12/01/2025
चियाबारी सुरक्षा समिति, केन्द्रीय समितिका पदाधिकारीहरू लगायत तृणमूल अनि अन्य दल त्यागी IGJF मा सामेल
Indian Gorkha Jansakti Front (IGJF) लाई मन पराएर यस दललाई समर्थन गर्ने मानिसहरूको आज ताँती लागिरहेको छ । बिस्तारै दिन बित्दै जाँदैछ अनि यस पार्टीलाई माया गरी अजय एडर्वडको हात दह्रिलो बनाउन मानिसहरू आतुर छन् । आफ्नो " हाम्रो पार्टी !" नामक राजनैतिक दललाई गोर्खा जातिको सर्वाङ्गीण हितमा/ पक्षमा काम गर्न सर्वभारतीय स्तरमा यो जातिलाई समेट्ने Indian Gorkha Jansakti Front-को नामकरण गरी दार्जिलिङ पहाडमा उदाएको राजनीतिक दलमाथि आज फेरी एकपल्ट पहाडका मानिसहरूले बलियो आशा र भरोसा गरेर समर्थन गरिरहेको छ , अजय एडवार्डलाई साथ दिइरहेको छ । नाम अनुसारकै यो दलले दिनोदिन अपार जन समर्थन पाउँदै गइरहेको छ ।
अजय एडवर्डले आरम्भदेखि नै अन्य बाहेर पहाडमा अवस्थित चियाबारी अनि चिया श्रमिक/ कर्मचारीहरूमाथि
भइरहेको अन्याय/ अत्याचार/ दमन/शोषण आदिको विरुद्धमा विद्रोहको आवाज बुलन्द बनाउँदै आइरहेको सर्वविधित छ । यसैले आज चियाबारीका बासिन्दाहरूले तिनमाथि पूर्ण आस्था राख्दै साथ दिइरहेको छ । यसै क्रममा IGJF तकदाह - टिस्टा भेल्ली समष्टिका प्रतिनिधि तथा हाम्रो पार्टीका पूर्व अध्यक्ष साम्देन लामाको नेतृत्वमा 11 जनवरी 2025 को दिन चियाबारी सुरक्षा समिति, केन्द्रीय प्रवक्ता प्रमोद क्षेत्री,संयुक्त सचिव राज तामाङ लगायत बुद्ध सुब्बा, बुद्ध मङ्गर,सचिन तामाङ अनि सुभेन्द्र कटुवालले IGJF - का केन्द्रीय संयोजक अजय एडवर्डको बाहुलीबाट पार्टीको भण्डा ग्रहण गरे । टिस्टा भेल्ली चियाबारी, भोटे गाउँस्थित सामुदायिक भवनमा आयोजित एउटा साधारण कार्यक्रममा अन्य दलहरू त्यागेर आएका धेरै मानिसहरू पनि IGJF मा सामेल भए तथा अजय एडवर्डको बाहुलीबाट झण्डा ग्रहण गरे ।
अजय एडवर्डको टिस्टा भेल्ली चियाबारीको छोटो भ्रमणावधिमा रामपुरिया फाटकमा नेहाल राई, सन्जीब राई, बीबी राई, एके राई, असित राई, धीरेन राई, स्यामसन राई, दिवस धले, हरि धले, सन्जिब धले, उषा राई, सोनिया राई, सन्ध्या धले, निषा धले, साई धले, मन्जु धले, छिरिङ शेर्पा, अन्जना क्षेत्री, रेखा राई, एन्जल राई , लगायत अन्ययले अजय एडवर्डको बाहुलीबाट IGJF को झण्डा ग्रहण गरे । यसरी नै रङ्गली बजारमा सत्तारूढ दल तृणमूल त्यागी सागर तामाङ, प्रशान्त तामाङ, सुरज प्रधान, विकास तामाङ, किरण क्षेत्री, भिक्टर तामाङ, मनिषा क्षेत्री, लिला सुब्बा, नितु तामाङ, उर्मिला राई आदिले IGJF का केन्द्रीय संयोजक अजय एडवर्डको बाहुलीबाट झण्डा ग्रहण गरे ।
IGJF ले छोटो समयमानै अपार जन समर्थन पाउनु दार्जिलिङ पहाडको निम्ति शुभ सङ्केत हो भनी जानिफकारहरूको भनाई छ ।