Intro Nepal

Intro Nepal This is official page of Intro Nepal. Please follow our page to get latest update.

01/11/2026

जयले सौगात मल्लको अगाडी सृष्टि श्रेष्ठलाई प्रपोज गर्छु भने पछि

01/11/2026

एउटा पनि टेक नखाएकी मिस पविको दाबी

नेपाली चलचित्र ‘ऊनको स्वीटर’ले भारतमा सफल प्रदर्शनको ५१औँ दिन पूरा गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ । भारतभर ४० वटा ...
01/11/2026

नेपाली चलचित्र ‘ऊनको स्वीटर’ले भारतमा सफल प्रदर्शनको ५१औँ दिन पूरा गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ । भारतभर ४० वटा हलमा रिलिज भएको यो चलचित्र विभिन्न सहरका ६ वटा हलमा ५१ दिनसम्म निरन्तर प्रदर्शनमा रहेको छ ।

५१ दिनसम्म लगातार प्रदर्शनमा रहेका प्रमुख हलहरूमा चण्डिगढको पिभिआर सेन्ट्रल, लुधियानाको पिभिआर एभोन सिटी मल, सिलिगुडीका आईएनओएक्स सिटी सेन्टर र भेगा सर्कल मल, सिक्किमको आईएनओएक्स वेस्ट पोइन्ट मल तथा लखनउको पिभिआर सहरगन्ज मल रहेका छन् । यी हलहरूमा चलचित्रले निरन्तर दर्शकको साथ पाइरहेको निर्माण पक्षले जनाएको छ ।

नेपालमा उल्लेखनीय बक्स अफिस सफलता हासिल गर्दै ५१ दिनसम्म ४० भन्दा बढी हलमा प्रदर्शन भई करिब १२ करोड रुपैयाँ आम्दानी गरेको ‘ऊनको स्वीटर’ ले भारतमा पनि सशक्त उपस्थिति जनाएको हो ।

यस चलचित्रमा विपिन कार्की, मिरूना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, सुनिल पोखरेल लगायतको अभिनय रहेको छ । भारतमा ‘ऊनको स्वीटर’ लाई एसली प्रोडक्सन र एवन राई समूहले रिलिज गरेका हुन् । भारत प्रदर्शनका क्रममा निर्देशक चौहानसँगै गायक सुजन चापागाईँ पनि लामो समय भारतमै रहेका थिए ।

निर्माण संस्था आर्टमान्डू नेपाल प्रा.लि. ले भारत तथा नेपालभरका दर्शक र साझेदारप्रति आभार व्यक्त गर्दै ‘ऊनको स्वीटर’ को अन्तर्राष्ट्रिय यात्राले नेपाली चलचित्रलाई नयाँ बजार र पहिचान दिलाएको विश्वास व्यक्त गरेको छ ।

01/11/2026

रास्वपाले एकतर्फि रुपमा सहमति भंग गर्यो : कुलमान

माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा बाँकेको बैजनाथ गाउँपालिका–३ सुतैहिया गाउँमा ३६ गाउँका थारु समुदायको सहभागितामा भव्य सा...
01/11/2026

माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा बाँकेको बैजनाथ गाउँपालिका–३ सुतैहिया गाउँमा ३६ गाउँका थारु समुदायको सहभागितामा भव्य सांस्कृतिक नाच प्रस्तुत गरिएको छ ।
परम्परागत वेशभूषा, लोकधुन र सामूहिक नृत्यमार्फत थारु समुदायको मौलिक संस्कार, संस्कृति र ऐतिहासिक पहिचान झल्काइएको थियो ।
थारु समुदायका लागि माघे सङ्क्रान्ति वर्षकै प्रमुख पर्व मानिन्छ । यो पर्व सामाजिक एकता, पारिवारिक मेलमिलाप र सांस्कृतिक चेतनासँग गहिरो रूपमा जोडिएको छ । सो अवसरमा युवायुवतीदेखि ज्येष्ठ नागरिकसम्मले ढोल, मादल र झ्यालीको तालमा नाच प्रस्तुत गर्दै सदियौँदेखि चल्दै आएको परम्परालाई निरन्तरता दिएका थिए ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।
सहभागीहरूले यस्ता सांस्कृतिक कार्यक्रमले थारु समुदायको पहिचान संरक्षण हुनुका साथै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा सुतैहिया गाउँ सांस्कृतिक उत्सवस्थलमा परिणत भएको थियो ।

गायक तथा नायक प्रशान्त तामाङ को निधन भएको छ। आज बिहान दिल्लीस्थित आफ्नै निवासमा ४३ वर्षको उमेरमा उनको निधन भएको हो। उनी ...
01/11/2026

गायक तथा नायक प्रशान्त तामाङ को निधन भएको छ। आज बिहान दिल्लीस्थित आफ्नै निवासमा ४३ वर्षको उमेरमा उनको निधन भएको हो। उनी तेस्रो इन्डियन आइडल का विजेता हुन्। तामाङले नेपाली फिल्म परदेशी र गोर्खापल्टन लगायतमा अभिनय पनि गरेका थिए। स्व. तामाङप्रति हार्दिक श्रद्धाञ्जली।

पाँच मिनेट नाचेको तीन लाख लिन्छु भन्ने भनाइबारे सुष्मा कार्की ले स्पष्टीकरण दिएकी छन्। उनले पत्रकारले “भाइरल हुन्छ” भन्द...
01/11/2026

पाँच मिनेट नाचेको तीन लाख लिन्छु भन्ने भनाइबारे सुष्मा कार्की ले स्पष्टीकरण दिएकी छन्। उनले पत्रकारले “भाइरल हुन्छ” भन्दै त्यही कुरा भन्न लगाएको बताउँदै, यति ठूलो विवाद हुन्छ भन्ने थाहा भएको भए आफूले नबोल्ने बताइन्। साथै, उक्त पत्रकारलाई फेरि भेटे दुई झापड दिने समेत प्रतिक्रिया दिएकी छन्।

आगामी माघ ९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘बिगुल’को नयाँ गीत ‘वनकी कोइली वनमै रमायो’ सार्वजनिक गरिएको छ । ...
01/11/2026

आगामी माघ ९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘बिगुल’को नयाँ गीत ‘वनकी कोइली वनमै रमायो’ सार्वजनिक गरिएको छ । लोकलयमा आधारित यस गीतमा मनिष चौधरी र शान्तिश्री परियारको स्वर रहेको छ भने शब्द तथा संगीत मनोज चौलागाईंले तयार पारेका हुन् । गीत युवायुवतीबीचको प्रेम, आकर्षण र भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेर निर्माण गरिएको छ ।

कमल राईको कोरियोग्राफी रहेको गीतको भिडियोमा अभिनेता यशराज गराज (सुरज) र अभिनेत्री ऋचा थापाले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । उनीहरू फिल्ममा यही गीतमा मात्र देखिनेछन् । भिडियोमा रमेश बुढाथोकी, बेनिशा हमाल, विनोद न्यौपाने, गीता अधिकारीलगायत फिल्मका अन्य कलाकारहरूको पनि उपस्थिति छ ।

देशको समसामयिक राजनीतिक तथा सामाजिक यथार्थलाई कथावस्तु बनाइएको ‘बिगुल’को निर्देशन रमेश कोइरालाले गरेका हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाको कथा तथा निर्माण रहेको यस फिल्ममा नरेन खड्का, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, मीरा पण्डित, जेएन घिमिरेलगायत कलाकारहरूको अभिनय छ ।

फिल्मको पटकथा तथा संवाद प्रदीप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन् । शिव ढकालको छायांकन, एनबी महर्जनको द्वन्द्व निर्देशन, विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत तथा तारा थापा (किम्भे)को सम्पादन रहेको फिल्मले विकृत राजनीतिले सिर्जना गरेको जननिराशा र युवापुस्तामा बढ्दो आक्रोशलाई मुख्य विषयवस्तुका रूपमा प्रस्तुत गर्नेछ ।

नेपालमा नयाँ नेपाली ओटीटी प्लेटफर्म ‘युएनए डिजिटल’लन्च भएको छ। हिजो (शनिबार) काठमाडौंमा एक कार्यक्रमकाबीच संचार तथा सूचन...
01/11/2026

नेपालमा नयाँ नेपाली ओटीटी प्लेटफर्म ‘युएनए डिजिटल’लन्च भएको छ। हिजो (शनिबार) काठमाडौंमा एक कार्यक्रमकाबीच संचार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल,चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ओटीटी शुभारम्भ गरेका हुन्।
यो शुभारम्भ भएसँगै हलमा फिल्म तथा सिरिज हेर्न नपाएका दर्शकका लागि ओटिटिमार्फत हेर्न पाउने सुविधाको सुरुवात भएको छ। यसको सुरुवातसँगै यसले विश्व बजारमा आफ्नो पहुँच पुर्याउने विश्वा व्यक्त गरिएको छ।
यस कम्पनीका सीइओ, फिल्म वितरक तथा निर्माता उज्वल गुरागाइँ हुन्। उनंका अनुसार दर्शकले फेब्रुअरी १ तारिख (१८ माघ) देखि यो ओटीटीमा फिल्म, शो र ओरजिनल सिरिज हेर्न पाउनेछन्। आगामी १ फेब्रुअरीदेखि प्रयोगकर्ताले एप्पलको आईओएस र गुगल प्ले स्टोरमा उपलब्ध एपसहित ब्राउजर र टिभी संस्करण प्रयोग गर्न पाउने सीइओ गुरागाइँले बताए।
उनले भने,‘यो ओटिटि सुरुवात गरेका छौँ। यसले नेपाली फिल्म तथा निर्माताहरुलाई जोगाउछु। यसले डुबाउदैन। त्यसका लागि नै नयाँ युगको सुरुवात गरिएको हो।’
यस ओटिटिमार्फत दर्शकले आशिष ढकालको सिरिज ‘सम्बन्ध तिम्रो मेरो’,‘क्राइम इन स्टोरी’त्यसै गरि अभिनेता सलोन बस्नेतको फिल्म ‘रुम नम्बर ८’प्रदर्शनमा आउन लागेको जानकारी दिइएको छ। निर्माण पक्षले सलोन बस्नेतले निर्माण गर्न लागेको यस फिल्मलाई ओटिटि प्लेटफर्ममार्फत पहिलो फिल्मका रुपमा रिलिज गर्न लागेको हो। त्यसैगरी यसैका सीइयो गुरागाइले नै निर्माण गर्न लागेको ‘रियल रिदम’ओटिटिमा राखिने छ। यसै कम्पनीले निर्माण गरेको अर्को सिरिज ‘चोइज’,‘सिनेपट न्युज’ आयुसा महर्जनको होस्टमा ‘चेलीबेटी’साथै ‘काठमाडौं नाइट’पनि यसबाट प्रसारण हुनेछ।
यसका लागि नेपाल र विदेशका लागि अलग–अलग ‘ओटीटी विन्डो’ सहित कन्टेन्ट क्रमशः ल्याउने तयारी निर्माण पक्षको छ। सीइयो गुरागाइका अनुसार सुरुवात १४ फेब्रुअरीदेखि हुने छ भने सब्सक्राइब शुल्कबारेको जानकारी चाँडै दिइने भएको छ ।
बोर्डका अध्यक्ष दिनेश डिसीले ओटिटि खुलेकोमा बधाई दिदै राम्रो कामको सुरुवात भएको बताए।
‘हामी क्रियटिभ मानिसहरु एउटा चरा जस्तै हौँ,’उनले चराको उदाहरण दिदै भने,‘आकाशमा एउटा चरासँग अर्को चरासँग ठोकिदा पनि आ–आफ्नै उडानहरु हुन्छन्। युएनको उडान यहाँबाट सुरु भएको छ र यो उडानलाई शुभकामना छ।’
कार्यक्रममा शुभकामना दिन पुगेको अभिनेता तथा निर्माता दीपकराज गिरीले फिल्मकर्मीका लागि यस्ता ओटिटि अति आवश्यक भएको र ओटिटिको सुरुवात गरेकोमा बधाई ज्ञापन गरे।
उनले भने,‘यस्तो प्लेटफर्महरु भनेका हामी चलचित्रकर्मीहरुका लागि एकदम आवश्वकता छ। विदेशमा एउटा प्रोड्युसरले सिनेमा हलबाट जति पैसा कमाउनछ। त्यो भन्दा बढि यस्ता ओटिटि प्लेटफर्मबाट आय आर्जन हुन्छ। त्यस कारण हाम्रो उद्योग अगाडि बढ्दै गरेको अवस्थामा यस्ता प्लेटफर्महरु आइदिनाले निर्माता तथा निर्देशकलाई लगानी गर्ने वातावरण अझै बढ्दै जान्छ।’
उनले ओटिटिका सम्पुर्ण टिमलाई बधाई दिए।
आयोजित समारोहमा संचारमन्त्री खरेलले ओटिटिको शुभारम्भले बदलिँदो प्राविधिक आयाम र दर्शकको रुचिलाई युएनए डिजिटल ओटीटीले पूरा गर्न सक्नुपर्ने बताए। उनले समयसँगै परिवर्तन हुँदै जानु राम्रो हुने तर्क गरे।
‘यसलाई विश्वव्यापी बनाउनका लागि महत्वपुर्ण भुमिका निवार्ह गर्छ भन्ने मलाई लागेको छ,‘उनले भने,‘हाम्रा अडियन्स,जनताहरुले संसारभर खोजेको कुरा कन्टेन छ। तपाईले फिल्म बनाउनुहोस्,समाचार बनाउनुहोस्,टेलिभिजन प्रोग्राम बनाउनहोस्,इन्टरभ्यु गर्नुहोस्,समाचार बनाउनुहोस्,जे जे बनाउनुहोस् त्यसमा महत्वपुर्ण भनेको कन्टेन नै हो।’
उनले ओटिटि प्लेटफर्ममा राम्रो कन्टेन भएको खण्डमा राम्रो चल्ने र चलाउन सुभाव दिए।
यो ओटिटिले सुरुवातमा कन्टेन्टमाथि ६ करोड रुपैयाँ लगानीसहित संचालनमा आउन लागेको हो। साथै यस ओटिटिमा नेपाली भाषाबाहेकका अर्थात भारतीय, बंगलादेशी र जापानी सामग्रीलाई पनि क्रमशः रिलिज गर्ने यस ओटीटीका सीइयो गुरागाइको भनाई छ।

‘हाम्रो टोपी, हाम्रो एकता’ भन्ने मूल नाराका साथ हिमालयन रनिङ क्लब (द हल्का रनर्स) ले उक्त दौड प्रतियोगिता आयोजना गरेको ह...
01/11/2026

‘हाम्रो टोपी, हाम्रो एकता’ भन्ने मूल नाराका साथ हिमालयन रनिङ क्लब (द हल्का रनर्स) ले उक्त दौड प्रतियोगिता आयोजना गरेको हो। नेपाली संस्कृति र मौलिकतालाई खेलकुदको माध्यमबाट प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हिमालयन रनिङ क्लबका अध्यक्ष शहदेव व्यञ्जनकारले जानकारी दिनुभयो।

उक्त दौड प्रतियोगिता पाटन दरबार स्क्वायरको मंगलबजारबाट सुरु भई करिब ४.५ र ८ किलोमिटर दूरी तय गरिएको थियो।

राष्ट्रिय टोपी दिवसको अवसरमा आयोजना गरिएको यस दौडले युवा पुस्तामा नेपाली टोपीप्रतिको मोह जगाउनुका साथै स्वास्थ्य र एकताको सन्देश दिने विश्वास आयोजकले लिएका छन्।

आफ्नो बाल्यकालको हिरो भएको उल्लेख गर्दै कलाकार **सन्दीप क्षेत्री**ले बलिउड अभिनेता **संजय दत्त**लाई रुद्राक्षको माला उपह...
01/09/2026

आफ्नो बाल्यकालको हिरो भएको उल्लेख गर्दै कलाकार **सन्दीप क्षेत्री**ले बलिउड अभिनेता **संजय दत्त**लाई रुद्राक्षको माला उपहार दिएका छन्। उनले **पशुपतिनाथ मन्दिर**को रुद्राक्ष माला दत्तलाई आफैं लगाइदिएका हुन्।

सन्दीपले संजयसँग खिचेको फोटो तथा भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै लेखेका छन्, “मेरो बाल्यकालको हिरोलाई प्रत्यक्ष भेट्दै—योभन्दा बढी के माग्न सक्छु? साँच्चै जीवनभरको सम्झना। सधैंभरि कृतज्ञ।”

यो फ्यानडम मोमेन्ट निकै मर्मस्पर्शी देखिन्छ। भिडियोमा संजयका सहयोगीले सन्दीपलाई नेपालको ठूलो सेलिब्रेटी भन्दै परिचय गराइरहेको आवाज पनि सुनिन्छ।

उल्लेखनीय छ, बाराही होटलले सञ्चालनमा ल्याउन लागेको क्यासिनो उद्घाटनका लागि संजय दत्त बिहीबार बेलुका काठमाडौं आएका हुन्। उनी शुक्रबार दिउँसो स्वदेश फर्किने कार्यक्रम रहेको छ।

अभिनेता सौगात मल्लले आगामी माघ १ गतेदेखि नेपालभर प्रदर्शन हुने चलचित्र ‘भाइरल गोर्खे’ को विषय सामाजिक सञ्जालसँग जोडेर तय...
01/09/2026

अभिनेता सौगात मल्लले आगामी माघ १ गतेदेखि नेपालभर प्रदर्शन हुने चलचित्र ‘भाइरल गोर्खे’ को विषय सामाजिक सञ्जालसँग जोडेर तयार गरिएको बताएका छन् । सो चलचित्रको विषयमा जानकारी दिँदै अभिनेता मल्लले सामाजिक सञ्जालको बढ्दो दबदबा बीच विश्वभर ‘भाइरल’ बन्ने ध्याउन्नमा रहेकालाई चलचित्रले मनोरञ्जनसँगै सन्देश पनि दिने बताए ।
उनले भने,‘चलचित्रको विषयवस्तु केवल ‘टिकटक’सँग जोडिएको भए सायद म अभिनय गर्थिन होला, तर त्यहाँ समाज र परिवेश जोडिएको छ । एउटा सामान्य व्यक्तिको भाइरल हुने लालस र त्यसले निम्त्याउने आरोह अबरोह चलचित्रमा समेटिएको छ । भाइरल हुन जति मेहनत गर्नुपर्छ, त्यति नै त्यहाँ टिकिरहन मेहनत गर्नुपर्छ । विद्यमान परिवेशमा दर्शकलाई आकर्षित गर्न चलचित्र सफल हुनेछ ।’

‘भाइरल गोर्खे’ चलचित्रको पटकथा पढेपछि सबै अभिनेता लोभिने बताउँदै मनोरञ्जन प्रदान गर्ने समय सान्दर्भिक विषयवस्तु समेटिएको पाएपछि प्रस्ताव स्वीकार गरी चलचित्रमा जोडिएको उनले बताए ।

‘भाइरल पनि भन्न नआउने, भाइरस,भाइरस भन्ने एक पात्र भाइरल हुँदा सम्मको उसको यात्रा हो । त्यसपछि पनि दर्शकलाई मजा आउँछ, मन छुने खालको छ । यसले अहिलेको केही प्रवृतिलाई व्यङ्ग्य पनि गरेको छ’, अभिनेता मल्लले स्पष्ट गरे ।

अभिनेत्री तथा पूर्व मिस नेपाल सृष्टि श्रेष्ठले चलचित्रमा अभिनय गर्ने प्रस्ताव आएपछि पटकथा पढ्दा नै यो विषय किन सोचिएन भन्ने लागेको प्रतिक्रिया दिईन्।

‘सामाजिक सञ्जालको सकारात्मक र नकारात्मक प्रभाव, भाइरल हुन मानिसले के के गर्छ भन्ने विषयवस्तु कथामा समेटिएका छन् । समय सान्दर्भिक छ, सबै कुरालाई व्याङ्ग्यात्मक रुपमा देखाइएको छ’, अभिनेत्री श्रेष्ठले भनीन् ।

निगम श्रेष्ठको निर्देशनमा तयार भएको उक्त चलचित्रमा बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, पत्रकार ऋषि धमला लगायतले अभिनय गरेका छन् ।

Address

600 E John Carpenter Way, Suite #351
Irving, TX
75062

Alerts

Be the first to know and let us send you an email when Intro Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Intro Nepal:

Share

Category