02/14/2026
पर्यटकीय सहर पोखराबाट संघीय संसद भवनसम्मको यात्रा केवल भौगोलिक मात्र होइन, यो नयाँ सोच, पोखरेलीको विवेक र चेतनाको यात्रा पनि हुनेछ — पत्रकारिताको कलमबाट राजनीतिमा जिम्मेवारी बोक्ने यात्रासम्म।
मिडिया तथा सामाजिक क्षेत्रमा काम गर्दै उहाँले समाजका मौन पीडाहरू सुन्नुभयो, हाँस्न नसकेका अनुहारहरू देख्नुभयो र ती अनुभूतिहरूलाई शब्दमा रूपान्तरण गर्दै समाजसँग आँखा जुधाउनुभयो। पीडितको आवाजलाई शब्द दिने उहाँको पत्रकारिता हामी सबैका लागि परिचित र सम्मानयोग्य छ।
पार्टीको स्थापनाकालदेखि नै जिम्मेवारीमा रही सधैं पर्दा पछाडि बसेर निस्वार्थ रूपमा योगदान दिँदै आउनुभएका उत्तमप्रसाद पौडेल सशक्त युवा नेतृत्वका प्रतीक हुनुहुन्छ। पारदर्शी नीति, उत्तरदायी नेतृत्व र सार्थक परिवर्तनका लागि आदरणीय कास्कीवासी दाजुभाइ तथा दिदीबहिनीहरू, घण्टी चिन्हमा भोट दिनुहोस्।
प्रतिनिधि सभा सदस्य उम्मेदवार, कास्की क्षेत्र नं. २ बाट उत्तमप्रसाद पौडेललाई विजयी बनाऔं।
कम राजनीति, बढी काम।