12/30/2023
संपूर्ण लंगआइल्याण्ड बासी बुवा आमा दाजु भाइ तथा दिदी बिहिनीहरूमा हार्दिक नमस्कार !
म बाबुराम शर्मा पर्बत जिल्लामा जन्मी हुर्की बिगत १० बर्ष देखि यही लंग आइलैण्डमा हजूरहरू माझ रहदै बस्दै आइ रहेको छु । मेरो बसाइको आरम्भ देखि नै मैले कुनै न कुनै हिसाबले यस लगंआइल्याण्ड नेपाली समाजसंग आबद्द रही सेवा भाबले काम गर्दै आइ रहेको छु । हाल यस समाजको माहासचिवको पदमा रही तन मन र धनले दिएको जिम्मेवारी पूरा गर्दै आइ रहेको छु । जसको प्रत्यक्ष अनुभव र मूल्यांकन यहांहरू सबैले गरी रहनु भएकै होला । यस क्षेत्रमा दिनानु दिन बढ्दै गैरहेको नेपाली समुदायको बढ्दो चाप र म भित्र रहेको समाज सेवा गर्ने हुटहुटीका कारणबाट अब यस संस्थालाइ परम्परागत तबरबाट केबल तीज दशैं र पिकनिक जस्ता कार्यक्रमहरूमा मात्र समित नरहि दीर्घकालिन महत्व रहेको कुनै एक मन्दिर सहितको सामुदायिक हल निर्माणको प्रस्ताव ६ बर्ष अगाड़ी कार्य समितीमा गरि १० हजार डोनेशन समेतको घोषणा गरेको थिए । यो दौरान समाजका बिभिन्न बैठक र गत बर्षको साधरण सभामा पनि मैले सांस्कृतिक केन्द्र बनाउने प्रस्ताव प्रस्तुत गरेका थियौं । तर केही मित्रहरूको बिरोधका लागि बिरोधको शैलीमा असहमती जनाउनु भए पछि सो प्रस्ताब दुर्भाग्यबस परित हुन सकेन । त्यसको साक्षी र प्रमाण सो अबसरमा उपस्थित हुनु हुने सकल कार्य समिती लगायतका माहानुभाबहरू आज पनि यहां हामी सबै प्रत्यक्ष उपस्थित छौं । समाजका केही आदरणीय अग्रज मित्रहरू लगायत मैले पनि त्यति खेर नै सामुदायिक भबन निर्माणमा सहयोग गर्नको लागि मेरो ब्यक्तिगत तर्फबाट दश हजार डरल घोषणा गरि सकेको छु । आदरणीय जन समुदायहरू ! “ समाज निर्माणको काम कसैले गर्रिदेला भनेर कुरि रहने कि ? मेरो समाज निर्माण म आफैले नगरे कस्ले गर्छ ? भन्ने भावनाका साथ म यस पटक ६ बर्ष अगाड़ी आफूले बोलेको ,संकल्प गरेको प्रस्ताव लाइ आफै नेत्रीत्वमा आएर सम्मपन्न गर्ने अठोट र विश्वासका साथ अघि बढ्ने निर्णय गरेको छु । अब समाजमा आफू पनि केही नगर्ने र अरूले गर्न खेजे पनि खुट्टा तान्ने प्रबृतीको अन्त्य हुनै पर्दछ। अब यसरी हाम्रो समाज कहिल्यै पनि अघि बढ्न सक्दैन। हामीले स्वच्छ सेवा भाव बाट हाम्रै समाजको लागि केही गर्नु पर्छ भन्ने पबित्र मनसायले सहयोग रकम स्वघोषणा गर्दा पैसाको फूर्ती देखायो भन्नेहरू पनि यही समाज भित्र कै सदस्यहरू हुन । फलानोले राजनीति गर्यो, समाज भाड्यो, र हामी यहांका रैथाने आदिबासी सो सरहका हौं भन्ठान्ने मित्रहरूलाइ पनि म के भन्न चाहन्छु भने “ समाजमा कहां र कस्ले कसरी राजनीति गर्यो ? समाजमा केही गरौं भन्दा कसरी राजनीति हुन्छ ? डाहा र इर्षा गर्ने बानी छाडौं, राम्रो कामको लागि सकिन्छ सहयोग गरौं, सकिदैन ठिक छ तर बिरोध चाही कदापी नगरौं । “ हो समाजमा पुराना र सिनियरहरूलाइ आदार र सम्मान अबश्य हुनु पर्दछ तर राम्रो काम गर्नको लागि नयां र पुरानोको भेदभावले कदापी हेरिनु हुदैन। अग्रजहरूलाइ सम्मान र भिजन भएकाहरूलाइ प्रोत्साहनको साथ साथमा स्वच्छ प्रतिस्पर्धात्मक र प्रजातान्त्रिक बिधी पद्दतीबाट मात्रै समाजको उन्नती र प्रगती हुन सक्दछ भन्ने मेरो मान्यता रही आएको छ । आदरणीय जन समुदायहरू ! यो हाम्रो लंग आइल्याण्ड नेपाली समाजलाइ नयां मूर्त रूप दिनको लागि मैले स्पष्ट भिजन, मिसन र एक्जुकेसनका योजनाहरू सहित तपाइहरू सामु निम्न एजेण्डाका साथ अध्यक्ष पदको लागि उम्मेदारी दिने निर्णय गरेको छु । एजेण्डाहरू :-
१- समय दिन्छु
२-सांस्कृतिक केन्द्र निर्माण , आफ्नै भवन ( त्यसका लागि बावुराम ले पहिल्यै १० हजार डलर बोलेका छन्)
३- नेपाल फ्यामिली फ़ेस्टिवल
४ - नेपाली स्ट्रीट नामांकन
५ - सामाजिक कल्याणकारी कोष १ लाख डलरको
६-सबैको साझा सस्था बनाउ छु ।
७- सिगो लगंआइल्याण्डमा बस्ने नेपालीको डाँटा संकलन
८- लग आइलैंडमा आउने नयॉ नेपाली लाइ जागिर, बसोबासका लागि ब्यवस्थापन , आर्थिक र सूचना सम्प्रेषणको प्रवन्ध मिलाउन समिति निर्माण र हट लाइन र समिती निर्माण गरि त्यो समिती मार्फत् ब्यबस्थापन गर्ने
९- नेपाली समाज लाइ अमेरिकन समाजमा जोड्ने र यहाँ का सिटीहरूमा नेपालीको प्रतिनिधित्वका लागि लाग्ने
१०- यहाँ को मूल धारकों राजनीतिमा नेपाली को पहुँच पुर्याउन लाग्ने
११- कार्यसमितिका सदस्यहरू लाइ मासिक २० डलरका दरले लेवी उठाएर सस्थाको कोष बृद्दी गर्ने
१२- एक परिवार एक खुतरूके (पैसा संकलन बाक्सा )कार्यक्रम ल्याइ संस्था को कोष बढाउने , घर घरमा फालिएका पेनी डायम जस्ता खुजुरा पैसा संकलन गरेर समाजको कोष बढाउने
यदी तपाइहरूले मलाइ बिश्वास गरीअध्यक्ष पदमा बिजय गराउनु भएको खण्डमा मैले यहांहरूसंग हातेमालो गर्दै माथि उल्लेखित एजेण्डाहरूलाइ पूरा गर्न मेरो प्रयास जारी रहने छ । सो कार्य गर्न गराउनको लागि समाजमा रहेका हामी सबैको अहम भूमिका रहने कुरा मैले राम्ररी बुझेको छु । यसका लागि यहांहरूको साथ सहयोग र सद्भाब बिना संभब छैन तर सामुहिक हितका लागि यि कामहरूमा यहांहरूको साथ सहयोग प्राप्त हुने कुरामा म पूर्ण बिश्वस्त छु । धन्याबाद। नमस्कार ।
बाबुराम शर्मा