Intro Nepal

Intro Nepal This is official page of Intro Nepal. Please follow our page to get latest update.

01/18/2026
लोकप्रिय गायक तथा र्‍यापर कुशल पोखरेलले नेपाली फिल्म ‘रमिताको पिरती’ का लागि ‘फोन नगर’ बोलको गीत तयार गरेका छन् । सुदिप्...
01/17/2026

लोकप्रिय गायक तथा र्‍यापर कुशल पोखरेलले नेपाली फिल्म ‘रमिताको पिरती’ का लागि ‘फोन नगर’ बोलको गीत तयार गरेका छन् । सुदिप्ताको निर्देशनमा बनेको उक्त फिल्मको गीत माघ १ गते बुटवलमा आयोजित कन्सर्टमार्फत पहिलो पटक सार्वजनिक गरिएको हो । आगामी माघ २३ गतेदेखि प्रदर्शन हुने फिल्म ‘रमिताको पिरती’ को प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कन्सर्टमा कुशलले प्रत्यक्ष रूपमा गीत प्रस्तुत गरेपछि गीतको भिडिओ प्रदर्शन गरिएको थियो ।

कन्सर्टमा कुशलसँगै आना शर्मा, समीर श्रेष्ठ, महेश काफ्ले, जेम्सी, हुलाकीलगायत कलाकारले प्रस्तुति दिएका थिए । पाँच हजारभन्दा बढी दर्शकको उपस्थितिमा कुशलले गीत गाएपछि दर्शकले ‘वान्स मोर’ भन्दै उत्साह व्यक्त गरेका थिए ।

सार्वजनिक गीतमा शब्द र स्वर स्वयं कुशल पोखरेलकै रहेको छ । स्रोताको रुचि र आधुनिक सङ्गीत शैलीलाई ध्यानमा राखेर तयार गरिएको गीतको सङ्गीत निर्माण चर्चिल भुसालले गरेका हुन् भने मिक्सिङ र मास्टरिङ केपासले गरेका छन् । गीतको भिडिओमा कुशल पोखरेल र आना शर्मा फिचर्ड छन् । झोलेइज्मको निर्देशन, छायाङ्कन र सम्पादनमा तयार भएको भिडिओमा जेस्टीको कोरियोग्राफी रहेको छ । भिडिओमा जेनिश महर्जन छायाँकार र ऋषिक प्रधान रचनात्मक निर्देशकका रूपमा संलग्न छन् ।

कुशल पोखरेलले निर्माण टिमको लगाव र निर्देशक सुदिप्ताको सक्रियता देखेर सहकार्य गर्न तयार भएको बताए । उनले भने, ‘हाम्रो भाइब मिल्यो । आपसी छलफलपछि झन्डै सातौँ ड्राफ्टमा पुग्दा शब्दमा सहमति बनेको हो । यो ब्रेकअप स्टोरी भएकाले ब्रेकअपपछि केटीको दृष्टिकोणबाट गीत तयार गरिएको छ ।'

गीतको भिडिओमा काम गर्दा आफूलाई निकै रमाइलो लागेको उल्लेख गर्दै कुशलले ‘फोन नगर’ले युवापुस्ताको ब्रेकअपपछिको कथालाई बोलेको बताए । ‘यो गीत बनाउने कुरा झन्डै एक वर्षअघि भएको थियो । आ-आफ्नो काममा व्यस्त भए पनि अन्ततः फेरि भेटेर एउटा सिर्जना तयार गरेका छौँ । अलि समय लागेपनि कडा चिज निस्किएको जस्तो लागेको छ, दर्शक प्रतिक्रियाको प्रतीक्षमा छु', कुशलले भने ।

उक्त कन्सर्टमा महेश काफ्लेले ‘जुनीभर’ र समीर श्रेष्ठले ‘तिमी भए काफी’ गीत प्रस्तुत गरेका थिए भने आना शर्माले पर्फर्मरका रूपमा साथ दिएकी थिइन् । निर्माता सागर लम्सालका अनुसार विराटनगर, बिर्तामोड, धरान, पोखरा, धनगढी र काठमाडौंमा पनि कन्सर्ट आयोजना गरिनेछ, जहाँ फिल्मसँग सम्बन्धित गायक गायिकाले प्रस्तुति दिनेछन् ।

आगामी माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रमिताको पिरती’को केन्द्रमा रमिता अर्थात् आना शर्मा रहेकी छन् । ब्रेकअप स्टोरीमा आधारित फिल्मले दर्शकलाई फरक स्वाद दिने निर्देशक सुदिप्ताको विश्वास छ । यही फिल्ममार्फत गायक समीर श्रेष्ठले अभिनेताका रूपमा डेब्यु गर्दैछन् । फिल्ममा आना शर्मा र समीर श्रेष्ठसँगै धीरज मगर, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगीत, गियना, थिन्ले लामोलगायत कलाकारको अभिनय रहेको छ ।

यस्तै, फिल्मको ‘तिमी भए काफी’ गीतको अंश रहेको ‘आउने सालैमा लगनगाँठो, साइत जुराई’ बोलको गीत पछिल्लो समय टिकटकमा निकै चर्चामा छ । यस गीतमा आधारित लाखौ भिडिओ बनिसकेका छन्, जसले राम्रो भ्युज पाएका छन् । विशेषत गीतमा चलेको 'एड्स योर कलर' ट्रेण्ड अहिले युवापुस्ता माँझ लोकप्रिय बनिरहेको छ । आफ्नो जीवनलाई खालिपनबाट हटाउने र रङ्ग भर्नेसँग अहिले टिकटकमा भिडिओ बनाएको देख्न सकिन्छ । गायक समीर श्रेष्ठको स्वर र साश्वतको सङ्गीत रहेको गीत अहिले सामाजिक सञ्जालमा रील्स, टिकटक र स्टोरीमा व्यापक रूपमा प्रयोग भइरहेको छ ।

‘ब्रेकअप स्टोरी’ भनिएको फिल्म ‘रमिताको पिरती’मा प्रेम सम्बन्ध टुंगिएपछि पात्रले गर्ने भावनात्मक यात्राको कथा प्रस्तुत गरिएको छ । फिल्ममार्फत आना शर्मा निर्माण पक्षमा पनि जोडिएकी छन् । उनले अभिनयसँगै कार्यकारी निर्मात्रीको भूमिका निर्वाह गरेकी छन् । सन्तोष लम्साल कार्यकारी निर्माता रहेको फिल्ममा आर.पी. प्रोडक्सन एसोसिएट निर्माता, निर्देशक समेत रहेका सुवास कोइराला सह निर्माता छन् भने सागर लम्साल निर्माता छन् ।

फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको सङ्गीत रहेको छ । शिशिर विषंखे डीओपी रहेको फिल्मको सम्पादन सुनिल सिवाकोटीले गरेका छन् भने कपिल पराजुलीको कलर र कृतिका बरालको कोरियोग्राफी रहेको छ । काठमाडौं उपत्यकामा फिल्मलाई रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्टले वितरण गर्नेछन् भने उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।

01/16/2026

01/16/2026

नेपालगञ्जबाट फिल्म ‘कुमारी’ ले देशब्यापी प्रवर्द्धन अभियानको औपचारिक सुरुवात गरेको छ। सोमबार बेलुका त्यहाँ ‘कुमारी लाइभ ...
01/16/2026

नेपालगञ्जबाट फिल्म ‘कुमारी’ ले देशब्यापी प्रवर्द्धन अभियानको औपचारिक सुरुवात गरेको छ। सोमबार बेलुका त्यहाँ ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विद् केहर एन्ड द लुङा’ आयोजना गर्दै फिल्म टिमले दर्शकसँग प्रत्यक्ष भेटघाट गर्‍यो।

कन्सर्टमा गायक केहरसिंह लिम्बु र उनको सांगीतिक समूहले सशक्त प्रस्तुति दिँदै दर्शकलाई नचाए। कलाकार अभिषेक खड्का, आकृति राजभण्डारी र निर्देशक दिनेश राउतको उपस्थितिले कार्यक्रम थप उत्साहपूर्ण बन्यो। बाक्लो दर्शक भीडले फिल्मका लोकप्रिय गीतहरूमा भरपूर मनोरञ्जन लिए।

लिम्बु र उनको ब्याण्डले फिल्ममा समावेश गीत ‘डोको बुन्ने निगाली चोयाले’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ सँगै आफ्ना चर्चित गीत ‘सरर’ र ‘बैगुनी’ प्रस्तुत गरे। बहुचर्चित गीत ‘डोको बुन्ने’मा कलाकारद्वय अभिषेक र आकृतिले प्रत्यक्ष नृत्य प्रस्तुत गर्दा दर्शकले पनि नाचेर साथ दिए।

कार्यक्रममा निर्देशक राउतले आफू सधैँ दर्शकको चाहना र रुचिलाई केन्द्रमा राखेर चलचित्र निर्देशन गर्ने गरेको बताउँदै ‘कुमारी’लाई उत्कृष्ट फिल्म बनाउने प्रयास गरिएको उल्लेख गरे।

नेपालगञ्जबाट सुरु भएको यो टूर अन्य सहरहरूमा पनि विस्तार हुनेछ। तालिकाअनुसार ३ माघमा पोखरा, ६ माघमा चितवन, १० माघमा काठमाडौं र १७ माघमा दमकमा कन्सर्ट आयोजना हुनेछ। काठमाडौंको भृकुटीमण्डपमा हुने विशेष खुला कन्सर्टमा फिल्मको ट्रेलर सार्वजनिक गर्ने तयारी पनि गरिएको छ।

विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको र पिक्चर फ्रेमको सहकार्य रहेको यस फिल्मका निर्माता महेन्द्र अधिकारी हुन् भने कार्यकारी निर्माताका रूपमा केदार भुसाल छन्। विकास सुवेदीको पटकथा, सुसन प्रजापतिको छायाङ्कन, सुप्रिम पराजुलीको सम्पादन तथा कलर ग्रेडिङ, उत्तम न्यौपानेको साउन्ड डिजाइन र साहस शाक्यको ब्याकग्राउन्ड स्कोर रहेको छ।

फिल्म ‘कुमारी’ आगामी २३ माघदेखि प्रदर्शनमा आउने तयारीमा छ।

नायक आकाश श्रेष्ठ केही वर्षदेखि ठूलो पर्दामा मुख्य नायकको रुपमा देखिएका छैनन् । आकाशले यो बीचमा केही फिल्ममा भने केमियो ...
01/16/2026

नायक आकाश श्रेष्ठ केही वर्षदेखि ठूलो पर्दामा मुख्य नायकको रुपमा देखिएका छैनन् । आकाशले यो बीचमा केही फिल्ममा भने केमियो भूमिकामा काम गरेका थिए । आकाशले थुप्रै म्युजिक भिडियोमा काम गरेपनि फिल्मका लागि भने राम्रो कथाको प्रतीक्षा गरिरहेको बताउँदै आएका थिए । तर, अब भने आकाशको फिल्ममा कमब्याक पक्का भएको छ ।

नायक श्रेष्ठले यसअघि ‘जय शम्भु र दान्भी’ जस्तो एक्सन फिल्म निर्देशन गरेका निर्देशक रुपेश तामाङको अनटाइटल प्रोजेक्टबाट फिल्ममा कमब्याक गर्ने पक्का भएको हो ।

माघे सङ्क्रान्तिको अवसर पारेर आज आकाश र निर्माणपक्षबिच संझौता भएको छ । फिल्मलाई पूर्ण रुपमा एक्सन जनरामा बनाउने र आकाशलाई यसअघि नदेखिएको अवतारमा देखाउने तयारी रुपेशको छ ।

आकाश पनि यो फिल्मलाई लिएर निकै उत्साहित देखिएका छन् । आकाशले दर्शकको प्रतीक्षा विशेष हुने तर्क गरे ।

यो फिल्मको कथा सुमन गजमेरले तयार पारेका हुन् । फिल्मको छायांकन फागुनको अन्तिमबाट सुरु गर्ने तयारी रुपेशको छ ।

फिल्मको नाम, अन्य कलाकार र प्राविधिकहरूको बारेमा जानकारी एकपछि अर्को रुपमा गराउँदै लैजाने निर्माणपक्षले बताएको छ । जुना फिल्मस्को ब्यानरमा यो फिल्म निर्माण हुनेछ ।

चलचित्र ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले शुक्रबार ललितपुरको लबिम महलमा कार्यक्रमको आयोजना गर्द...
01/16/2026

चलचित्र ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले शुक्रबार ललितपुरको लबिम महलमा कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरेको ट्रेलरमा प्रेम, छलकपट र धोका समेटिएको छ ।

एकअर्कासँगको सामिप्यता, प्रेम, धोका र बदला ट्रेलरमा देख्न सकिन्छ । सुरुमा प्रेम र रोमान्स पछि धोका र बदलाको कथा ट्रेलरमा प्रष्ट देखिएको छ । प्रेम नपाउँदाको तनाव र त्यसले सिर्जना गरेको घटनाक्रमलाई ट्रेलरले समेटेको छ ।

चलचित्रको कथा भने प्रष्टसँग अझै खुलाइएको छैन । सस्पेन्स क्रिएट गर्न ट्रेलर सफल छ । साइकोलोजिकल थ्रिल ट्रेलरमा देखिन्छ । भिजुअल र कलरले चलचित्रको टोन समात्ने प्रयास गरेको छ ।

ट्रेलरमा चलचित्रका अधिकांश कलाकारलाई देख्न सकिन्छ । साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको चलचित्र ‘द ब्ल्यू लाइट’मा बेनिशा हमाल, अर्पण थापा, आयुशमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन् । ‘द ब्ल्यू लाइट’मा बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।

माघ १६ गते रिलिज हुने चलचित्रलाई बलिराम चौहानले निर्देशन गरेका हुन् । उनको यो डेब्यु निर्देशन हो ।

स्काइफल पिक्चर्सले प्रस्तुत गरेको ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् । कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन् ।

नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रमा आकाश उखेडा मख्य सहायक निर्देशक छन् । रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक हुन् ।

01/16/2026

पल शाहको फिल्म आ बाट आमासँग बेनिशाको फिल्म जुध्नुको कारण यस्तो ?

01/16/2026

पल शाहको फिल्म आ बाट आमा सँग बेनिशाको फिल्म जुध्नुको कारण यस्तो ?

01/14/2026

सौगात मल्लको अगाडी सृष्टि श्रेष्ठलाई प्रपोज गरे जय किशनले

01/14/2026

सौगात मल्ल र सृष्टि श्रेष्ठलाई साथ दिन पुगिन् नायिका पूजा शर्मा

01/14/2026

सौगात मल्ल र सृष्टि श्रेष्ठको फिल्मलाई सिसन बानियाँको यस्तो प्रतिक्रिया

Address

600 E John Carpenter Way, Suite #351
Irving, TX
75062

Alerts

Be the first to know and let us send you an email when Intro Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Intro Nepal:

Share

Category