अभिव्यक्ति केन्द्र

अभिव्यक्ति केन्द्र Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from अभिव्यक्ति केन्द्र, Video Creator, Kathmandu.
(1)

“साँचो अभिव्यक्ति भनेको बोल्न पाउने स्वतन्त्रता मात्र होइन, नबोल्दिन भन्ने डरको अन्त्य पनि हो।”

“True expression is not just the freedom to speak, but the end of the fear of remaining silent.” अभिव्यक्तिको केन्द्र
अभिव्यक्तिको स्वतन्त्रता, सोचको गहिराइ, र बोल्न सक्ने हिम्मतको साझा थलो — यही हो ‘अभिव्यक्तिको केन्द्र’।

म एउटा साधारण आवाज हुँ — कहिले गम्भीर विश्लेषक, कहिले व्यंग्यात्मक विचारक।

‘अभ

िव्यक्तिको केन्द्र’ मेरो व्यक्तिगत अभिव्यक्तिको थलो हो — जहाँ म राजनीति, नीति, समाज र सोचमाथि आफ्ना दृष्टिकोणहरू साझा गर्छु।

🎥 कहिले जमिनबाट दृश्य लिन्छु,
🗣️ कहिले कटाक्षको छाँया हाल्छु,
🤔 कहिले सोच गहिरो बनाउने प्रयास गर्छु,
😂 अनि कहिले हाँसोका साथ कुरा खोल्ने गर्छु।

म पत्रकार होइन, म विश्लेषक होइन — म स्वतन्त्र सिर्जनाकर्मी हुँ।

यहाँ म खबर , आफ्नो नजरिया, अनुभूति, र अनुभवनै सुनाउँछु।

यदि तपाईंलाई सोच्ने कुरा, भन्न नसकेको कुरा, र सुन्न मन लाग्ने कुरा मन पर्छ —
भने साँच्चिकै स्वागत छ तपाईंलाई ‘अभिव्यक्तिको केन्द्र’ मा।

04/12/2025

Jaado maa public Bus kurdai




27/11/2025

झरेको पात हरु सफा गर्दै मान्छेहरु





🎉 Facebook recognized me for starting engaging conversations and producing inspiring content among my audience and peers...
26/11/2025

🎉 Facebook recognized me for starting engaging conversations and producing inspiring content among my audience and peers!

25/11/2025

Real and Natural Christmas trees

゚viralシalシ

24/11/2025

खुल्ला आकाश
चियो मौसम
अनि
पारिलो घाम


23/11/2025

नयाको पारा
एस्ता राज्निति मा आयपछि झन के होला 😂😂


मिनबहादुर गुरुङले एमाले पार्टी कार्यालय बनाउन त्यति ठूलो जग्गा दान गर्नुको सट्टा चितवनको रंगशालाको ऋण तिर्दिएको भए, नेपा...
21/11/2025

मिनबहादुर गुरुङले एमाले पार्टी कार्यालय बनाउन त्यति ठूलो जग्गा दान गर्नुको सट्टा चितवनको रंगशालाको ऋण तिर्दिएको भए,
नेपालीहरूले उनलाई सधै भगवानजस्तै ,न त उन्का तेत्रा बिशाल भाटभटिनिहरु जलाइन्थे होला!!


21/11/2025

शुशिला कार्की नेतृत्वमा बनेको सरकारले अहिलेको अवस्थामा धुर्मुस–सुन्तली फाउण्डेशनलाई सिधै मन्त्रीपरिषदको निर्णयमार्फत अनुदान दिन सक्ने अवस्था छैन।
कारण स्पष्ट छ। विगतमै मन्त्रिपरिषदको निर्णयविरुद्ध अख्तियारले मुद्दा दायर गरेको इतिहास छ।
माधवकुमार नेपालको नेतृत्वमा पतञ्जलीलाई जग्गा दिने निर्णय कसरी कानुनी विवादमा पर्‍यो भन्ने सबैलाई याद छ।

अर्थ मन्त्रालयले पनि भरतपुर महानगरलाई पत्रमार्फत भुक्तानी गर्दा प्रचलित कानुन अनिवार्य रूपमा पालना गर्नुपर्ने भन्दै आफ्नो सीमा स्पष्ट गरिसकेको छ।
रंगशाला पुनर्जीवनका लागि महानगरले गरेको प्रयासलाई धन्यवाद दिनुपर्ने ठाउँमा, उल्टै मिडियामा दोषारोपण गर्दै धुर्मुसमाथि नै आरोप थोपारिनु अनुचित देखिन्छ।

कानुन मिलाएर प्रक्रिया नचलेर चेक काटिनेबित्तिकै कसैलाई पनि मुद्दामा फसाउन सकिने वातावरण छ।
यदि सुरुमा टेन्डर प्रक्रिया अपनाइएको भए अहिले सार्वजनिक खरिद ऐनका दायरामा परेर झमेलामा पर्नुपर्ने थिएन।
सस्तोमा, उधारोमा सामग्री ल्याउने हतारोले अन्ततः कानुनी जटिलता निम्त्याएको मात्रै हो।

स्थानीय तहलाई कानुनले दिएको अधिकार सीमित छ।
त्यसैले सम्पूर्ण जिम्मेवारी महानगरमाथि थोपारेर जनमत उडाउन खोज्नु उचित धार होइन।
समाधान आरोपमा होइन, कानुनी बाटो खोजेर अघि बढ्नुमा छ।

अब काम गर्ने बेला यही हो—सरकारसँग संवाद बढाउने, अर्थ मन्त्रालयसँग स्पष्टीकरण खोज्ने, र महायज्ञमा वाचा गरेका दाताहरूसँग जवाफदेही माग्ने।
जति उपाय आवश्यक पर्छ, अपनाएर ऋण चुकाउने र बाँकी संरचना पूरा गर्ने दिशामा लाग्नु नै व्यवहारिक बाटो हो।

यो रंगशाला कुनै व्यक्तिको निजी परियोजना होइन, राज्यका लागि उठाइएको सार्वजनिक संरचना हो।
गिरानचौरदेखि मुसहर बस्ती र सन्तपुर बस्तीसम्म तपाईंले गरेको योगदान कसैले नदेखेझैँ देखे पनि देशले बिर्सेको छैन।

धुर्मुस खराब होइनन्, ठग त झनै होइनन्।
तिनी देशले पूरा मूल्यांकन गर्न नसकेको एउटा वास्तविक समाजसेवी हुन्।
उनीमाथि परेको व्यवहारले हेर्दा हामीजस्ता धेरैलाई पनि मनमा गाँठो परेको छ।



゚viralシalシ

Address

Kathmandu
20910

Telephone

+97715921637

Website

Alerts

Be the first to know and let us send you an email when अभिव्यक्ति केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to अभिव्यक्ति केन्द्र:

Share