TV Sunday

TV Sunday Watch TV Sunday for exclusive coverage of world cinema,culture,music, tourism, sports, and small business.

News from Romania FIJET Americas
09/01/2026

News from Romania FIJET Americas

Lasi, Romania, On a summer afternoon filled with history, culture and international attention, Iași added a prestigious distinction to its growing tourism profile: the **“Golden Apple” Trophy**, awarded by the International Federation of Travel Journalists and Writers (FIJET). The award was pre...

'' चितवनमा ३२१ शव फेला, २८० बेवारिसे शव व्यवस्थापन '' #रसुवामा  आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितव...
09/01/2026

'' चितवनमा ३२१ शव फेला, २८० बेवारिसे शव व्यवस्थापन ''
#रसुवामा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवन पुगेका ३२१ शव फेला परेका छन् । चितवन प्रहरीले जनाए अनुसार तीमध्ये १२ शवको मात्रै पहिचान खुलेको छ । पहिचान हुन नसकेका शव मध्ये सोमबार थप ८१ सहित हालसम्म २८० शव देवघाट क्षेत्रमा व्यवस्थापन गरिएको छ । शवको भविष्य मा पहिचान गर्न सहज होस् भनेर डीएनए नमुना सुरक्षित राखी संकेत नम्बरका आधारमा अभिलेख समेत राखिएको प्रहरीले जनाएको छ ।
#

भदौ १४ गते दिउँसो २ बजे ७८ वर्षीय धनपति भण्डारी सिनामङ्गलबाट सिंहदरबार आउनुभएछ। दक्षिण गेटमा पुगेपछि उहाँले प्रहरीलाई सो...
09/01/2026

भदौ १४ गते दिउँसो २ बजे ७८ वर्षीय धनपति भण्डारी सिनामङ्गलबाट सिंहदरबार आउनुभएछ। दक्षिण गेटमा पुगेपछि उहाँले प्रहरीलाई सोध्नुभएछ, "प्रधानमन्त्री राहत कोषमा पैसा दिन आएको, मलाई पैसा बुझाउने ठाउँमा पठाइदिनूस्।" नेपाल प्रहरीका साथीहरूले प्रधानमन्त्री कार्यालयमा फोन गर्नुभएछ । फोन घुम्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवालयमा रोशन तामाङजीकहाँ पुग्यो। रोशनजीले संक्षिप्त भूमिका बाँध्दै मलाई सोध्नुभयो, "पैसा त अर्थमन्त्रीज्यूले लिने हो नि, होइन र ?" मैले भनेँ, "हो।" "उसै भए म अर्थ मन्त्रालयमा बुबालाई पठाउँछु," रोशनजीले भन्नुभयो। त्यसपछि प्रहरी साथीले धनपति बुबालाई अर्थ मन्त्रालय लिएर आउनुभयो। उहाँलाई अर्थमन्त्रीज्यूको बैठक कोठामा बसाइयो। राहत रकम लिनमै व्यस्त र भीडभाडयुक्त मन्त्रालयमा अलि बेरको पर्खाइपछि धनपति बुबाको पालो आयो। उहाँलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको कार्यकक्षमा लगियो। उहाँलाई देखेर उहाँलाई धन्यवाद भन्न अर्थमन्त्री धनपति बुबा बसेकै ठाउँमा आउनुभयो। अर्थमन्त्रीले सोध्नुभयो, "यत्रो रकम, यो उमेरमा तपाईं व्यक्तिगत रूपमै सहयोग गर्न चाहनुहुन्छ?" धनपति बुबाले भन्नुभयो, "हो।" लामो समय नोकरीका लागि भारतमा बिताउनुभएका धनपति बुबा छोराछोरी पढेर हुर्किएपछि आफ्नो थातथलो बुटवल फर्कनुभएको रहेछ। छोराछोरीले प्रगति गरेर काठमाडौँमा राम्रो प्रबन्ध गरेपछि बुटवलबाट काठमाडौँ सरेर सिनामङ्गल बस्दै आउनुभएको कुरा बुबाले बताउनुभयो। जब मुलुकमा ठूलो सङ्कट आइपर्छ, उहाँ आफ्नो व्यक्तिगत खाताको चेक काटेर खुरुखुरु सिंहदरबार आउनुहुँदो रहेछ।।
यसपटकसहित उहाँले सरकारलाई गरेको यो तेस्रो सहयोग हो। उहाँको सहयोग रकममा अनौठो सङ्ख्या छ— ७,७७,७७७ अर्थात् रु. ७ लाख ७७ हजार ७ सय ७७ रुपियाँ। यो संयोगको राज केहो हामीले सोध्न भ्यानाैँ । ७८ वर्षीय वयोवृद्ध बुबाले थमाउनुभएको चेक समातेर अर्थमन्त्रीले यो रकम गलत ठाउँमा नजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले थप प्रस्ट्याउँदै भन्नुभयो, "यो रकम रसुवाका बाढी पीडित को हितमा खर्च हुने गरी सिधै जिल्लाका पालिकाहरुमा जान्छ। धेरै-धेरै धन्यवाद बुबा! अब यो चेक सिधै 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष'मा जम्मा हुन्छ।। धनपति बुबाले भन्नुभयो, "हजुरलाई दिएपछि म ढुक्क भएँ, त्यही भएर त खोज्दै-खोज्दै आएको।"

रसुवा मा एक बालिकाको उद्धार
09/01/2026

रसुवा मा एक बालिकाको उद्धार

'' यो बिपदमा बाढीपीडितको लागी आर्थिक सहयोग नगरेको भन्दै हमालको आलोचना ''गत बुधबार भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आए...
09/01/2026

'' यो बिपदमा बाढीपीडितको लागी आर्थिक सहयोग नगरेको भन्दै हमालको आलोचना ''
गत बुधबार भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । उक्त बिनाशकारी बाढीबाट प्रभावितहरुलाई बिभिन्न संघसस्था तथा कलाकारहरुले आर्थिक सहयोग गरिरहनु भएको छ । प्रधान मन्त्री राहातकोषमा रकम सहयोग गरि सामाजिक सञ्जालमा पोस्टाउदै प्रमाण पेश गर्नुहुने कलाकारहरुको भीडमा राजेश हमालको पनि खोजी हुन थालेको छ । बाढीपीडितहरुको लागी उहाँले सहयोग नगरेको भन्दै उहाँको सामाजिक सञ्जालहरुमा आलोचना हुन थालेको छ । केहि हमाल प्रशंसकहरुले "सहयोगहरु सामाजिक सञ्जालमा आएर प्रमाणित गर्नै पर्छ र ?" भनेर पनि आलोचना गर्नेहरुलाई जवाफ दिएका छन्

धादिङको कृष्णभीरमा त्रिशूली नदीको बाढीले पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएपछि हेटौंडा–काठमाडौं जोड्ने वैकल्पिक सडकह...
09/01/2026

धादिङको कृष्णभीरमा त्रिशूली नदीको बाढीले पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएपछि हेटौंडा–काठमाडौं जोड्ने वैकल्पिक सडकहरूमा सवारी साधनको चाप उच्च भएको छ। चाप नियन्त्रण गर्न मकवानपुर प्रशासनले १४ सिटभन्दा कम क्षमताका साना सवारीलाई छुट्टाछुट्टै वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। साथै, मालवाहक तथा ठूला यात्रुवाहक सवारीका लागि काठमाडौं जाँदा त्रिभुवन राजपथ र फर्किंदा कान्ति लोकपथ प्रयोग गर्नुपर्ने गरी नयाँ नियम लागू गरिएको छ।

09/01/2026
भोटेकोशी-त्रिशूली बाढीका कारण जलविद्युत् आयोजनामा फसेका नागरिकहरूको खोज तथा उद्धार कार्यमा एक सकारात्मक र आशालाग्दो प्रग...
08/30/2026

भोटेकोशी-त्रिशूली बाढीका कारण जलविद्युत् आयोजनामा फसेका नागरिकहरूको खोज तथा उद्धार कार्यमा एक सकारात्मक र आशालाग्दो प्रगति भएको छ। त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा (टनेल) म्यानहोल बनेको र सोही बाटो हुँदै नेपाली सेनाको विशेष उद्धार टोली भित्र प्रवेश गरी उद्धारको अन्तिम तयारीमा जुटेको छ। उद्धार टोलीका अनुसार म्यानहोलभित्र पर्याप्त खाली ठाउँ (स्पेस) देखिएकाले सुरुङभित्र लेदो र बाढी नपसेको अनुमान गरिएको छ। यसले सुरुङभित्र फसेका मजदुर तथा प्राविधिकहरू सुरक्षित हुनसक्ने सम्भावनालाई उच्च बनाएको छ। कठिन भौगोलिक परिस्थिति र बाढीको जोखिमका बिच पनि नेपाली सेनाले तीव्र गतिमा उद्धार कार्य अघि बढाएपछि पीडित परिवार र स्थानीयमा आशाको सञ्चार भएको छ।

'' साबधान नक्कली गिरोह संग्ग  ''प्रधानमन्त्री कोषमा पैसा जम्मा गरेको भन्दै Chatgpt बाट नक्कली Statement बनाएर आफ्नै QR ब...
08/30/2026

'' साबधान नक्कली गिरोह संग्ग ''प्रधानमन्त्री कोषमा पैसा जम्मा गरेको भन्दै Chatgpt बाट नक्कली Statement बनाएर आफ्नै QR बाँड्ने रामेछापका भगवान कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ

चारैतिर बाढीको ताण्डव, बीचमा एउटा हरियो घर : ८ जनाको त्यो रात; CNN, BBC, Al Jazeera लगायत विश्वका प्रमुख मिडिया र प्रख्य...
08/30/2026

चारैतिर बाढीको ताण्डव, बीचमा एउटा हरियो घर : ८ जनाको त्यो रात; CNN, BBC, Al Jazeera लगायत विश्वका प्रमुख मिडिया र प्रख्यात इन्फ्लुएन्सरले समेत चर्चा गरेको दृश्य।
नुवाकोटको बट्टार–विदुरमा भोटेकोशी र त्रिशूली नदीको भीषण बाढीले आसपासका घर तथा संरचना बगाइरहँदा बाढीको बीचमा बसेको एउटा हरियो रङको पक्की घर भने अडिग रह्यो। चारैतिर लेदो र भेलको उग्र बहाव, आसपास विनाशको दृश्य—तर यही घरभित्र रहेका ८ जना मानिस सुरक्षित रहन सफल भए। बाढीले घरलाई चारैतिरबाट घेरेपछि परिवारका सदस्यहरू ज्यान जोगाउन बाल्कोनीमा बसेका थिए। त्यही क्षणको डरलाग्दो दृश्य भिडियोमा कैद भयो। सामाजिक सञ्जालमा भाइरल बनेपछि यो तस्वीर र भिडियो नेपालमा मात्र होइन, विश्वभर नै चर्चाको विषय बनेको छ। CNN, BBC, Al Jazeera लगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा चर्चित सामाजिक सञ्जाल इन्फ्लुएन्सरहरूले समेत यस घटनाका दृश्य र कथाबारे सामग्री बनाएका छन्। बाढीको प्रचण्ड भेलबीच एक्लै उभिएको हरियो घरको तस्वीर विश्वभरका सामाजिक सञ्जालमा फैलिएको छ। यो घर कसरी जोगियो भन्ने विषयमा भने आ–आफ्नै व्याख्या छन्। कतिपयले यसलाई दैवी शक्तिको चमत्कार मानेका छन् भने कतिपयले घरको संरचना, जग र निर्माण प्रविधिलाई इन्जिनियरिङको उत्कृष्ट नमूना का रूपमा हेरेका छन्। तर त्यो घरका ८ जनाका लागि भने त्यो कुनै चमत्कारको चर्चा वा भाइरल दृश्य थिएन—त्यो बाढीको ताण्डवबीच जीवन जोगाउने भयावह रात थियो। वरिपरि सबैथोक बगिरहँदा पनि अडिग उभिएको त्यो हरियो घर अहिले विनाशबीच बाँचेको एउटा असाधारण तस्वीर बनेको छ। #

Address

New York, NY

Alerts

Be the first to know and let us send you an email when TV Sunday posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to TV Sunday:

Shortcuts

Share