TecRishna Solution

TecRishna Solution Technology Solution

Nepal does not need sympathy; Nepal demands climate justice: Dr. KarkiI have proposed AFPPD to make a major declaration ...
09/05/2026

Nepal does not need sympathy; Nepal demands climate justice: Dr. Karki

I have proposed AFPPD to make a major declaration and call upon parliamentarians of all member countries to make climate change and climate justice a major agenda in their respective national parliaments. I had the opportunity to represent Nepal at the AFPPD (Asian Forum of Parliamentarians on Population and Development) conference in Malaysia and raise Nepal’s voice on the global climate crisis. The Asia-Pacific and Southeast Asian regional conference of the AFPPD (Asian Forum of Parliamentarians on Population and Development) brought together parliamentarians from 30 countries, along with honorable representatives, ministers and distinguished personalities, more than 100s of who had gathered in Malaysia to discuss some major issues of the world. ...

I have proposed AFPPD to make a major declaration and call upon parliamentarians of all member countries to make climate change and climate justice a major agenda in their respective national parl…

नेपालका बाढीपीडितका लागि UNDO International द्वारा एक घण्टामै रु. ३० लाख संकलन; रु. १ करोड संकलन गर्ने लक्ष्यप्रेस विज्ञ...
08/28/2026

नेपालका बाढीपीडितका लागि UNDO International द्वारा एक घण्टामै रु. ३० लाख संकलन; रु. १ करोड संकलन गर्ने लक्ष्य

प्रेस विज्ञप्ति संक्षेप: विश्वभरका प्रतिनिधिहरूको आकस्मिक बैठकद्वारा बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली, प्रभावित परिवारप्रति ऐक्यबद्धता तथा एकमहिने राहत संकलन अभियान घोषणा काठमाडौं/अगस्ट २८, २०२६: नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा दर्ता भएको ‘युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन’ (UNDO) इन्टरनेसनलले नेपालको रसुवा तथा आसपासका जिल्लाहरूमा आएको विनाशकारी बाढीबाट प्रभावित पीडितहरूको सहयोगार्थ आयोजित विशेष अन्तर्राष्ट्रिय जुम बैठकमार्फत एक घण्टामै नेपाली रुपैयाँ ३० लाख (NPR 3 Million) संकलन गरेको छ। “विपद् राहत रणनीति (Disaster Relief Strategies)” मुख्य एजेन्डामा आयोजित उक्त बैठकमा UNDO International का अन्तर्राष्ट्रिय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, विभिन्न देशका UNDO राष्ट्रिय समितिका अध्यक्षहरू तथा अन्य प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बैठकको अध्यक्षता UNDO International का अध्यक्ष सोनाम लामाले गर्नुभएको थियो भने महासचिव कृष्ण सञ्जेल केसीले बैठक सञ्चालन तथा सहजीकरण गर्नुभएको थियो।...

रसुवा बाढीग्रस्त क्षेत्रको भिजिटबारे प्रधानमन्त्रीको फेसबुकबाटनोट: यो अपडेट नेपालका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहक...
08/27/2026

रसुवा बाढीग्रस्त क्षेत्रको भिजिटबारे प्रधानमन्त्रीको फेसबुकबाट

नोट: यो अपडेट नेपालका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको फेसबुकबाट लिइएको हो। आज नुवाकोट पुगेर बाढीपहिरो प्रभावित क्षेत्रको अवस्था स्वयं अवलोकन गरी काठमाडौं फर्किएँ। प्रभावित नागरिक, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा उद्धार र राहतमा खटिनुभएका सबैसँग प्रत्यक्ष रूपमा जानकारी लिएँ।अवस्था अझै चुनौतीपूर्ण छ। राज्यका सबै संयन्त्र पूर्ण क्षमतामा परिचालित छन्। अहिले हाम्रो पहिलो प्राथमिकता एक–एक नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार र प्रभावित परिवारलाई तत्काल राहत पुर्‍याउनु हो। १. खोजी तथा उद्धार कार्यलाई उच्च प्राथमिकता दिँदै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका कुल १३,२९५ सुरक्षाकर्मी परिचालन गरिएको छ। यसमा नेपाल प्रहरीका ७,२५०, नेपाली सेनाका ४,२०० र सशस्त्र प्रहरी बलका १,८४५ जना रहेका छन्। नेपाली सेनाको Joint Operation Committee, NDRRMA को Quick Action Team तथा PMO को Rapid Action Team मार्फत निरन्तर समन्वय र अनुगमन भइरहेको छ।...

नोट: यो अपडेट नेपालका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको फेसबुकबाट लिइएको हो। आज नुवाकोट पुगेर बाढीपहिरो प्रभ...

पालिका निर्वाचनको तयारीमा रास्वपा, नीति, सङ्गठन र नेतृत्व मन्थन सुरुराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानी...
08/23/2026

पालिका निर्वाचनको तयारीमा रास्वपा, नीति, सङ्गठन र नेतृत्व मन्थन सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय निर्वाचनलाई लक्षित आवश्यक तयारी थालेको छ । सोहीअनुसार रास्वपाले उम्मेदवार छनोट प्रक्रिया, संगठन विस्तार तथा कार्यकर्ता अभिमुखीकरणलाई तीव्रता दिने निर्णय गरेको छ। पार्टी केन्द्रीय समितिको बैठकले स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा अनुमोदन गर्नेदेखि देशभर संगठनात्मक गतिविधि अघि बढाउनेसम्मका निर्णय गरेको महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिए । उनकै संयोजकत्वमा तयार गरिएको ‘उम्मेदवार छनोट रूपरेखा २०८३’ लाई बैठकमा प्राप्त सुझावसमेत समेटेर अनुमोदन गर्ने निर्णय समेत भएको छ । साथै, केन्द्रीय उम्मेदवार छनोट समितिका लागि इच्छुक केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यबाट नामावली माग गर्ने निर्णय गरेको छ । स्थानीय निर्वाचनको तयारीकै क्रममा पार्टीले केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यलाई ४६० गाउँपालिकामा परिचालन गर्ने भएको छ । उनीहरूले स्थानीय निर्वाचनका उम्मेदवार छनोट रूपरेखालगायत विषयमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नेछन् । यसको संयोजन सहमहामन्त्री निशा डाँगीले गर्नेछिन् ।...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय निर्वाचनलाई लक्षित आवश्यक तयारी थालेको छ । सोहीअनुसार रास....

बिशेष महाधिवेशनवाला टुकडी अबैधानिक भएकाले सहभागी नहुन संयोजक कोइरालाको अपिलनेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षका संय...
08/23/2026

बिशेष महाधिवेशनवाला टुकडी अबैधानिक भएकाले सहभागी नहुन संयोजक कोइरालाको अपिल

नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षका संयोजक तथा १५ औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले बिशेष महाधिवेशन नै अबैधानिक भएकाले उनीहरुको तयारीतर्फ सहभागी नहुन पार्टीका सबै तहका नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई आह्वान गरेका छन्। शुक्रबार विज्ञप्ति जारी गर्दै डा. कोइरालाले 'कथित विशेष महाधिवेशन' पक्षले सार्वजनिक गरेको १५ औँ महाधिवेशनको कार्यतालिकालाई अवैधानिक र विभाजनकारीको छ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आधिकारिकता सम्बन्धी विवाद अहिले सर्वोच्च अदालतमा विचाराधीन छ। त्यसैले त्यो गतिबिधि पनि अबैधानिक छ।

नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षका संयोजक तथा १५ औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक क....

अदालतको फैसला नआउँदासम्म कांग्रेस सभापति देउबा, १५ औं को दुइ फरक तयारीले पार्टी फुट्योनेपाली कांग्रसमा करिब एक बर्षबढी स...
08/17/2026

अदालतको फैसला नआउँदासम्म कांग्रेस सभापति देउबा, १५ औं को दुइ फरक तयारीले पार्टी फुट्यो

नेपाली कांग्रसमा करिब एक बर्षबढी समय देखि पार्टीको नियमित १५ औं महाधिवेशन गर्ने या बिशेष महाधिवेशन गर्ने भन्ने बिषयले दल फुटको लाइनमा पुगेको छ। जसै बिशेष महाधिवेशन पक्षले नेतृत्व लुटेर लिए तब कानुनि लडाइ सुरुभयो। सुरुमा निर्वाचन आयोग र सर्वोच्च अदालतले पनि बिशेषवालाकै पक्षमा अर्को पक्षको सुनुवाई नगरेको, एका पक्ष फैसला गर्यो भन्ने निर्क्योल त अदालतले नै गरिदियो। सोहि पुन:विचार गर्न दिएको निवेदनमा सर्वोच्च अदालतले दिएको कारणले कांग्रेसमा नयाँ तरङ्ग पैदा गरेको छ। कानुनका बिज्ञहरुका अनुसार सो आदेश अनुसार कांग्रेस अहिले बिशेष महाधिवेशनको प्रस्ताव गर्दाको समय अर्थात करिब एक बर्ष पहिलाको समय/अवस्थामा पुगेको छ। अर्थात १४ औं महाधिवेशनको नेतृत्व नै कायम छ र बिशेष महाधिवेशन पारित भएको छैन। त्यसैले दलका सभापति शेरबहादुर देउबा नै हुन्। अन्तिम कुरा चाहिं अदालतको फैसलाले दिनेछ। ...

नेपाली कांग्रसमा करिब एक बर्षबढी समय देखि पार्टीको नियमित १५ औं महाधिवेशन गर्ने या बिशेष महाधिवेशन गर्ने भन्ने ब...

आप्पाको छोरो म च्याङ्बाआप्पाको छोरो म च्याङ्बा
08/15/2026

आप्पाको छोरो म च्याङ्बा

आप्पाको छोरो म च्याङ्बा

आप्पाको छोरो म च्याङ्बा

08/15/2026

घर मेरो ललितपुर नाम मेरो कृष्ण काले

घर मेरो ललितपुर नाम मेरो कृष्ण काले

मौरिसस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउनेपाल प्रहरी काठमाडौं,  वैदेशिक रोजगारीमा आकरत्षक तलबको प्रलोभनमा पारी म...
08/15/2026

मौरिसस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

नेपाल प्रहरी काठमाडौं, वैदेशिक रोजगारीमा आकरत्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३ बस्ने ताल्लेजुङ सिरीजंघा गाउँपालिका-७ घर भएका ३० वर्षीय सुमन भट्टराईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । सुमनले मौरिसस पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १ लाख ९० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-२६ बाट पक्राउ गरेको हो ।उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

नेपाल प्रहरी काठमाडौं, वैदेशिक रोजगारीमा आकरत्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभ.....

जनसम्पर्क समिति अमेरिकाको वरिष्ठ उपाध्यक्षमा कार्की उम्मेदवारनेपाली कांग्रेसको राजनीतिमा पारिवारिक पृष्ठभूमी रहेक्का टेक...
08/13/2026

जनसम्पर्क समिति अमेरिकाको वरिष्ठ उपाध्यक्षमा कार्की उम्मेदवार

नेपाली कांग्रेसको राजनीतिमा पारिवारिक पृष्ठभूमी रहेक्का टेक्सस निवासी ज्ञानेन्द्रराज कार्कीले नेपाली जनसम्पर्क समिति अमेरिकाको आसन्न तेस्रो महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने कुरा एक कार्यक्रम गर्दै घोषणा गरेका छन्। अगष्ट १०, २०२६ सोमबार उम्मेदवारी घोषणा कार्यक्रम आयोजना गर्दै कार्कीले आगामी अगस्ट १४, १५ र १६, २०२६ भर्जिनिया राज्यमा आयोजना गरिएको नेपाली जनसम्पर्क समिति अमेरिकाको तेस्रो महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिन लागेको जानकारी दिए। नेपालमा ट्रेड युनियन कांग्रेसका रूपमा पहिचान बनाएका कार्कीले उम्मेदवारी घोषणा गर्दै आफ्ना विभिन्न प्रतिबद्धता समेत सार्वजनिक गरेका छन्। उनका प्रतिबद्धतामा सशक्त संगठन निर्माण, आर्थिक पारदर्शिता र मितव्ययिता, समावेशी प्रतिनिधित्व, नेतृत्वमा अवसरको न्यायोचित वितरण, अमेरिकी मूलधारको राजनीतिमा नेपाली समुदायको सहभागिता वृद्धि, नेपाली कांग्रेससँग बौद्धिक तथा प्राविधिक सम्बन्ध विस्तार, सहमति–सहकार्य र संस्थागत विकास तथा प्रवासी नेपालीको सुखदुःखको सारथीका रूपमा नेपाली जनसम्पर्क समितिलाई स्थापित गर्ने विषय रहेका छन्।...

नेपाली कांग्रेसको राजनीतिमा पारिवारिक पृष्ठभूमी रहेक्का टेक्सस निवासी ज्ञानेन्द्रराज कार्कीले नेपाली जनसम्प....

Address

San Francisco, CA

Alerts

Be the first to know and let us send you an email when TecRishna Solution posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to TecRishna Solution:

Shortcuts

Share