SatiSal

SatiSal News and Information based page which provide information through different medium like youtube and

हेमन्त शर्माको ‘मायामा के राम्रो’सदाबहार गायकका रुपमा चिनिएका हेमन्त शर्माले प्रेम गीत ल्याएका छन् । पछिल्लो पुस्तामा ख्...
09/12/2026

हेमन्त शर्माको ‘मायामा के राम्रो’
सदाबहार गायकका रुपमा चिनिएका हेमन्त शर्माले प्रेम गीत ल्याएका छन् । पछिल्लो पुस्तामा ख्याती कमाएकी गायिका अस्मिता अधिकारीसंग ‘मायामा के राम्रो’ गित ल्याएका छन् । गायक शर्माको आधिकारिक युट्युब च्यानलमार्फत गित सार्वजनिक गरिएको हो ।
मायामा रमाएका जोडीको कथालाई गितमा समेटिएको छ । भिडियोमा चर्चित कोरियोग्राफर सुनिल क्षेत्री र करिस्मा केसीको अभिनय रहेको छ । गायक शर्माले पछिल्लो समय नयाँ पुस्तालाई लिएर गित निकाल्ने गरेका छन् । यसअघि गायीका शान्तिश्री परियार, एलिना चौहान, रचना रिमाल, रेखा जोशीलाई लिएर निकालेको गित चर्चित भएका छन् ।

09/12/2026

जापानको रेष्टुरेन्टको झल्को दिने भरतपुर महानगरपालिका १० दीपेन्द्र चोकमा चित्वन स्पाईसी हर्ब संचालनमा

भरतपुर महानगरपालिका  १० स्थित दीपेन्द्र चोकमा जापानको रेष्टुरेन्टको झल्को दिने चित्वन स्पाईसी हर्ब संचालनमा आएको छ । जाप...
09/12/2026

भरतपुर महानगरपालिका १० स्थित दीपेन्द्र चोकमा जापानको रेष्टुरेन्टको झल्को दिने चित्वन स्पाईसी हर्ब संचालनमा आएको छ । जापानको अनुभव र सीपलाई प्रयोग गर्दै होटल सञ्चालनमा ल्याएका संचालक प्रकाश आचार्यले बताए ।
प्रकाशका दाई चिरन्जीवी आचार्यले जापानमा सात वटा रेष्टुरेन्ट संचालन गरेका छन । होटलमा जापानिज, इण्डियन, चाईनिज सहित दक्षिण एशियाली परिकारहरुको फ्युजन गरीने उनले बताए बताए ।

चार कठ्ठा जमिनमा पाँच करोडको लगानी सुविदा सम्पन्न रेष्टेरेण्ट सहित होटल सञ्चालन आएको हो । दुई वटा गोलो आकारका फरक ढंगका कोठा सहित होटलमा १२ वटा डिलक्स कोठा रहेका छन् ।

भरतपुर फुटबल क्लवको आयोजनामा भरतपुरमा तेस्रो चितवन गोल्डकप आयोजना हुने भएको छ । क्लबले भदौ २७ देखि असोज ३ गतेसम्म नेपाल ...
09/07/2026

भरतपुर फुटबल क्लवको आयोजनामा भरतपुरमा तेस्रो चितवन गोल्डकप आयोजना हुने भएको छ । क्लबले भदौ २७ देखि असोज ३ गतेसम्म नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा तेस्रो संस्करणको हानामी चितवन गोल्डकप आयोजना गर्न लागेको प्रतियोगिताका संयोजक ध्रुब भुषालले बताए । प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपबिजेताले तिनलाख पाउनेछन ।

08/13/2026

करिब ५ महिनापछि स्वदेश फर्किए कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा

३ दिन देखि वेपत्ता कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह मृत अवस्थामा भेटिएका छन्। तीन दिनदेखि सम्पर्कविहीन रहेका सि...
08/09/2026

३ दिन देखि वेपत्ता कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह मृत अवस्थामा भेटिएका छन्। तीन दिनदेखि सम्पर्कविहीन रहेका सिंहको शव कपिलवस्तुको गोरुसिङ्गे जंगल क्षेत्रमा फेला परेको हो।
घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ । तीन दिनदेखि सिंह कपिलवस्तुको तिलौराकोट साझेदारी वन क्षेत्रमा बेपत्ता थिए।
उनको खोजीका लागि नेपाल प्रहरीले विशेष तालिमप्राप्त कुकुर परिचालन गर्नुका साथै ड्रोनबाट समेत खोजी गरेको थियो।

08/06/2026

चितवन राष्ट्रिय निकुन्जमा जीप सफारीको क्रममा देखिएको मयुर

07/29/2026

२५ वर्षदेखिको सपना नेपालको पहिलो र सबैभन्दा लामो नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग

राधिका दासीले उजुरी दिएपछि अभियन्ता वेदिका केसी पक्राउ परेकी छन्। प्रहरीको केन्द्रीय साइबर ब्युरोले केसीलाई पक्राउ गरेको...
07/23/2026

राधिका दासीले उजुरी दिएपछि अभियन्ता वेदिका केसी पक्राउ परेकी छन्। प्रहरीको केन्द्रीय साइबर ब्युरोले केसीलाई पक्राउ गरेको हो। ब्युरोका प्रवक्ता दिलिप कुमार गिरीका अनुसार केसीविरुद्ध केसीले सामाजिक सञ्जालमा दासीविरुद्ध भ्रम फैलाएको आरोप छ।

रोटरी क्लब अफ नारायणगढका अध्यक्ष रामप्रसाद गजुरेलले पदभार ग्रहण गरेका छन । बर्ष २०२६/२७ को लागि गजुरेललाई निवर्तमान अध्य...
07/23/2026

रोटरी क्लब अफ नारायणगढका अध्यक्ष रामप्रसाद गजुरेलले पदभार ग्रहण गरेका छन । बर्ष २०२६/२७ को लागि गजुरेललाई निवर्तमान अध्यक्ष सेवन पन्तले पद हस्तान्तरण गरेका थिए । स्पाउष क्लब अफ नारायणगढकी अध्यक्ष सुरक्षा श्रेष्ठले पनि पदभार ग्रहण गरेकी हुन । रोटरी क्लबका नोमिनि इलेक्ट डिष्ट्रीक गभर्नर प्रा.डा. आईपी ढकालको प्रमुख आतित्थ्यतामा कार्यक्रम भएको हो । रोटरी अध्यक्ष गजुरेलले आफ्नो कार्यकाल सामाजिक सेवामा केन्द्रीत गर्ने बताए ।

Address

3871 Highway 42
Harlem, NY
54212

Alerts

Be the first to know and let us send you an email when SatiSal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SatiSal:

Shortcuts

Share