Urlabarinews.com

Urlabarinews.com बक्राह पोष्ट मिडिया एण्ड रिसर्च सेन्टर द्वारा सञ्चालित

गुड नाइट उर्लाबारीउर्लाबारी हाट खोलामा जडान गरिएका झिली–मिली बत्तीले रातलाई झन् रमाइलो बनाएको छ । 🌌💡  🤝
09/29/2025

गुड नाइट उर्लाबारी
उर्लाबारी हाट खोलामा जडान गरिएका झिली–मिली बत्तीले रातलाई झन् रमाइलो बनाएको छ । 🌌💡
🤝

निर्माणाधीन बसपार्क टर्मिनल भवनको अनुगमन । उर्लाबारी / उर्लाबारी बसपार्क निर्माणाधिन टर्मिनल भवनको इन्जिनियर र प्राविधिक...
09/29/2025

निर्माणाधीन बसपार्क टर्मिनल भवनको अनुगमन ।
उर्लाबारी / उर्लाबारी बसपार्क निर्माणाधिन टर्मिनल भवनको इन्जिनियर र प्राविधिकसहितको टोलीसंगै अनुगमन गर्नु हुँदै उर्लाबारी नगर प्रमुख तथा उपप्रमुख ।
उर्लाबारी ६ स्थित हाल शुक्रबारे बजार लाग्दै आएको एक बिगाहा १३ कठ्ठा क्षेत्रफलमा बसपार्क निर्माण कार्य भइरहेको छ । आयोजना अन्तर्गत टर्मिनल भवन, रनवे, सपोर्टवाल, ड्रेन, मुख्य राजमार्गदेखि बसपार्क जोड्ने कालोपत्रे पहुँचमार्ग, स्थानीय तथा लामो दूरीका सवारी साधनका लागि पार्किङ क्षेत्र, प्रतीक्षालय, लगायतका पूर्वाधार निर्माणको काम हुनेछन् । नगर प्रमुख गंगाप्रसाद खरेलले नगरको सौन्दर्यीकरण र समग्र यातायात व्यवस्थापनका लागि यो आयोजना ‘गौरवको आयोजना’का रूपमा अघि बढाइएको बताउनुभयो । नगर उपप्रमुख मीना खतिवडा पौडेलले विकास निर्माणमा विनियोजन गरिएको रकम सहि तरिकाले सदुपयोग होस्, गुणस्तरीय काम होस् भन्ने उद्देश्यले अनुगमनलाई तीब्रता दिएको उपमेयर पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसरी हरेक क्षेत्रको काम हुँदै गर्दा अनुगमन गरेपछि काम गुणस्तरीय हुने र केही कमी कमजोरी भएमा तत्काल सुधार गर्न सकिन्छ ।’

09/29/2025

दशैँको समयमा राजमार्गहरु अवरोध हुँदा आन्तरिक हवाई यात्रा गर्ने यात्रुहरूको संख्या ह्वात्तै बढेको छ । जसका कारण टिकट बुकिङमा उच्च माग देखिएको छ ।

09/29/2025

बलिदान’ले जेनजी आन्दोलनको भावनालाई प्रतिनिधित्व गरेको छ
#बलिदान

दशैँमा पिङ खेल्दै, रमाउँदै (तस्बिरहरु)
09/29/2025

दशैँमा पिङ खेल्दै, रमाउँदै (तस्बिरहरु)

आज घर घरमा फूलपाती भित्र्याइँदै प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर ...
09/29/2025

आज घर घरमा फूलपाती भित्र्याइँदै

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।

दशैं नजिकिँदै गर्दा राजधानी काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको चाप दिनप्रतिदिन बढ्दो छ। भक्तपुरको जगातेमा पूर्वतर्फ ज...
09/29/2025

दशैं नजिकिँदै गर्दा राजधानी काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको चाप दिनप्रतिदिन बढ्दो छ। भक्तपुरको जगातेमा पूर्वतर्फ जान चाहने यात्रुहरू सार्वजनिक यातायात कुरेर पर्खिरहेका छन्। दशैंको समयमा सवारी चाप अत्यधिक हुने गरेकाे छ। अत्यधिक यात्रु चापका कारण धेरैले बिहानदेखि बेलुकासम्म गाडी कुर्नुपर्ने अवस्था दशैंमा सिर्जना हुने गरेकाे छ । घर–परिवारसँग चाडपर्व मनाउने चाहनाले भरिएका अनुहारहरू आफ्नो गन्तव्यतिर जानको लागि गाडि पर्खिरहेका छन्।

09/29/2025

बडादशैँमा काठमाडौं छाड्नेको चाप, कोटेश्वर–जडीबुटी सडक खचाखच

विजयादशमी नजिकिएसँगै काठमाडौं छाडेर घर फर्किनेहरुको ठूलो चहलपहल छ । गोंगबु बसपार्क, कलंकी, कोटेश्वर, जडिबुटी क्षेत्रमा ब...
09/29/2025

विजयादशमी नजिकिएसँगै काठमाडौं छाडेर घर फर्किनेहरुको ठूलो चहलपहल छ । गोंगबु बसपार्क, कलंकी, कोटेश्वर, जडिबुटी क्षेत्रमा बस कुर्नेहरूको भीड लागेको छ । काठमाडौं छाडेर आफ्नो आफ्नो गन्तव्यतिर लाग्ने सवारी साधनको चापका कारण बिहानैदेखि पूर्वतर्फ जाने सवारी र यात्रुको चापले कोटेश्वर, जडिबुटी सडकमा गाडीको लाम लागेको छ ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीले छापा हानेको छ।😮  🤝
09/28/2025

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीले छापा हानेको छ।😮 🤝

मुख्य सल्लाहकारमा नियुक्त खनाल पत्रकार समेत हुन् । सुशासन र प्रजातन्त्र सम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थ...
09/28/2025

मुख्य सल्लाहकारमा नियुक्त खनाल पत्रकार समेत हुन् । सुशासन र प्रजातन्त्र सम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुमा काम गरेका खनाल दि हिमालयन टाइम्सका पूर्व प्रधान सम्पदक हुन् । त्यस्तै जनसम्पर्क सल्लाहकारमा नियुक्त तिमल्सिना विवेकशील साझा पार्टीका संस्थापक उज्वल थापाको स्मृतिमा स्थापित फाउण्डेशका उपाध्यक्ष हुन् ।

चाडपर्वको माहोल र  उर्लाबारी दशैं तिहार नजिकिएसँगै बजारमा रौनक छाएको छ।मानिसहरू सपिङ्गमा व्यस्त छन्दसैंको सपिङ्ग गर्नुभय...
09/28/2025

चाडपर्वको माहोल र उर्लाबारी
दशैं तिहार नजिकिएसँगै बजारमा रौनक छाएको छ।
मानिसहरू सपिङ्गमा व्यस्त छन्

दसैंको सपिङ्ग गर्नुभयो त..?

तस्बिर:- अनुप ढकाल

Address

Urlabari Morang
Morang Corner, ME
00977

Telephone

9800912546

Website

Alerts

Be the first to know and let us send you an email when Urlabarinews.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share