Reporters Club America

Reporters Club America Reporters Club America is to bringing authentic news from Nepal and round the world. This includes newspapers, magazines, televisions, and other social media.
(1)

Special Media public deals with the news, editorial opinions, features and others. Welcome to Reporters Club America. We would be covering all aspects of Nepalese politics, culture, economy, sports, stars and celebrities, gossips and what you want to see. Public media is a system of independently managed and operated local public radio and television stations. In rural, Native American and Island

communities, public broadcasting stations are often the only locally-owned-and-operated media outlets.

भुटानी समुदायको सेप्टेम्बरमा ओमाहामा संयुक्त वार्षिक सम्मेलनअर्जुन प्रधानओमाहा, नेब्रास्का, अगस्ट २४, २०२६। अमेरिका तथा ...
08/24/2026

भुटानी समुदायको सेप्टेम्बरमा ओमाहामा संयुक्त वार्षिक सम्मेलन

अर्जुन प्रधान

ओमाहा, नेब्रास्का, अगस्ट २४, २०२६। अमेरिका तथा विश्वका विभिन्न देशमा रहेका भुटानी समुदायलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले भुटानी संयुक्त वार्षिक सम्मेलन २०२६ आगामी सेप्टेम्बर ११ देखि १३ सम्म ओमाहा, नेब्रास्कामा आयोजना हुने भएको छ।

‘भुटानी हृदयहरूलाई एकताबद्ध गर्दै, पुस्ताहरूलाई सशक्त बनाउँदै’ भन्ने मूल नाराका साथ आयोजना हुने तीनदिने सम्मेलन ओमाहास्थित ग्रेट इभेन्ट्स सेन्टर, ७४४० क्राउन पोइन्ट एभेन्युमा सञ्चालन हुनेछ।

सम्मेलनमा ग्लोबल भुटानीज अर्गनाइजेसन (GBO), भुटानीज अमेरिकन म्युजिक एसोसिएसन (BAMA), ग्लोबल फाउन्डेसन अफ अमेरिका (GFA), ग्लोबल भुटानीज लिटरेरी अर्गनाइजेसन (GBLO) तथा स्थानीय आयोजक भुटानीज कम्युनिटी इन नेब्रास्का (BCN) सहभागी हुने आयोजक समितिले जनाएको छ।

आयोजकहरूका अनुसार सम्मेलन केवल सामाजिक जमघटमा सीमित नरही भुटानी समुदायभित्र संस्थागत सहकार्य, नेतृत्व विकास, शिक्षा, भाषा, साहित्य, संगीत, संस्कृति, स्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा साझा पहल अघि बढाउने उद्देश्यले आयोजना गरिएको हो।

संस्थागत सहकार्यमा जोड

ग्लोबल भुटानीज अर्गनाइजेसनका अध्यक्ष डीबी राईले सम्मेलनमा शिक्षा, नेतृत्व विकास र सामुदायिक सहकार्यलाई प्राथमिकतामा राखिएको बताए।

“शिक्षा, नेतृत्व विकास र सामुदायिक सहकार्यलाई केन्द्रमा राखेर संस्थाहरूबीचको सम्बन्ध अझ बलियो बनाउन यो सम्मेलन महत्वपूर्ण हुनेछ,” राईले भने।

ग्लोबल भुटानीज लिटरेरी अर्गनाइजेसनका अध्यक्ष पतालो अन्तरेले सम्मेलनलाई सामान्य भेटघाटभन्दा फरक रूपमा प्रस्तुत गरेका छन्। उनका अनुसार सम्मेलन भुटानी समुदायको एकता, भाषा, साहित्य, संस्कृति र पहिचानसँग जोडिएको अभियान हो।

भाषा र साहित्य समुदायको पहिचानका महत्वपूर्ण आधार भएको उल्लेख गर्दै अन्तरेले नयाँ पुस्तालाई आफ्नो भाषा, साहित्य र सांस्कृतिक जरा जोडिराख्न यस्ता कार्यक्रम आवश्यक रहेको बताए।

त्यस्तै, भुटानीज अमेरिकन म्युजिक एसोसिएसनका अध्यक्ष विश्वाज गुरुङले संगीत तथा कलाका माध्यमबाट सांस्कृतिक पहिचानलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्य रहेको बताए। विभिन्न पुस्ताका कलाकारलाई एउटै मञ्चमा प्रस्तुत गर्ने योजना रहेको उनको भनाइ छ।

ग्लोबल फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष प्रजा ढकालले समुदायको दीर्घकालीन विकासका लागि सांस्कृतिक गतिविधिसँगै स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षाका क्षेत्रमा समेत संस्थागत सहकार्य आवश्यक रहेको बताए।

तीन दिन, तीन फरक आयाम

सम्मेलनको पहिलो दिन सेप्टेम्बर ११ मा विभिन्न राज्य तथा स्थानबाट ओमाहा आउने अतिथि र प्रतिनिधिका लागि स्वागत समारोह तथा रात्रिभोज आयोजना गरिनेछ।

सेप्टेम्बर १२ मा संस्थागत बैठक, विभिन्न प्रस्तुति तथा सामुदायिक कार्यक्रम सञ्चालन हुनेछन्। सोही दिन साँझ संयुक्त बृहत् सांगीतिक कार्यक्रम आयोजना गरिने कार्यक्रम संयोजक भीम गुरुङले जानकारी दिएका छन्।

सम्मेलनको अन्तिम दिन सेप्टेम्बर १३ मा संयुक्त भुटानी मेला आयोजना हुनेछ। मेलामा खेलकुद, सांस्कृतिक प्रस्तुति, व्यवसाय तथा सामुदायिक स्टल र प्रतिभा प्रदर्शनलगायतका कार्यक्रम समावेश गरिने कार्यक्रम संयोजक भीम गुरुङले जनाएका छन् ।

सोही दिन साँझ नेब्रास्कामा रहेका भुटानी महिलाहरूको सहभागितामा तीज उत्सव समेत आयोजना गरिनेछ।

स्थानीय आयोजक भुटानीज कम्युनिटी इन नेब्रास्काले विभिन्न स्थानबाट ओमाहा आउने प्रतिनिधि तथा अतिथिका लागि आवश्यक आतिथ्य व्यवस्थापन गर्ने जनाएको छ।

आयोजक समितिले अमेरिका तथा विश्वका विभिन्न स्थानमा रहेका भुटानी समुदाय, संघ–संस्था, कलाकार, युवा तथा परिवारलाई सम्मेलनमा सहभागी हुन आह्वान गरेको छ।

सम्मेलनका आयोजना संयोजक पतालो अन्तरे र कार्यक्रम संयोजक भीम गुरुङ रहेका छन्।

विश्वभरका नेपालीभाषी बालबालिकालाई जोड्दै GEP, नयाँ सत्रका लागि भर्ना खुलाविश्व भूटानी साहित्यिक संगठन (GBLO) द्वारा सञ्च...
08/11/2026

विश्वभरका नेपालीभाषी बालबालिकालाई जोड्दै GEP, नयाँ सत्रका लागि भर्ना खुला

विश्व भूटानी साहित्यिक संगठन (GBLO) द्वारा सञ्चालित ‘GEP अनलाइन नेपाली कक्षा २०२५–२६’ को परीक्षाफल हस्तान्तरण तथा सन् २०२६–२७ का लागि नयाँ भर्ना दर्ता कार्यक्रम जुम (Zoom) मार्फत सम्पन्न भएको छ।

अगस्ट ९, २०२६ को साँझ ८:३० बजेदेखि आयोजित कार्यक्रममा विश्वका विभिन्न स्थानमा रहेका नेपालीभाषी बालबालिकालाई मातृभाषा, साहित्य तथा संस्कृतिसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले सञ्चालित अनलाइन कक्षाको २०२५–२६ सत्र सफलतापूर्वक सम्पन्न भएको अवसरमा उत्तीर्ण विद्यार्थीहरूलाई परीक्षाफल हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा शिक्षिका खगेन्द्रा खुसीले अध्यापनका क्रममा आफ्ना अनुभव साझा गर्दै विद्यार्थीहरू सिर्जनात्मक तथा कलात्मक हुनुका साथै नेपालीपनलाई आत्मसात् गर्दै अघि बढिरहेको बताउनुभयो। उहाँले विद्यार्थीहरूको परीक्षाफलसमेत सार्वजनिक गर्नुभयो।

त्यस्तै, शिक्षिका रिमा श्रेष्ठले GBLO सँग आबद्ध भएर नेपाली भाषा शिक्षालाई अघि बढाउने अवसर पाएकोमा खुसी व्यक्त गर्दै विद्यार्थीहरूको नतिजा घोषणा गर्नुभयो। विगत सात वर्षदेखि GBLO सँग निरन्तर नेपाली भाषा शिक्षाको क्षेत्रमा सहकार्य गर्दै आउनुभएका शिक्षक लोकनाथ खनालले पनि परीक्षाफल सार्वजनिक गर्नुभएको थियो।

कार्यक्रमका क्रममा सूचना प्रविधि संयोजक पुष्कर धितालले विश्व शिक्षा कार्यक्रम (GEP) को नयाँ वेबसाइट ourgep.org सार्वजनिक गर्नुभयो। उहाँले GBLO सँग आबद्ध भएर काम गर्ने अवसर पाएकोमा आभार व्यक्त गर्नुभयो। सोही अवसरमा सन् २०२६–२७ का लागि अनलाइन नेपाली कक्षाको भर्ना तथा दर्ता प्रक्रिया औपचारिक रूपमा खुला गरिएको घोषणा गरिएको थियो।

साहित्यकार धर्मेन्द्र तिम्सिना ‘क्षितिज’ले प्रवासमा रहेर पनि नेपाली भाषाको उत्थानका लागि निरन्तर क्रियाशील GBLO र GEP लाई आगामी दिनमा पनि आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।

भुटानी शरणार्थी शिविर स्थापना कालदेखि बेलडाँगी–१ स्थित ग्रीन भ्याली एकेडेमीमा लामो समय प्रधानाध्यापकका रूपमा सेवा गर्नुभएका कार्यक्रमका प्रमुख अतिथि एनपी कोइरालाले शिक्षा जीवनभर सिक्ने र सिकाउने निरन्तर प्रक्रिया भएको बताउनुभयो। उहाँले वर्तमान तथा भावी विद्यार्थी, अभिभावक, GBLO र GEP टोलीप्रति आभार व्यक्त गर्नुभयो।

कार्यक्रममा पूर्वविद्यार्थी ईसान धितालले नेपाली भाषामै मन्तव्य राख्नुभएको थियो। छ वर्षीया विद्यार्थी कृयाना फूयालले प्रस्तुत गरेको विशेष प्रस्तुतिले सहभागीहरूको ध्यान आकर्षित गरेको थियो।

कार्यक्रमको सभापतित्व GBLO का संस्थापक अध्यक्ष, GEP का प्रमुख संस्थापक तथा स्वीकारोक्ति दर्शनका प्रतिपादक डेन्जोम साम्पाङले गर्नुभएको थियो। उहाँले, “भाषिक एकताभन्दा ठूलो शक्ति अन्त कतै हुन सक्दैन भन्ने उदाहरण हामी नै हौँ,” भन्दै कार्यक्रममा सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो।

आयोजकहरूले आगामी सत्रलाई अझ प्रभावकारी, व्यवस्थित तथा प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिबद्धता जनाएका छन्। साथै, अभिभावकहरूलाई आफ्ना बालबालिकालाई सन् २०२६–२७ को नयाँ सत्रका लागि समयमै दर्ता गराउन आह्वान गरिएको छ।

पुरा समचार ः- www.Globalpostinfo.us
साभार ः-ग्लोवलपोस्ट समचार अर्जुन प्रधान

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति
08/01/2026

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

-राम प्रसाद अधिकारी , टेक्सास | टेक्सासको डालस अर्भिंग शहरमा आयोजना हुन लागेको मोमो फेस्टिभल २०२६

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न
07/31/2026

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

हरेक वर्ष तीजको अवसर पारेर सांगीतिक कोशेली प्रस्तुत गर्दै आएको रिपोर्टर्स क्लब अमेरिका ले यस वर

07/17/2026

Svikarokti Future Leaders 5 Days Training.
Dr. Ashok Gurung is presenting about Mental Health AwarenessArzun Pradhan

फिफा विश्वकपको माहोल संसारभरि छ। ⚽यता नेपालको राष्ट्रिय गौरव दशरथ रंगशाला भने हेर्दा फुटबल मैदानभन्दा गाई चराउने चौर जस्...
07/15/2026

फिफा विश्वकपको माहोल संसारभरि छ। ⚽

यता नेपालको राष्ट्रिय गौरव दशरथ रंगशाला भने हेर्दा फुटबल मैदानभन्दा गाई चराउने चौर जस्तो देखिनु दुःखद् छ।

खेलकुदको विकासको कुरा गर्ने हामीले सबैभन्दा पहिले राष्ट्रिय रंगशालाको अवस्था सुधार्नुपर्छ। सम्बन्धित निकाय र नेतृत्व, विशेषगरी बालेन सरकारको यस विषयमा धारणा र योजना के छ?

राष्ट्रिय रंगशाला देशको पहिचान हो। यसको संरक्षण र स्तरोन्नति सबैको साझा जिम्मेवारी हो।

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल
07/04/2026

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

अमेरिका। अमेरिकामा बसोबास गर्दै आएकी गीता राई रसाइली गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गरिरहे

विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ
06/04/2026

विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले आफ्नो संगठनात्मक सञ्जाललाई अन्तर्राष्ट्रिय स्तरमा विस�

नेपाली समाज टेक्सस द्वारा आयोजित क्रिकेट प्रतियोगिता सुरु! क्रिकेटप्रेमी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस...
05/24/2026

नेपाली समाज टेक्सस द्वारा आयोजित क्रिकेट प्रतियोगिता सुरु!

क्रिकेटप्रेमी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई खेलाडीहरूलाई हौसला प्रदान गरिदिन हार्दिक निमन्त्रणा।

स्थान:
318 N Bagdad Road
Grand Prairie, Texas 75050

आउनुहोस्, खेलसँगै नेपाली एकता र उत्साहलाई अझ बलियो बनाऔं।

एउटा लेख
05/02/2026

एउटा लेख

सन् १९९० को दशकदेखि जारी जातीय भेदभावले भुटानमै रहेका हजारौँ नेपाली मूलका ल्होत्साम्पा अझै पनि नागरिकता, जमिन स्...

Address

4067 N Beltline Road
Irving, TX
75038

Alerts

Be the first to know and let us send you an email when Reporters Club America posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Reporters Club America:

Shortcuts

Share

Category