Khajuri.com

Khajuri.com ख़जुरी मे अपनेके स्वागत अछि। खजुरी मे भरहल समपुर्ण बातक जानकारी आब अपने फ़ेसबुक मार्फ़त पा सकैत छी।

Khajuri is a village situated in Dhanusa District in the Janakpur Zone of south- eastern Nepal. At the time of the 1991 Nepal census it had a population of 5,215 persons living in 965 individual households. Khajuri is served by Khajuri
railway station of Nepal Railways .

श्री मधेश न्यूज नेटवर्क प्रा.लि जनकपुरधाम,धनुषा द्वारा सञ्चालित Khajuri.com डिजिटल अनलाइन पत्रिका हो ।

सम्पर्क : 9807749000
ईमेल : [email protected]

09/04/2025

BREAKING NEWS!!

Facebook, Messenger, Instagram, YouTube, Whats App, Twitter जस्ता सूचीकरण नभएका सामाजिक सञ्जालहरू आजैदेखि बन्द गर्ने सरकारको निर्णय!!

साक्षरता दर सबैभन्दा कम मधेशमा... जय हो मधेसी नेताहरु। सबैभन्दा बढी साक्षरता दर बागमती प्रदेशमा ८२ प्रतिशत रहेको छ । कोश...
09/04/2025

साक्षरता दर सबैभन्दा कम मधेशमा... जय हो मधेसी नेताहरु।

सबैभन्दा बढी साक्षरता दर बागमती प्रदेशमा ८२ प्रतिशत रहेको छ । कोशी ७९.७ प्रतिशत, गण्डकीमा ८१.७ प्रतिशत, लुम्बिनीमा ७८.१ प्रतिशत, कर्णाली ७६.१ प्रतिशत र सुदूरपश्चिममा ७६.२ प्रतिशत साक्षरता दर रहेको छ । मधेश प्रदेशमा साक्षरता दर मात्रै ६३.५ प्रतिशत रहेको छ । अर्थात १०० मधेसी मध्ये ६३ जना मात्रै साक्षर छन।

शिक्षा तथा मानव स्रोत विकासक केन्द्रका अनुसार हालसम्म ६७ वटा जिल्ला साक्षर घोषणा भएको छ । १० जिल्लाको घोषणा गर्न बाँकी छ — सप्तरी, सिरहा‚ धनुषा, महोत्तरी‚ सर्लाही‚ रौतहट‚ बारा‚ पर्सा, कालीकोट र डोल्पा।

08/18/2025

हिजो खजुरीमा लागेको श्रीकृष्ण जन्माष्ठमी मेलाको एक झलक...

यसपालिको श्रीकृष्ण जन्माष्ठमी उत्सव का केही दृश्य हरु...
08/18/2025

यसपालिको श्रीकृष्ण जन्माष्ठमी उत्सव का केही दृश्य हरु...

पहिलो Khajuri Premier League को ट्रफी बल्हा को नाम मा। खजुरीलाइ २ विकेट ले हराउँदै बल्हाले यसपालिको क्रीकेट टुर्नामेन्ट ...
07/27/2025

पहिलो Khajuri Premier League को ट्रफी बल्हा को नाम मा।

खजुरीलाइ २ विकेट ले हराउँदै बल्हाले यसपालिको क्रीकेट टुर्नामेन्ट जितेको छ। सफलता पुर्वक KPL आयोजना गर्ने युवाहरु र सहभागी सम्पुर्ण टिम र खेलाडीहरुलाई बधाई।

समाजिक सुरक्षा भत्ता परिचय पत्र नविकरण गर्ने सम्बन्धि सूचना... खजुरी चन्हाका समाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पुर्ण...
07/18/2025

समाजिक सुरक्षा भत्ता परिचय पत्र नविकरण गर्ने सम्बन्धि सूचना...

खजुरी चन्हाका समाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पुर्ण लाभग्राहीहरुले श्रावण १ गतेदेखी भदौ ३१ गते सम्म वडा कार्यालयमा गइ आ-आफ्नो Biometric Verification गराउनु होला।

07/12/2025

वर्षै पिच्छे लाइटको बजेट, गाउँ भने अन्ध्यारै

एउटा भाइले पठाएको यो भिडियो खजुरी बजार जाने मैन बाटोको हो। खजुरीका वडा अध्यक्ष दिलिप यादव ज्युले गाउँ भरिका लाइटिङ्को भार जनकपुरको कुनै ठेकेदारलाई दिएको तर बिजुली व्यवस्थापन गर्न नसक्दा गाउँका अधिकांस सडक र गल्ली हरु रातमा देखि नसक्ने भएका छन।

लगाउने बल्बहरु 3rd ग्रेडको भएकोले हप्ता र महिनाभन्दा बढी टिक्दैनन। आवस्यक भएको पोलमा बल नलगाएर पहिल्लै देखि रहेको पोलमा फेरि बल्ब लगाइ त्यता मात्रै उज्यालो पार्ने र सधैदेखी अध्यारो रहेको ठाउँका पोलहरुलाइ त्यतिकै छाडदिने गरिएको छ। गाउँको मेन रोडको बाटो यस्तो देखिन्छ भने गाउँभित्रका बाटो र गल्लीहरुको अवस्था कस्तो होला अनुमान लगाउन सकिन्छ।

07/02/2025

पूरा खजुरी गाउँकै मटकोर हुने बजार स्थित श्री लक्ष्मी नारायण मन्दिरको पोखरीलाई सफा र व्यस्थित गर्नुपर्यो हजुर.. अँध्यारो बढी भएकोले एउटा लाइट लगाउनु पर्यो। फोहोर र जङ्गललाई हटाइ पोखरी जाने बाटो चिटिक्क पार्नुपर्यो। यो देवी देवताको पोखरी हो!

पेट्रोल ५ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ४ रुपैयाँले बढ्यो... अब जनकपुरमा कायम भएको नयाँ दर: पेट्रोल — १६२.५० रुपैय...
06/30/2025

पेट्रोल ५ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ४ रुपैयाँले बढ्यो...

अब जनकपुरमा कायम भएको नयाँ दर:

पेट्रोल — १६२.५० रुपैयाँ

डिजेल/ मट्टीतेल — १४६.५० रुपैयाँ.

खजुरीको एक मात्रै सार्वजनिक पुस्तकालय वर्षौं देखि बन्द, समिति र सरकारको चासो शुन्य... जनकनन्दिनी गाउँपालिका वडा न.४ खजुर...
06/30/2025

खजुरीको एक मात्रै सार्वजनिक पुस्तकालय वर्षौं देखि बन्द, समिति र सरकारको चासो शुन्य...

जनकनन्दिनी गाउँपालिका वडा न.४ खजुरीको वडा कार्यालय स्थित श्री जगन्नाथ जनहित पुस्तकालय लामो समयदेखि पुर्णरुपमा बन्द अवस्थामा रहेको छ। एक समय गाउँको बालबालिका देखि युवा सम्मका शिक्षाको केन्द्र मानिएको यो पुस्तकालय अहिले पुस्तक र संरक्षण बिना धुलो खाइरहेको छ। वि.स. २०२६ मा स्थापना भएको पुस्तकालय आज एक भवन मा मात्रै सिमित रहेको छ।

पुस्तकालयका अध्यक्ष, कोषाध्यक्ष, सचिव तथा अन्य सदस्यहरुमध्ये कसैले पनि यसलाई पुनः सन्चालन गर्ने सक्रिय पहल वा चासो देखाएको छैन। वडा अध्यक्ष जी अनावश्यक कामहरु नै गर्नमा व्यस्त भएकोले आफ्नै घर र कार्यालय नजिकैको पुस्तकालय माथी ध्यानै दिदैनन। गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष जी चाहिँ हरेक वर्ष "हरेक वडा मा एक पुस्तकालय स्थापना गर्ने" योजना ल्याउछन तर स्थापित र जिर्ण अवस्थामा रहेको पुस्तकालयलाई पुनः सुचारु र संरक्षण गर्न केही नगरेको देखिन्छ।

गाउँमा पढ्ने वातावरण त्यसै पनि रहेन, तर पढ्ने युवाहरुले पुस्तकालय बन्द भेट्नु दुर्भाग्यपूर्ण नै हो। शिक्षाको विकास लाई भवन निर्माण सम्म मात्रै बुझ्ने नेताजी हरुलाइ हाम्रो अनुरोध: यदि तपाई केही राम्रो गर्न सक्नु हुन्न भने कमसेकम राम्रो रहेकोलाइ संरक्षित र व्यवस्थित गर्नुस। त्यति त गर्न सक्नु हुन्छ, हैन?

06/30/2025

नेताजी हरु, संरचनात्मक विकास को सोचबाट माथी उठ्नुस।

शिक्षाको विकास भनेको चार वटा कक्षा कोठा र मन्दिर बनाउनु होइन। स्वास्थ चौकी लाई मात्रै "pregnancy hospital" मा सिमित नगर्नुस।

जनताको आक्रोश र बिरोध बिपरित जबरजस्ती रातारात बजार सेट बनाउदै  खजुरीका वडा अध्यक्ष दिलिप यादव... जनताको चाहना विरुद्ध जन...
06/29/2025

जनताको आक्रोश र बिरोध बिपरित जबरजस्ती रातारात बजार सेट बनाउदै खजुरीका वडा अध्यक्ष दिलिप यादव...

जनताको चाहना विरुद्ध जनकनन्दिनी गाउँपालिका - ४ का वडा अध्यक्ष दिलिप यादव जी ले मिलन चौकमा बजार सेट बनाइरहेका छन। बिना कसैलाई जानकारी दिइ, बिना कुनै सर्वदलीय बैठक बसाइ, त्यहाँ बस्नेहरुको सहमति बिनै आफ्नो पावरको गलत प्रयोग गरि यादव जी ले बजार सेट बनाउन लागेको हो।

चन्हा र मिलन चौकका बासिन्दाहरुले बिरोध गरेपछी जबरजस्ती रातारात काम गरिदैछ। नत कार्ययोजनाको होर्डिङ बोर्ड देखिन्छ न कसैलाई यसको बजेटको बारेमा थाहा छ। मिलनचौकबालाहरुले व्यापार गर्नको लागि सटर बनाउन माग गरिरहे पनि मनपरि ढंगले अनावश्यक बजार सेट बनाएर यादव जीले जनताको विश्वास तोडेको हो। बिना कुनै दीर्घकालीन भिजन, जनताको चाहनालाई बेबास्ता गर्दै अनावश्यक रुपमा सरकारी बजेटको दुरुपयोग मात्रै भैरहेको देखिन्छ।

Address

Khajuri Chanha
Khajuri Chanha
45600`

Website

Alerts

Be the first to know and let us send you an email when Khajuri.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khajuri.com:

Share

Our Story

Khajuri is a village situated in Dhanusa District in the Janakpur Zone of south- eastern Nepal. At the time of the 1991 Nepal census it had a population of 5,215 persons living in 965 individual households. Khajuri is served by Khajuri railway station of Nepal Railways .