01/05/2022
Federation of Non-Resident Nepali Journalists -FNNJ
गैरआवासीय नेपाली पत्रकार महासंघ
तेश्रो बैठकका निर्णयहरु
जनवरी १, २०२२
गैरआवासीय नेपाली पत्रकार महासंघका अध्यक्ष भगिरथ योगीको अध्यक्षतामा बसेको महासंघको तेश्रो बैठकले देहायका एजेण्डाहरुमा छलफल गर्दै निर्णयहरु पारित गरिएको छ।
एजेण्डा र निर्णय
१. महासंघ दर्ताबारे
Federation of Nonresident Nepali Journalists (FNNJ) (गैरआवासीय नेपाली पत्रकार महासंघ) Limited को रुपमा बेलायतको कानुन अनुसार मुनाफा रहित कम्पनिको रुपमा दर्ता भएको छ। यसले बेलायत सहित विश्वोभरिमा काम गर्न पाउनेछ।
२. राजिनामा र असमर्थताबारे
गैरआवासीय नेपाली पत्रकार महासंघका संस्थापक सचिव अनिल अधिकारी (अमेरिका) ले नेपाल अमेरिका पत्रकार संघको कार्यसमितिमा निर्वाचित भएकाले सो संघको बिधान अनुसार आफू दुइतिर बस्न नमिल्ने भनि दिनु भएको राजिनामा स्वीकृत गरिएको छ। तर पनि उहाको निरन्तर सहयोग र साथ संघलाइ रहनेछ।
३. बिधानको पहिलो ड्राफ्ट
गैरआवासीय नेपाली पत्रकार महासंघको बिधान २०२२ को पहिलो ड्राफ्ट तयार भएको छ। महासंघका बरिष्ठ उपाध्यक्ष तोया दाहालले तयार पर्नु भएको सो ड्राफ्टको प्रति बैठकमा समेत प्रस्तुत गरियो र केहि अंश छलफल गरियो। यसलाई सुझाव र अध्ययनको लागि सबै पदाधिकारी तथा सदस्यहरुलाई पठाउने र अर्को बैठकले सो को निर्णय गर्ने गरी निर्णय गरियो।
४. वेबसाइट
तत्काल गैरआवासीय नेपाली पत्रकार महासंघको वेबसाइट डेभलपबारे उपाध्यक्ष श्याम लुइँटेलले जानकारी दिनुभयो। तुरुन्तै डिजाइन गरि ग्रुपमा शेयर गर्दै त्यसबाट फाइनल गर्न पहल गर्ने निर्णय गरियो।
५. सामाजिक संजालबारे
गैरआवासीय नेपाली पत्रकार महासंघको नाममा एक फेसबुक पेज (https://www.facebook.com/FNNJ), एउटा Twitter (https://twitter.com/home) र एउटा फेसबुक ग्रुप (https://www.facebook.com/groups/) रहेको छ। यसमा सबैको एक्सेस हुनेगरी ब्यबस्था गर्ने निर्णय गरियो।
६. पदपूर्तीबारे
पहिलो महाधिवेशन पूर्व स्थापनाको १८० दिन भित्रमा गैरआवासीय नेपाली पत्रकार महासंघमा पुर्णता दिने निर्णय भए अनुरुप तत्काल सचिवमा मन्दिप के सी-बेलायत, केन्द्रिय सदस्यहरुमा भोला लामिछान-स्पेन, शैलेश पोख्रेल-अमेरिका, मणि थेवे-अष्ट्रिया, सरु सरस्वती शर्मा-अमेरिका, बसन्त कार्की-क्यानाडा, दिपजंग शाह-कतार, राजु आचार्य-अमेरिक र सन्तोष क्षेत्री-कतार रहनु भएको छ।
गैरआवासीय नेपाली पत्रकार महासंघ जनवरी १, २०२२ पछिको कार्यसमिति
अध्यक्ष भगरिरथ योगी-बेलायत
बरिष्ठ उपाध्यक्ष तोया दाहाल-अमेरिका
उपाध्यक्ष श्याम लुइँटेल-बेलायत
महासचिव कृष्ण के सी-अमेरिका
सचिव छत्र शंकर-अष्ट्रेलिया
सचिव खगराज गौतम-जापान
सचिव अनुजा बुढाथोकी-साउदी अरेबीया
सचिव मन्दिप के सी-बेलायत
कोषाध्यक्ष-तत्काल खाली
सहकोषाध्यक्ष-महेश कुमार खाती-डेनमार्क
प्रवक्ता-तत्काल खाली
केन्द्रिय सदस्य भोला लामिछान-स्पेन
केन्द्रिय सदस्य शैलेश पोख्रेल-अमेरिका
केन्द्रिय सदस्य मणि थेवे-अष्ट्रिया
केन्द्रिय सदस्य सरु सरस्वती शर्मा-अमेरिका
केन्द्रिय सदस्य बसन्त कार्की-क्यानाडा
केन्द्रिय सदस्य दिपजंग शाह-कतार
केन्द्रिय सदस्य राजु आचार्य-अमेरिक
केन्द्रिय सदस्य सन्तोष क्षेत्री-कतार
९. बिबिध एजेण्डाहरुको एकमुष्ठ निर्णय
अर्को बैठक जनवरी ९, २०२२ आइतबार नेपालको समय साँझ ६:०० बजे बस्ने निर्णय गरीय। आगामी बैठकमा बिधान, वेबसाइट, निर्वाचन समिति, सदस्यता शुल्क, राष्ट्रिय समिति गठन, विभिन्न समितिहरुको गठन लगाएतका बिषयमा केन्द्रित रहने छ। त्यसैगरी डायस्पोरा नेपाली समुदायमा पत्रकारिता बिषयमा एउटा जुम गरिने समेत निर्णय गरिएको छ।