Nagariksewa

Nagariksewa सत्यतथ्य सूचना र निष्पक्षताको पहरेदार !! www.nagariksewa.com
🇳🇵🇳🇵

जेनजी आन्दोलनमा घाइतेलाई बाइकमा अस्पताल लगेर चर्चामा आएकी किशोरी कार्कीले ओखलढुंगाबाट चुनाब लड्ने घोषणा गरेकी छिन् । उनल...
12/02/2025

जेनजी आन्दोलनमा घाइतेलाई बाइकमा अस्पताल लगेर चर्चामा आएकी किशोरी कार्कीले ओखलढुंगाबाट चुनाब लड्ने घोषणा गरेकी छिन् । उनले आफ्नै पार्टी समेत खोलेकी छिन् ।

राजधानीमा आयोजित एक अन्तर्क्रियामा सरोकारवालाहरूले खुला स्थानको संरक्षण अब ‘विकल्प’ नभएर ‘अपरिहार्य आवश्यकता’ भइसकेको नि...
12/01/2025

राजधानीमा आयोजित एक अन्तर्क्रियामा सरोकारवालाहरूले खुला स्थानको संरक्षण अब ‘विकल्प’ नभएर ‘अपरिहार्य आवश्यकता’ भइसकेको निष्कर्ष निकालेका छन्।

 काठमाडौं । काठमाडौंको आकाशजस्तै साँघुरिँदै गएको छ, जमिन अझै छिटो। गगनचुम्बी भवन, सिमेन्टका जंगल र अव्यवस्थित सह...

पर्यटक आगमन मासिक औसत ९६ हजार ३८८, भारतीय र चिनियाँ घट्दै !
12/01/2025

पर्यटक आगमन मासिक औसत ९६ हजार ३८८, भारतीय र चिनियाँ घट्दै !

काठमाडौं । सन् २०२५ को ११ महिना (जनवरी–नोभेम्बर)को अवधिमा मासिक पर्यटक आगमन ९६ हजार ३ सय ८८ रहेको पाइएको छ ।

अन्तिम पल्ट बुबाको खुट्टा ढोगेर बुवाको बिदाइ गर्दै बालेन
12/01/2025

अन्तिम पल्ट बुबाको खुट्टा ढोगेर बुवाको बिदाइ गर्दै बालेन

काठमाडौंका मेयर बालेन शाहका बुवाको निधन ! दिवंगत पिता डा. रामनारायण शाहको शव सिभिल अस्पतालबाट आर्यघाटतिर लगिँदै !!
12/01/2025

काठमाडौंका मेयर बालेन शाहका बुवाको निधन !
दिवंगत पिता डा. रामनारायण शाहको शव सिभिल अस्पतालबाट आर्यघाटतिर लगिँदै !!

कुलमान घिसिङले बालेनसँगकाे फाेटाे राखेर भने - देश बनाउने अभियानमा हामीसँगै छौँ।उज्यालो नेपाल पार्टी खोलेर राजनीतिमा होमि...
11/30/2025

कुलमान घिसिङले बालेनसँगकाे फाेटाे राखेर भने - देश बनाउने अभियानमा हामीसँगै छौँ।
उज्यालो नेपाल पार्टी खोलेर राजनीतिमा होमिएका कुलमान घिसिङले काठमाडौं महानगरका मेयर बालेन शाहसँग भेटवार्ता गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेका छन्।

नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ ।
11/30/2025

नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ ।

11/30/2025

केपी ओलीको विरोधी भन्दै एमाले नेता कर्ण थापालाई ओली निकटले गरे पार्टी अफिसमै दुर्व्यहार: मौन देखिए ओली !

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गर...
11/30/2025

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ।

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ...

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न ११औँ महाधिवेशनमा नेतृत्व चयन खुला प्रतिस्पर्धामार्फत हुने स्पष्ट गरेका छन...
11/30/2025

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न ११औँ महाधिवेशनमा नेतृत्व चयन खुला प्रतिस्पर्धामार्फत हुने स्पष्ट गरेका छन्। आइतबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा महाधिवेशनको लोगो सार्वजनिक गर्दै उनले भावनात्मक दबाबका नाममा सर्वसम्मति थोपर्ने अभ्यास अब नदोहोऱ्याइने बताए।
ओलीका अनुसार महाधिवेशनमा कसैलाई रोक्ने, मतदान हुन नदिने वा प्रतिस्पर्धाबाट पछाडि हटाउन दबाब सिर्जना गर्ने वातावरण रहने छैन। उनले भने, “महाधिवेशनमा मतदान हुन्छ। कसैलाई रोकिँदैन, जसले चाह्यो प्रतिस्पर्धा गर्न पाउँछ।”
अध्यक्ष ओलीले सहमति हुन सके राम्रो हुने तर सहमतिका नाममा एक पक्षलाई निर्वाचित हुनै नदिने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट संकेत दिए। उनले नेताहरूलाई एकअर्कामाथि व्यक्तिगत टिप्पणी, बदनामी र अपमानजनक अभिव्यक्ति नदिन आग्रह गर्दै, “एमालेमा सम्मानजनक राजनीतिक संस्कृतिको विकास गरौं,” भने।
ओलीले पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउँदै स्वस्थ प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने बताए। महाधिवेशनमा नेतृत्व परिवर्तन वा निरन्तरताको विषय खुला प्रतिस्पर्धाबाटै टुंगिने स्पष्ट गरिंदै, उनले सबैलाई एकताबद्ध भएर अघि बढ्न अपिल गरे।

वैकल्पिक सत्ता केन्द्रका रूपमा अगाडि बढिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टी आज औपचारिक रूप...
11/30/2025

वैकल्पिक सत्ता केन्द्रका रूपमा अगाडि बढिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टी आज औपचारिक रूपमा एक हुने भएका छन्। दुवै दलबीचको एकता घोषणा दिउँसो २ बजे राष्ट्रिय सभागृहमा हुँदैछ।
१३ वर्षअघि विवेकशील अभियानबाट जन्मिएको विवेकशील साझा र ४० महिनाअघि गठन भएको रास्वपा लोकतान्त्रिक चरित्रको वैकल्पिक शक्ति निर्माण गर्ने लक्ष्यसहित एउटै प्लेटफर्ममा जुटेका हुन्।
पार्टीको नाम, चिन्ह र नेतृत्व रास्वपाकै रहने गरी विवेकशील साझाले नि:शर्त सहमति जनाएको छ। रवि लामिछाने जेलमा रहेकाले हाल डीपी अर्यालले रास्वपाको नेतृत्व सम्हालेका छन् भने विवेकशील साझा अध्यक्ष समीक्षा बास्कोटा र महासचिव रञ्जु दर्शनाले एकतालाई अघि बढाएका छन्।
स्वर्णिम वाग्ले र दिवंगत उज्ज्वल थापा बीचको पुरानो निकटता, पाँच चरणको संवाद र वैकल्पिक राजनीतिप्रतिको समान दृष्टिले दुवै दल एकतापर्यन्त पुगेका हुन्। विवेकशील साझाले आजको समारोहमा आफ्नो विपत कोषमा रहेको ३३ लाख रुपैयाँ पनि रास्वपालाई हस्तान्तरण गर्नेछ।
दुवै पक्षले यो एकतालाई वैकल्पिक राजनीतिक शक्तिको ध्रुवीकरणको नयाँ अध्याय भएको बताएका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी महाधिवेशन ढिलाइ भएकै कारण आफूले सभापति पद छाड्न नपाएको बताएका छन्। शनि...
11/30/2025

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी महाधिवेशन ढिलाइ भएकै कारण आफूले सभापति पद छाड्न नपाएको बताएका छन्। शनिबार देउवा निवास बुढानीलकण्ठमा भएको छलफलमा उनले नेताहरूलाई सीधै प्रश्न गरेका थिए—“म छोड्छु भनेको मान्छेलाई तपाईंहरूले किन छाड्न दिइरहनुभएको छैन?”
देउवाका अनुसार आफूले असोज २८ गते उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक बनाउनुको मुख्य कारण मंसिरमै नियमित महाधिवेशन गर्न खोजेको थियो। तर नेताहरूको ढिलासुस्तीले कार्यसमितिको म्याद थप्न बाध्य भएको उनले दुखेसो व्यक्त गरे।
छलफलमा सहभागी एक पदाधिकारीका अनुसार देउवाले भने, “मैले त मंसिरमै १५औँ महाधिवेशन गर्न भनेको हो। तपाईंहरू नै नगरेर अब म्याद थप्नुपर्ने भयो। म त महाधिवेशनबाटै छोड्ने मान्छे, तपाईंहरू नै सभापति बन्नेहरूलाई किन महाधिवेशन नचाहिएको हो?”
देउवा र कार्यवाहक सभापति खड्का पछिल्ला तीन दिनदेखि नेताहरूसँग निरन्तर परामर्शमा छन्। शनिबारको छलफलमा पुस अन्तिम साताभित्र नियमित महाधिवेशन गर्ने प्रस्तावमा प्रारम्भिक सहमति बनेको बताइएको छ।
तर पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले देउवाकै अगाडि उक्त प्रस्ताव अस्वीकार गरे। उनीहरू चुनावअघि महाधिवेशन गर्न नसकिने पक्षमा छन्।
निधि–सिटौलाको असहमतिपछि आइतबार बोलाइएका केन्द्रीय समिति बैठक पनि मंसिर १५ मा सारिएको छ। देउवाले भने आम चुनावमा जाने निर्णय भइसकेकाले पार्टी एकताबद्ध भएर महाधिवेशन पुसभित्रै सक्नुपर्ने धारणा राखेका छन्।
देउवाको भनाइमा—“तिथिमिति टुंग्याऊँ, क्रियाशील सदस्यतादेखि सबै तयारी फास्ट ट्र्याकमा गरौँ। अब झगडा गर्दै समय गुमाउने अवस्था छैन।”
कांग्रेसभित्र पछिल्ला दिनमा बढ्दै गएको महाधिवेशन वि'वादले नेतृत्व तहमा थप असन्तोष र मतभेद सतहमा आएको देखिन्छ।

Address

1405 Alberta Drive, Dirtrict Heights
Maryland City, MD
20747

Alerts

Be the first to know and let us send you an email when Nagariksewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nagariksewa:

Share