11/03/2025
रास्वपा सभापति रवि लामिछानेलाई जेन जी आन्दोलनका बेला जेलबाट भगाएको भनिएको पत्रबारे नयाँ तथ्य खुलेको छ। नख्खु कारागार प्रमुख सत्यराज जोशीले कारागार जलाउने जेन जीको धम्कीका कारण कसैको दबाबविना आफूले विवश भएर हस्ताक्षर गरेको स्वीकार गरेपछि यो प्रकरणमा रवि निर्दोष प्रमाणित भएका छन्। जाँचबुझ आयोगमा जोशीले ज्यानको डरकै कारण पत्रको व्यहोरा नहेरी हस्ताक्षर गरेको बयान दिएका हुन्। रवि छुटेपछि उनीमाथि सेटिङमा बाहिर निस्किएको भन्दै मिडिया ट्रायल नै भएको थियो जुनकुरा अहिले आएर पुष्टि भएको छ ।