन शाह)ले जेनजी आन्दोलनको मुद्धा तथा एजेण्डा छोडेको, सरकारले जेनजीहरुको माग सम्बोधन गर्न नचाहेको अहिले स्पष्ट देखिएको अध्यक्ष साहले बताए । सरकारलाई दबाब दिदै जेनजीको माग सम्बोधन गराउनका लागि पनि हामी एकीकृत हुदै अगाडी बढनुको विकल्प नभएको उनले बताए । साथै विभिन्न समूहमा विभाजित जेनजीहरुलाई एकीकृत हुदै अगाडी बढन साहले सुझाव समेत दिएका छन् ।

पुनर्गठित केन्द्रीय कमिटीको उपाध्यक्षमा उज्जवल शर्मा, सोनिया पटेल, महासचिवमा रोनिश साह, उपमहासचिवमा जग्गु मण्डल, दिलिप साह, अफ्रोज आलम, सचिवमा ललन साह, राहुल यादव र कोषाध्यक्षमा समृद्धि रेग्मी रहेका छन् ।

कृष्णमोहन सहनी इन्चार्ज र प्रदिप साह सहइन्चार्ज रहेको कमन जेनजी नेपालको केन्द्रीय सदस्यमा विकाश झा, सुभाष ठाकुर, अभिषेक अधिकारी, सन्नी ठाकुर, धीरेन्द्र साह, प्रसुना आचार्य, मनिष यादव, रन्जन महतो, सुशान्त साह, रोहित कुशवाहा, आर्यन कुशवाहा, एमडी तौसिर राजा, मुरली साह, आर्यन थापा, किशोर केसी, दिपेन्द्र सिंह कुँवर, करण यादव, आभाष चौधरी, ऋषी साह, गौतम साह, राकेश साह, पृथ्वीकुमार साह, कृष्ण दास, दिलिप रजक धर्मेन्द्र साह लगायत रहेका छन् ।

१०५ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरिएको र केही दिनभित्रैमा सातै प्रदेशका साथै जिल्ला जिल्लामा समेत कमन जेनजीको संगठन विस्तार गरिने महासचिव रोनिश साहले जनाएका छन् ।

नेपालगन्जको वागेश्वरी मन्दिर परिसरमा रहेको तलाउको बीच भागमा अवस्थित जुङ्गे महादेवको मन्दिर ।
06/16/2026

नेपालगन्जको वागेश्वरी मन्दिर परिसरमा रहेको तलाउको बीच भागमा अवस्थित जुङ्गे महादेवको मन्दिर ।

नगर प्रहरीले काफल फालेको भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल र चर्चामा रहेको छ ।
05/21/2026

नगर प्रहरीले काफल फालेको भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल र चर्चामा रहेको छ ।

एमाले व्यवसायी मीनबहादुर गुरुङद्वारा प्रदान गरिने भनिएको जग्गासहितको कार्यालय भवन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानप...
05/21/2026

एमाले व्यवसायी मीनबहादुर गुरुङद्वारा प्रदान गरिने भनिएको जग्गासहितको कार्यालय भवन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानपूर्वक अस्वीकार गर्दै धन्यवादसहित फिर्ता गर्ने निर्णय गर्नुभएको छ ।

भारतीय गृहमन्त्री ले नेपालको प्रसिद्ध धार्मिक तीर्थस्थल मा १० किलो चन्दनको काठ अर्पण गर्दै भगवान पशुपतिनाथप्रति श्रद्धा ...
05/21/2026

भारतीय गृहमन्त्री ले नेपालको प्रसिद्ध धार्मिक तीर्थस्थल मा १० किलो चन्दनको काठ अर्पण गर्दै भगवान पशुपतिनाथप्रति श्रद्धा व्यक्त गर्नुभएको छ।
यस विशेष धार्मिक अर्पणले नेपाल–भारतबीचको सांस्कृतिक, धार्मिक तथा आत्मीय सम्बन्धलाई थप प्रगाढ बनाएको छ।

रौतहट–३ का उम्मेदवार प्रभु साहले ‘घण्टी’ चिन्ह भएको बालेन टोलीलाई स्पष्ट चेतावनी दिँदै भन्नुभएको छ– यदि Gen Z आन्दोलनमा ...
03/02/2026

रौतहट–३ का उम्मेदवार प्रभु साहले ‘घण्टी’ चिन्ह भएको बालेन टोलीलाई स्पष्ट चेतावनी दिँदै भन्नुभएको छ– यदि Gen Z आन्दोलनमा तपाईंहरूको प्रत्यक्ष भूमिका छैन भने त्यसको श्रेय लिन खोज्नु हुँदैन। आन्दोलन जनताको हो, यसको श्रेय पनि जनताकै हुनुपर्छ।

-3

03/02/2026

आम जनता पार्टीका अध्यक्ष तथा रौतहट–३ बाट मनोनित उम्मेदवार प्रभु साहले भन्नुभएको छ–
“यदि म प्रधानमन्त्री बनेँ भने, देशभर विद्युत् सेवा निःशुल्क बनाउनेछु, सञ्चार सेवा निःशुल्क गर्नेछु र खानेपानी सेवा पनि सबै नागरिकका लागि निःशुल्क उपलब्ध गराउनेछु।”

-3

Address

El Cerrito, CA
94530

Alerts

Be the first to know and let us send you an email when Np News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Np News:

Shortcuts

Share