
08/06/2025
अष्ट्रेलियामा कार्यरत एक युवती नेपाली मगर थरकी विद्यार्थी ,ले $305,000 (करिब २ करोड ८० लाख नेपाली रुपैयाँ) को क्षतिपूर्ति जितेकी छन्, जुन हालसम्मकै सर्वाधिक यौन दुर्व्यवहार क्षतिपूर्ति हो।
उनी एक Mad Mex फास्ट फुड स्टोरमा काम गर्थिन्, जहाँ उनका म्यानेजरले बारम्बार यौनजन्य दुर्व्यवहार गरे। उमेर, भिसा स्थिति, र सामाजिक अलगावलाई फाइदा उठाउँदै उनले अपमानजनक कुरा, अश्लील मजाक र यौन संकेत प्रयोग गर्थे।
म्यानेजरले कारभित्र अश्लील भिडियो देखाउने, यौन खेलौना देखाउने, र सहकर्मीहरूमाझ उनीबारे यौनजन्य टिप्पणी गर्ने गरेका थिए।
अदालतले यो दुर्व्यवहारलाई 'संगठित रूपमै सहन गरिएको वातावरण' मानेको छ। यस्ता अपमानजनक व्यवहारलाई सामान्य मान्ने प्रवृत्तिले अझ गम्भीर दुर्व्यवहार निम्त्याउँछ भनेर अदालतले भनेको छ।
थप रूपमा, जब मगारले कम्पनीविरुद्ध कानुनी प्रक्रिया अघि बढाउने संकेत दिइन्, म्यानेजरले उनलाई डिफेमेसन थ्रेट मार्फत डराउन खोजे। अदालतले यसलाई पनि अनैतिक प्रतिशोध (victimisation) मानेको छ।