Mr Help

Mr Help Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mr Help, News & Media Website, 1006 park Avenue, Herndon, VA.

 #हार्दिक_श्रद्धाञ्जलीफिदिम नगरपालिका वडा नं. २, पल्लोटार स्थायी घर भई हाल विर्तामोड निवासी श्री राजु श्रेष्ठका सुपुत्री...
12/30/2025

#हार्दिक_श्रद्धाञ्जली
फिदिम नगरपालिका वडा नं. २, पल्लोटार स्थायी घर भई हाल विर्तामोड निवासी श्री राजु श्रेष्ठका सुपुत्री आर्जु श्रेष्ठको २६ वर्षको अल्पायुमै भएको असामयिक तथा दुखद निधनको खबरले अत्यन्तै मर्माहत भएको छु।
यस गहिरो शोकको घडीमा स्वर्गीय आत्माको चिरशान्ति एवं वैकुण्ठ बासको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्द छौ

हाम्रो सानो सहयोग नै कसैको लागि जीवनदान बन्ने छ 🙏🙏हेटौंडा ७ कमाने बस्ने दिपक चौलागाईं बिगत 7 बर्ष अगाडि कामको सिलसिलामा ...
12/26/2025

हाम्रो सानो सहयोग नै कसैको लागि जीवनदान बन्ने छ 🙏🙏
हेटौंडा ७ कमाने बस्ने दिपक चौलागाईं बिगत 7 बर्ष अगाडि कामको सिलसिलामा मलेसियाको geston venchure कम्पनी पुगेको थिय ! काम गर्ने क्रममा ट्राली मेसिनले किचियर पेटको भित्री भागमा ठूलो घाउ भै मलेसिया कै अस्पतालमा 5 महिना उपचार गरायर तेसपछि नेपाल आयर टिचिङ अस्पतालमा बाकी उपचार गराइ राख्नु भएको छ ! अहिले 5 बर्ष पछि फेरि पेटमा समस्या आयकोले अप्रेसन गरेर पेटमा जाली राख्नु पर्ने भएको र जाली राख्न धेरै खर्च लाग्ने आर्थिक अबस्था निकै कमजोर भएकोले सहयोगको अपिल गर्न चाहान्छु !🙏🙏
सहयोगको लागि मोबाइल न: 9865273096

यदि एउटै क्षेत्रबाट बालेन र केपी ओली चुनाव लडनु भयो भने तपाईको भोट वा सर्मथन कसलाई... ?
12/25/2025

यदि एउटै क्षेत्रबाट बालेन र केपी ओली चुनाव लडनु भयो भने तपाईको भोट वा सर्मथन कसलाई... ?

कोशी प्रदेशका क्रिकेट खेलाडी मिनाश थापाको दुर्घटनामा परी मृत्यु भएको छ। 😢
12/25/2025

कोशी प्रदेशका क्रिकेट खेलाडी मिनाश थापाको दुर्घटनामा परी मृत्यु भएको छ। 😢

दीपुचन्द्र दास मेरो केही गल्ती छैन।मलाई छोडिदिनुस् भन्दै हात जोडेर प्राणको भि’ख माग्दै रोइरहेका थिए।भिडले उनीमाथी कुनै द...
12/24/2025

दीपुचन्द्र दास मेरो केही गल्ती छैन।मलाई छोडिदिनुस् भन्दै हात जोडेर प्राणको भि’ख माग्दै रोइरहेका थिए।भिडले उनीमाथी कुनै दया देखाएन।उल्टो उनलाई कु’ट्दै मज्जा लियो र आ’गो लगाईदियो।मानिसहरु फोटो,भिडियो बनाएर ठूलै युद्ध जितेका योद्धाहरु जस्तै रमाईरहेका थिए।

बंगलादेशमा एक कपडाको फ्याक्ट्रीमा काम गर्थे २७ बर्षीय दीपुचन्द्र दास।उनी हिन्दू धर्म मान्थे।केही दिनअघि दीपुलाई फ्याक्ट्रीमा काम गर्ने अरु कामदारले घुरेर हेर्न थाल्छन्।तर, मानिसहरुले किन यसरी मलाई घुरेर हेरिरहेका छन् भन्ने दीपुलाई केही पत्तै हुँदैन।दीपुले मानिसहरुलाई आफूलाई यसरी हेर्नुको कारण बारे सोध्छन्।तर,कसैले पनि बताउँदैनन्।

यत्तिकैमा एकजना मानिसले आएर दीपु माथि गाली र दुर्ब्यबहार गर्छ।यो कुरा फ्याक्ट्रीभरी फैलिन्छ।फ्याक्ट्रीका कामदारहरुले दीपुलाई आफूहरूको धर्ममाथी अ’भद्र टिप्पणी र गाली गरेको कारण दीपुलाई तत्कालै फ्याक्ट्रीबाट निकाल्न पर्ने माग गर्न थाल्छन्।

मजदुरहरुको आक्रोसपछि फ्याक्ट्रीका म्यानेजरले दीपुलाई राजीनामा दिएर जान भने।तर,दीपुले आफ्नो कुनै गल्ती नभएको र कसैको धर्म वि’रुद्ध गलत टिप्पणी नगरेको भन्दै हात जोड्न थाले।यो कुरा थियो साँझ ५ बजेको।कुरा लम्बिदै जाँदा आठ बज्न लाग्यो र यत्तिकैमा त्यहाँ मानिसहरुको भिड जम्मा भईसकेको थियो।

दीपु नजिकैको प्रहरी चौकी सुरक्षा पाउने आशामा पुग्छन्।सामाजिक सञ्जालमा फैलिएका भिडियोमा उनी प्रहरी चौकीभित्र डराएको अवस्थामा सुरक्षा माग्दै गरेको देखिन्छन्।बाहिर भीड जम्मा भयो र उनलाई हस्तान्तरण गर्न दबाब दियो।

केही घण्टापछि उनलाई सार्वजनिक चोकमा तानेर रुखमा बाँधेर कु’टपिट गरियो।भिड यतिसम्म क्रु’र र निर्दयी बन्यो कि दीपु आफूले केही नगरेको भन्दै हात जोडेर रोइरहेका थिए तर भिड उनीमाथी जे-मन लाग्यो त्यहि गर्दै कुट्दै थियो।र मानिसहरु यस्तो दृश्य हेर्दै हाँस्दै,रमाईलो मानेर ताली बजाउँदै भिडियो बनाईरहेका थिए।

केही बेरमा भिडले दीपुको शरीर माथी मट्टीतेल ख’न्याएर आ’गो लगायो।हजारौंको एक्लो भिडमा दीपुले हात जोडेर रुँदै आफ्नो प्राणको भि’ख मागे तर,क्रुर भिडले दीपुचन्द्र दासको नि’र्मम हत्या गर्र्यो।

मानिस दानव भन्दा पनि तल्लो तहमा झरेर दीपुलाई जिउँदै आ’गो लगाए ज’लाए।जब दीपु ज’ल्दै गर्दा पिडाले चिच्चाई रहेका थिए।भिड खुशीले ठूलो उत्सब झै मनाईरहेको थियो।

खबर अनुसार दीपुकी एक तीन बर्षीया छोरी छिन् र बृद्ध बाबुआमाका एक्ला कमाउँने सन्तान थिए।

एकै दिनका ई दुई तस्बीरहरू, तपाई कुन तस्बीर को पक्षमा?
12/23/2025

एकै दिनका ई दुई तस्बीरहरू, तपाई कुन तस्बीर को पक्षमा?

नेपालको सार्वजनिक ऋण २७ खर्ब ८८ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । तपाईं एकजनाको भागमा ९० हजार ५६१ रुपैयाँ परेको छ । कहिले ...
12/23/2025

नेपालको सार्वजनिक ऋण २७ खर्ब ८८ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । तपाईं एकजनाको भागमा ९० हजार ५६१ रुपैयाँ परेको छ । कहिले तिर्नु हुन्छ ? 😥

बंगलादेशमा पटक–पटक हिन्दु समुदायमाथि आक्रमण र हत्या भइरहनु गम्भीर मानवअधिकार उल्लङ्घन हो। यदि बंगलादेश सरकारले आफ्नै देश...
12/21/2025

बंगलादेशमा पटक–पटक हिन्दु समुदायमाथि आक्रमण र हत्या भइरहनु गम्भीर मानवअधिकार उल्लङ्घन हो। यदि बंगलादेश सरकारले आफ्नै देशभित्र रहेका हिन्दुहरूको सुरक्षा सुनिश्चित गर्न सक्दैन भने, हिन्दुहरूको देशमा बंगलादेशको राजदूतावास राख्नुको औचित्य के रहन्छ ?
अब मौन बस्ने होइन—कूटनीतिक दबाब सिर्जना गर्न राजदूत फिर्ता बोलाउनेजस्ता कडा कदमबारे गम्भीर रूपमा सोच्ने समय आएको छ।

शुभ बिहानी शुभ दिन श्री पाथिभरा माताको दर्शनले तपाईं हाम्रो दिन शुभ रहोस जय माँ पाथिभरा 🙏🙏🌺🌺
12/18/2025

शुभ बिहानी शुभ दिन श्री पाथिभरा माताको दर्शनले तपाईं हाम्रो दिन शुभ रहोस जय माँ पाथिभरा 🙏🙏🌺🌺

३ बालबालिकाको ‘शंकास्पद हत्या’, ८ वर्षदेखि रहस्यमै✍️प्रदीपचन्द्र राईभोजपुर : खेतबारीमा घरगर्जो टर्ने अन्नपात फल्थ्यो। फे...
12/13/2025

३ बालबालिकाको ‘शंकास्पद हत्या’, ८ वर्षदेखि रहस्यमै
✍️प्रदीपचन्द्र राई

भोजपुर : खेतबारीमा घरगर्जो टर्ने अन्नपात फल्थ्यो। फेन्सी पसलको कमाइले छोराछोरी पढाउने खर्च जसोतसो धान्थ्यो। अरुण गाउँपालिका–३, प्याउलीका चेतनाथ फुयाँल र उनको परिवार यसैमा रमाउँथ्यो। भोजपुर सदरमुकामलाई तराई जोड्ने मुख्य सडक भोजपुर–लेगुवा नारदमुनि थुलुङ राजमार्गको छेवैमा फेन्सी पसल थियो। तर अकस्मात चेतनाथका तीनमध्ये दुई सन्तानको रहस्यमयी ‘मृत्यु’ले उनको परिवार पुख्र्याैली थलो छाड्न बाध्य भयो।

दुई छोराछोरीसहित अर्का छिमेकी रवीन्द्र सापकोटाका छोराको पनि एकैचोटी एकै ठाउँमा शव भेटियो।यसपछि चेतनाथले पाक्न लागेका अन्नबाली खेतबारीमै छाडे। भएको फेन्सी पसल पनि बेचे। अनि घरमा ताला लगाए। घटना भएको तीन महिना नबित्दै २०७४ असोज ९ गते राति सदाका लागि गाउँ छाडे। गाउँबाटै विस्थापित भए।

‘१३ वर्षसम्म हुर्काएको छोरी र ८ वर्षको छोराको मृत्युले गाउँ बस्न सकिएन’ उनी भक्कानिँदै सम्झन्छन्, ‘एकातिर बालबच्चाको याद अर्कोतिर न कतैबाट कसैको हारगुहार, या भनौं नानीहरूको मृत्युको कारण पत्ता लागेन, न्याय पनि मिलेन। कसरी बस्नु र ? त्यै भएर गाउँ छाडेँ।’

चेतनाथको परिवार हाल इटहरीको हलगडामा बस्छ। नयाँ ठाउँ र परिवेशमा शून्यबाट गुजारा थाल्नु जस्तो दुःख खेप्नु खेपे। दिनभर ज्याला मजदुरी गरे, कहिले सामान ओसारे त कहिले अरूका घरका भित्ताभित्तामा रंग भरे। ४५ वर्षीय फुयाँल ६ वर्षदेखि भने इटहरीमै एक हार्डवेयर पसलमा काम गरेर परिवारको गर्जो टार्दै आएका छन्।

‘त्योबेला सम्झिँदा जिन्दगी राम्रै चल्याथ्यो, गाउँ भए पनि आफ्नै सानोतिनो व्यापार व्यवसाय थियो, घरपरिवार र जीवनचर्या चलेकै थियो, अचानक कहाँबाट खोइ यो बज्रपात मैमाथि पर्‍यो’, उनले भने। घरजग्गा छोडेर इटहरी हलगडा झरेका उनीहरू अहिले पाँचधुरको टुक्रो जग्गामा घर बनाएर बस्दै आएका छन्। छोराछोरीको त्यो घटनादेखि उनकी श्रीमती निर्मला मानसिक स्वास्थ्य समस्या खेपिरहेकी छिन्। बालखा छोराछोरीको मृत्युको कारण र घटनाको दोषी अझै पत्ता लागेको छैन।

कस्तो थियो शंकास्पद मृत्यु ?
२०७४ सालको स्थानीय तह निर्वाचनको संघारमै चेतनाथ फुयाँलकी छोरी सुष्मा, छोरा प्रदीप र रवीन्द्र सापकोटाका छोरा १४ वर्षीय रञ्जितको रहस्यमयी मृत्यु भयो। खेल्न निस्किएका तीनैजना असार १० गते साँझदेखि हराइरहेका थिए। परिवार र गाउँलेले हराएको राति र भोलिपल्ट खोलाखोल्सी, पोखरी, झाडी, भिरपाखा सबैतिर खोजे तर उनीहरू भेटिएनन्। यसबारे स्थानीय प्रहरीलाई समेत जानकारी गराए।

तर, तीनैजनाको शव दुई दिन (असार १२ गते) पछि घरदेखि करिब १५ सय मिटर पर मरेङडाँडास्थित स्थानीय तोरन कार्कीको पोखरीमा तैरिएको अवस्थामा फेला पर्‍यो। स्थानीयले पोखरीमा डुबेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरे। शव फेला पर्दा प्रदीप र रञ्जितको खुट्टामा चप्पल भए पनि सुष्माको थिएन। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फरेन्सिक रिपोर्टमा प्रदीपको घाँटीको नलीमा खानेकुरा, सुष्मा र रञ्जितको घाँटीमा चुइगम अडकएको उल्लेख थियो। शवमा कुनै चोटपटक, दाग र विषादी फेला नपरेको रिपोर्टमा उल्लेख थियो।

नसुल्झिएको अनुसन्धान
घटना घटेको झन्डै साढे आठ वर्ष बित्न लाग्दा पनि त्यो शंकास्पद मृत्युको कारण र दोषी अझै पत्ता लागेको छैन। स्थानीय प्रहरी, क्षेत्रीय प्रहरी, प्रहरीको केन्द्रीय कार्यालय र अपराध अनुसन्धान विभागबाट पटकपटक टोली पुगेर अनुसन्धान गरे पनि छानबिन निचोडमा पुगेको छैन। यस घटना अनुसन्धानबारे जानकारी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा तत्कालीन प्रमुख पुष्कर कार्कीले भने, ‘त्यतिखेर ल्याब टेस्टहरू गर्दा केही आएको थिएन, थप केही प्रमाण भेटियो भने अनुसन्धान अघि बढ्ने भनिएको थियो, म पनि रिटायर्ड भएको सात वर्ष बढी भइसक्यो।’

सीआईबीको प्रमुखमा कार्कीपछि ११ जना फेरिइसकेका छन्। घटनाबारे २०७६ साल मंसिरमा फलोअप गर्दा जिल्ला प्रहरी कार्यालय भोजपुरका तत्कालीन डीएसपी नरबहादुर सलामीले आफू जिल्लामा आउनुअघि नै तत्कालीन क्षेत्रीय अनुसन्धान ब्युरोले ‘डाइटम टेस्ट’का लागि प्रमाण नष्ट भइसकेको पत्राचार गरिसकेको खुलाएका थिए। भोजपुर प्रहरीलाई क्षेत्रीय अनुसन्धानबाट आएको पत्रमा लेखिएको थियो, ‘भिसेरा टेस्टका प्रमाण तीन महिनापश्चात् स्वतः नष्ट हुने भएकाले डाइटम टेस्ट गर्न नसकिने।’ घटना अनुसन्धान भइरहेका बेला शव पोस्टमार्टम गरिएको अस्पताल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ‘डाइटम टेस्ट’ गर्ने प्रविधि नहुँदा अनुसन्धान जटिल बनेको बतायो। प्रहरीले उक्त टेस्ट गर्न भारतमा सम्भव हुने पत्ता लगाएपछि भोजपुर प्रहरीले क्षेत्रीय अनुसन्धान ब्युरोलाई पत्र पठाएको थियो।

निष्कर्षविहीन अनुसन्धानले पीडितलाई पीडैपीडा
सुरुदेखि नै घटनालाई प्रहरी, प्रशासन तथा अनुसन्धानमा संलग्न अधिकारीहरू गम्भीर नदेखिएकाले निष्कर्षविहीन बनेको पीडित परिवारको गुनासो छ । चुनावको मुखैमा घटना भएकाले राजनीतिक र गाउँका अगुवाहरूले आफुहरूलाई ललाइफकाइ मुचुल्का उठाएदेखि नै अनुसन्धान फितलो बनेको चेतनाथको भनाइ छ । पोखरीलाई उक्त घटना भएको एक वर्षपछि पुरेर बारी बनाइएको थियो ।

पीडित पक्षले घटनाको कारण र दोषी पत्ता लगाउन माग गर्दै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री जनार्दन शर्मा, प्रदेश १ (हाल कोशी प्रदेश) का मुख्यमन्त्री शेरधन राईलगायत सुरक्षा प्रमुख तथा सरोकारवालालाई काठमाडौं तथा विराटनगर पुगेर याचना गरेका थिए । प्याउलीमा संघर्ष समिति नै गठन गरेर चरणबद्ध आन्दोलन भए । आन्दोलनले स्थानीय शान्ति सुरक्षामा खलल पुर्‍याउने तथा अनुसन्धानमा प्रभावित पार्ने भन्दै स्थानीय प्रशासनले दबाएका थिए । आन्दोलन गर्ने केहीले झन्डा जलाएकाले देशद्रोहको मुद्दा लगाउन लागेपछि पीडित परिवार तथा स्थानीयलाई सामसुम पार्न प्रहरी प्रशासनले आफूखसी सहीछाप लाउन लगाएको पीडित परिवारको आरोप छ ।

पीडित परिवारले पोस्टमार्टम तथा अन्य रिपोर्टको लिखित जानकारी केही नपाएको गुनासो छ । ‘एउटा पोस्टमार्टम रिपोर्टसमेत पाइएन, सोधखोज गर्न जाँदा चुइँमग, खानेकुरा घाँटीमा अड्केर मरेका हुन् भने । पत्याउने कसरी ? ’ चेतनाथले भने, ‘अघिल्लो दिनसम्म खोजेको पोखरी, वरिपरिमा केही भेटिएन, भोलिपल्ट त्यही ठाउँ, त्यही पोखरीमा एक्कासि शव भेटिनु, बच्चाको घडीमा पानी नपस्नु, पेटमा पानी नभेटिनु, घोप्टो परेर डुब्नु, पछाडिको केश नभिज्नु सबै शंकास्पद थियो, हाम्रा छोराछोरीको भ्यागुतो मराई भयो ।’

स्थानीय तहको निर्वाचन मतदान असार १४ गतेलाई तोकिएको थियो । गाउँपालिकाको व्यापारिक तथा प्रशासनिक केन्द्रसमेत भएकाले प्याउलीमा त्यतिबेला निर्वाचन सुरक्षार्थ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिइएका थिए । स्थानीय निर्वाचन सुरक्षाका लागि त्यसबेला प्याउलीको रेडक्रस भवनमा सेनाको अस्थायी ब्यारेक राखिएको थियो । स्थानीयका अनुसार प्रदीप र रञ्जित अन्तिम पटक ब्यारेक नजिकै देखिएका थिए ।

मृतक रञ्जितका बावु रवीन्द्रले पनि छोराको मृत्युको यथोचित कारण र दोषी पत्ता लगाइनुपर्ने बताए । उनी हाल अरुण गाउँपालिकामा कृषि प्रसार अधिकृत छन् । घरमा श्रीमती र उनी बस्छन् । ‘आशा त अझै मरेको छैन, केही न्याय पाइएला कि भन्ने पनि छ, सबैले घच्घच्याइदिए हुन्थ्यो,’ रवीन्द्रले भने । चेतनाथलाई त विस्थापित भएर गाउँ छोडेदेखि प्रहरी प्रशासन र सरोकारवालाले खोजखबरसमेत नगरेको उनले दुःखेसो पोखे ।

शिखाको जीवन बचाउन तपाईको सानो सहयोगले सम्भव छ ‼️इलाम जिल्ला सन्दकपुर गाउँपालिका वडा नं. ३ (साविक सुलुबुङ) निवासी सोम बहा...
12/13/2025

शिखाको जीवन बचाउन तपाईको सानो सहयोगले सम्भव छ ‼️
इलाम जिल्ला सन्दकपुर गाउँपालिका वडा नं. ३ (साविक सुलुबुङ) निवासी सोम बहादुर राई की १६ वर्षीया छोरी शिखा राई गम्भीर रोगबाट पीडित हुनुहुन्छ। उहाँलाई Cellulitis with ARDS, Septic Shock तथा DIC जस्तो जटिल अवस्था देखिएको छ र हाल बिर्ता सिटी हस्पिटल एण्ड रिसर्च सेन्टर, बिर्तामोड को ICU मा उपचाररत हुनुहुन्छ।

चिकित्सकका अनुसार उहाँको अवस्था अत्यन्त गम्भीर छ र तत्काल तथा निरन्तर महँगो उपचार आवश्यक रहेको छ। दुर्भाग्यवश, बिरामीको परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले उपचार खर्च जुटाउन कठिनाइ भइरहेको छ।

यस विषयमा सन्दकपुर गाउँपालिका वडा नं. ३ को कार्यालय र बिर्ता सिटी हस्पिटल एण्ड रिसर्च सेन्टरबाट समेत आर्थिक सहयोगको लागि सिफारिस पत्र जारी भइसकेको छ।

त्यसैले, मानवता र करुणाको भावनाबाट सम्पूर्ण दयालु मन भएका महानुभावहरूमा सानो सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं। तपाईंको सानो सहयोगले एक किशोरीको जीवन बच्न सक्छ।

सहयोग गर्ने खाता विवरण:
बैंक: प्रभु बैंक Prabhu Bank
खाता नं.: १६४०१२७६४५२०००११ 1640127645200011
खाता नाम: सोम बहादुर राई Som Bahadur Rai

सम्पर्क:
मदन राई (दाजु) – ९८४२७७७४८२
Madan Rai (Brother) - 9842777482

कृपया यो पोस्ट Share गरेर पनि सहयोग गरिदिनुहोस्।
आज तपाईंले गरेको सहयोग, भोलि एउटा जीवनको मुस्कान बन्न सक्छ।
Ps: Naresh Raj Khatiwada




आफ्नो नानिवावु हरुकाे ख्याल गर्नु होला🙏 !!एकदमै दुखद घटना घट्यो पुना हडप्सरमा😭😭अछाम जिल्ला ढकारी गाउँपालिका 2 फाटाबगर बस...
12/11/2025

आफ्नो नानिवावु हरुकाे ख्याल गर्नु होला🙏 !!
एकदमै दुखद घटना घट्यो पुना हडप्सरमा😭😭
अछाम जिल्ला ढकारी गाउँपालिका 2 फाटाबगर बस्ने डबले सार्की का छोरा बर्ष 11 का प्रकाश सार्की हाल पुना महाराष्ट्र हडवसर ससाने नगर मा बस्दै आएका र एक्कासी हिँजो साँझ 10/12/2025 समय 6 बजे देखि बेपत्ता भइ आज उनको रूम नजिकै को दूरीमा बच्चाको किड्नी निकालेर मृत अवस्थामा फेला परेका छन्। आआफ्नो बच्चाको एकदमै ध्यान दिनुहोला प्रवासमा बस्ने सम्पूर्ण नेपाली दाजुभाईहरुले🙏

Address

1006 Park Avenue
Herndon, VA
20170

Alerts

Be the first to know and let us send you an email when Mr Help posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share