03/28/2026
बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि १०० वटा कार्यसूची सार्वजनिक गरेको छ | मन्त्रिपरिषद्को पहिलो बैठकले कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको थियो ।
मुख्य बुँदाहरू
१) शासन सुधार र जवाफदेहिता
• सरकारलाई नतिजामुखी (result-based) र प्रभावकारी बनाउने।
• सबै मन्त्रालयले समयसीमा र KPI सहित योजना बनाउने।
• संविधान र जनादेश अनुसार नीति कार्यान्वयन गर्ने।
२) समावेशिता र सामाजिक न्याय
• दलित तथा बहिष्कृत समुदायमाथि भएको अन्यायको औपचारिक स्वीकार र सुधार कार्यक्रम।
• आन्दोलन पीडितलाई रोजगार, सीप, राहत र पुनर्स्थापना।
• घटनाहरूको छानबिन र दोषीलाई कारबाही।
३)प्रशासनिक सुधार
• मन्त्रालय संख्या घटाएर १७ मा सीमित गर्ने।
• अनावश्यक बोर्ड/समिति खारेज वा पुनर्संरचना।
• प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने।
• कर्मचारीलाई उत्तरदायी र सेवामुखी बनाउने।
४) सार्वजनिक सेवा सुधार
• नागरिकलाई सेवा लिन एकै ठाउँ (Service Center) बाट सुविधा।
• नागरिकता, पासपोर्ट आदि सेवा डिजिटल र छिटो बनाउने।
• २४ घण्टे गुनासो प्रणाली सञ्चालन।
• सरकारी कागजात घरमै डेलिभरी (Courier Service)।
५)डिजिटल शासन (E-Governance)
• सबै सेवा डिजिटल, ट्र्याकिङयोग्य र पारदर्शी बनाउने।
• “एक पटक डेटा दिनु, सबै ठाउँमा प्रयोग” नीति।
• National Digital Platform स्थापना।
• डिजिटल हस्ताक्षर, एप, अनलाइन आवेदन विस्तार।
६)भ्रष्टाचार नियन्त्रण
• उच्चस्तरीय सम्पत्ति छानबिन समिति गठन।
• सम्पूर्ण वित्तीय गतिविधि ट्र्याक गर्ने Digital Asset Registry।
• Whistleblower Protection र पारदर्शिता नीति लागू।
७)सार्वजनिक खरिद र परियोजना सुधार
• खरिद प्रक्रिया डिजिटल र पारदर्शी बनाउने।
• ठूला परियोजनामा Fast Track System लागू।
• E-procurement tracking system सुरु।
८) लगानी र निजी क्षेत्र प्रवर्द्धन
• व्यवसाय दर्ता छिटो (२ दिनभित्र) र सजिलो बनाउने।
• One Door Approval System लागू।
• SME, IT, कृषि क्षेत्रमा ऋण सहजता।
• निजी क्षेत्रको सुरक्षा र प्रोत्साहन नीति।
९)पर्यटन र आर्थिक विकास
• नयाँ पर्यटन क्षेत्र विकास (हिमाल, ट्रेकिङ आदि)।
• नेपाललाई Wellness Tourism Hub बनाउने।
• “Nepal Wellness Year 2027” मनाउने योजना।
१०) ऊर्जा र पूर्वाधार
• ऊर्जा निर्यात नीति र विद्युत् विकास तीव्र गर्ने।
• PPA र अनुमति छिटो निर्णय।
• खानेपानी र जलस्रोतमा एकीकृत व्यवस्थापन।