Nepal Darpan

Nepal Darpan तपाईंको मुस्कान मात्रै पनि कसैलाई प्रेरणा बन्न सक्छ ।
मुस्कुराउन नछोड्नुहोस् है 😊

06/04/2025

बर्दियाको गुलरियामा दुई जना बालिकाकाे ज्यान लिएको र दुई जनालाई घाइते बनाएको चितुवा नियन्त्रणमा आएको छ । वडा नम्बर ५ बालापुर सामुदायिक वनमा लुकेर बसेको चितुवालाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।

चितुवा नियन्त्रणका लागि खटिएको प्राविधिक टाेलीले मंगलबार राति राखेकाे केजमा चितुवा फसेको राष्ट्रिय प्रकृति संरक्षण काेष बर्दियाका प्रमुख अजित तुम्बाहाम्फेले बताए ।

05/16/2025

यो अडियोब’क १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई सिकाउनुपर्ने महत्वपूर्ण कुराहरूमा केन्द्रित छ, यहाँ बच्चाहरूक....

05/16/2025

यस अडियोब’कमा गर्मी मौसमले यौन जीवनमा पार्न सक्ने प्रभावबारे प्रकाश पारिएको छ, जसमा उच्च तापक्रम र आद्रताले शारी...

यस अडियो पुस्तकमा शौचालयमा हुने विभिन्न प्रकारका दुर्घटनाहरू र तिनीहरूबाट जोगिन अपनाउन सकिने सावधानीहरू बारे प्रकाश पारि...
05/09/2025

यस अडियो पुस्तकमा शौचालयमा हुने विभिन्न प्रकारका दुर्घटनाहरू र तिनीहरूबाट जोगिन अपनाउन सकिने सावधानीहरू बारे प्रकाश पारिएको छ । शौचालयको चिप्लो सतह, चिप्लो जुत्ता-चप्पल, कम प्रकाश, समाउने रेलिङको अभाव, विद्युतीय जोखिम र अस्तव्यस्त सामानको व्यवस्थापनमा कमि दुर्घटनाका मुख्य कारणहरू हुन् । यस अडियो पुस्तकमा आपतकालीन तयारी तथा अपनाउनुपर्ने सावधानीहरू लगायतका विषयमा जानकारी गराइएको छ ।

यस अडियो पुस्तकमा शौचालयमा हुने विभिन्न प्रकारका दुर्घटनाहरू र तिनीहरूबाट जोगिन अपनाउन सकिने सावधानीहरू बारे प...

05/06/2025

नेपालमा करिब करिब लोप भइसकेको कुसुलेको पुतली नाँच !

05/02/2025

काठमाडौं- सरकारको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।
यस्ता छन् स्वास्थ्यका लागि सरकारले लिएका ११ नीति:

१. "निरोगी नेपाल अभियान” अन्तर्गत प्रतिकारात्मक र उपचारात्मक दुवै विधि अपनाई चिकित्सा प्रणालीका सबै पक्षको विकास गरिनेछ । सबै नागरिकलाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन सङ्घ, प्रदेश र स्थानीय तहबिच सहकार्य गरिनेछ । स्वास्थ्य प्रणालीको विकास जनसङ्ख्या, भूगोल र रोगको भारका आधारमा गरिनेछ।
२. स्वास्थ्य जनशक्तिको व्यवस्थापन र गुणस्तरीय सेवाका लागि सङ्घीय स्वास्थ्य सेवा ऐन र स्वास्थ्य सेवाको गुणस्तर नियमनका लागि राष्ट्रिय गुणस्तर प्रत्ययन प्राधिकरण ऐन तर्जुमा गरिनेछ ।

३. सातै प्रदेशमा सघन जलन उपचार र मुटु रोग सेवा विस्तार गरिनेछ। दुर्गम क्षेत्रमा विशेषज्ञ सेवाहरू सञ्चालन गरिनेछ। हरेक वर्षको फागुन महिनालाई नसर्ने रोग स्क्रिनिङ महिना घोषणा गरी कार्यक्रमहरू सञ्चालन गरिनेछ ।

४. क्यान्सर तथा मिर्गौला प्रत्यारोपण उपचारको सेवा प्रदेशस्तरमा विस्तार गरिनेछ । पाठेघर क्यान्सरको एच.पी.भी. खोप र १४ वर्ष मुनिका बालबालिकाका लागि निःशुल्क क्यान्सर उपचार सेवा उपलब्ध गराइनेछ । मस्तिष्क, मेरुदण्ड, मानसिक र स्नायु रोग उपचारका लागि काठमाडौँमा अत्याधुनिक राष्ट्रिय न्युरो साइन्स केन्द्र स्थापना गरिनेछ।

५. स्वास्थ्य क्षेत्रका जनशक्तिको आपूर्ति सुनिश्चित गर्न 'जनरल नर्सिङ कार्यक्रम' सञ्चालन गरिनेछ। उत्पीडित तथा सिमान्तकृत समुदायलाई चिकित्सा शिक्षामा आरक्षणको व्यवस्था गरिनेछ ।

६. स्वास्थ्य बिमा प्रणाली एकीकृत गरी उपचारको दायरा विस्तार गरिनेछ । गम्भीर रोगको उपचारसमेत बिमाबाट हुने व्यवस्था गर्न सुविधा थैली परिमार्जन गरिनेछ । बिमा सेवाको सुशासन र वित्तीय स्थायित्वका लागि बीमा बोर्डको पुनर्संरचना गरिनेछ ।

७. बिमा प्रणालीमाथिको व्ययभार न्यून गर्न सरकारद्वारा उपलब्ध गराइने आधारभूत तथा अत्यावश्यक औषधीहरू बीमा प्रणालीमा जोडिनेछ । छरिएका सबै स्वास्थ्य सेवालाई एकीकृत गरी स्रोतको अभावलाई सम्बोधन गर्न सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष लगायत सबै स्वास्थ्य सेवा र उपचार सुविधा दिने संस्थाहरूको सेवा प्रभावकारी बनाइनेछ ।

८. सबै सरकारी अस्पताललाई एउटै अनलाइन सेवामा आबद्ध गर्ने गरी नागरिक एपलाई सुधार गरिनेछ । आधारभूत तथा अत्यावश्यक औषधीहरूको उत्पादन प्रवर्धन गरिनेछ । औषधी तथा स्वास्थ्य सामग्री सम्बन्धी एकीकृत ऐन तर्जुमा गरिनेछ।

९. आयुर्वेद सेवाको सुदृढीकरण र वैकल्पिक चिकित्सा विधि प्रवर्धन गर्न आयुर्वेद अध्ययन प्रतिष्ठानको रूपमा विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय सञ्चालनमा ल्याइनेछ ।

१०. सङ्क्रामक रोगको रोकथाम र महामारीको प्रतिकार्यका लागि जनस्वास्थ्य निगरानी प्रणालीलाई सुदृढ गरिनेछ । जलवायु परिवर्तनका स्वास्थ्य चुनौतीहरूको समाधानका लागि क्लाइमेट हेल्थ रेजिलियन्ट युनिट विकास गरिनेछ ।

११. जनसङ्ख्या वृद्धि दरलाई पुनर्स्थापना दरभन्दा कम हुन नदिने गरी जनसङ्ख्या नीति तर्जुमा गरिनेछ । स्वास्थ्य र जनसाङ्ख्यिक दर्ता प्रणालीलाई एकीकृत स्वास्थ्य सूचना प्रणालीसँग आवद्ध गरिनेछ।

04/26/2025

हेर्दाहेर्दै सर्वोच्च अदालत अगाडि मोटर साइकलमा यसरी आगो लाग्यो !

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच यही वैशाख १७ गते एकीकरण हुने भएको छ । केही समयदेखि पार्टी एकीकरणको प्रयास गरिरह...
04/26/2025

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच यही वैशाख १७ गते एकीकरण हुने भएको छ । केही समयदेखि पार्टी एकीकरणको प्रयास गरिरहेका दुई दलले त्यसलाई १७ गते औपचारिकता दिन लागेका हुन् ।

गुल्मीको कालीगण्डकी गाउँपालिकाले पालिकामा रहेका सम्पूर्ण विद्यालयहरुलाई पत्राचार गर्दै २०८२ वैशाख १४ गते आइतबारदेखि विद्...
04/25/2025

गुल्मीको कालीगण्डकी गाउँपालिकाले पालिकामा रहेका सम्पूर्ण विद्यालयहरुलाई पत्राचार गर्दै २०८२ वैशाख १४ गते आइतबारदेखि विद्यालय समयमा अनिवार्य रुपमा विद्यालयमा उपस्थित हुन र नियमित रुपमा पठनपाठन संचालन गर्न शिक्षक तथा कर्मचारीहरुलाई अनुरोध गरेको छ । उक्त समयमा विद्यालयमा उपस्थित हुन नसक्ने शिक्षक कर्मचारीले राजिनामा दिन वा सरुवा प्रकृया अगाडि बढाई जान समेत पत्र मार्फत निर्देशन दिएको छ ।

सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबाट विभिन्न ध्यानाकर्षण कार्यक्रम संचालन हुँदै आएको विषयप्रती आफ्नो ध्या...
04/25/2025

सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबाट विभिन्न ध्यानाकर्षण कार्यक्रम संचालन हुँदै आएको विषयप्रती आफ्नो ध्यानाकर्षण भएको भन्दै आन्दोलनरत शिक्षक महासंघलाई शिक्षा मन्त्री रघुजी पन्तद्वारा वार्ताको लागि आह्वान गरिएको छ ।

03/05/2025

सामाजिक संजालमा लेख कार्की लेख्नुहुन्छ :

अमेरिकाले चार्टर्ड गरेर ८ जना नेपाली ल्याइदिएछ । अमेरिका त्यसै अमेरिका भएको होइन ८ जनाका लागि पनि सिंगो जहाज चार्टर्ड गरेर यत्रो लामो दूरी पठाइदियो ।

डिपोर्ट गर्‍यो भनेर पिर नगर्नु नेपाली दाजुभाइ - दिदीबहिनी ! बरु धन्यवाद दिनु अमेरिकालाई । कमसेकम जसरी आएका थियौ त्यसरी जाओ भनेर मेक्सिकोको बोर्डरमा छोड्दिएन, अमेजनको जङ्गलमा लगेर छोड्देको होइन, साहारा मरुभूमिमा लगेर छोड्देको होइन । मातृभूमी फर्काइदिएको हो । जसरी पहिला बिदेश जाने सपना हुन्छ त्यसैगरी बिदेश पुगेर संघर्ष गर्न थालेपछि, लामो समय बसेपछि स्वदेश फर्कने पनि सपना हुन थाल्छ । उतै बस्दै गएपछि ४/५ बर्षमा आफ्नो देश फर्कन पनि ४/५ सयपटक सोच्न पर्ला, कम्तीमा अमेरिकाले आफ्ना बा-आमाले रगत पसिना बगाएर आफूलाई हुर्काएको माटोमा ल्याइदिएको छ ।

अब के गर्ने भनेर डर नमान्नु - एकपटक बाँच्ने जिन्दगी जसरी पनि बाँचिन्छ ।
अरुले के भन्लान् भनेर लाज नमान्नु - यहाँ चोर, भ्रष्टाचारीहरू त छाती फुलाएर हिँडेका छन् ।

फेरि जीवनको नयाँ बाटो शुरु भयो सोच्नु, बिदेशमा हुँदा जस्तै इमानदार, लगनशील भएर अगाडि बढ्नु ।

स्वागत छ देशमा ।

03/05/2025

सामाजिक संजालमा नारायण गाउँले लेख्नुहुन्छ:
धेरै नपढेको र जागीर नखानुभएको हजुरबुबा-आमाले बनाउनुभएको घर 'पक्की' थिएन तर त्यहाँ दश पन्ध्रजना पाहुना आउँदा बस्ने ठाउँ थियो । गाउँभरका आफन्त र इष्टमित्र जम्मा हुँदा पनि त्यहाँ अटिन्थ्यो । चियादेखि एक छाक खाना 'क्याटरिङ्'बाट अर्डर गर्न पर्दैनथ्यो । व्रतबन्धदेखि विवाहसम्मका पूजाआजा र भोजभतेर पनि त्यही घरले धान्थ्यो ! त्यहाँ हुर्किने नातिनातिनालाई खेल्ने ठाउँ थियो । बिस्कुन सुकाउने आँगन र तरकारी लगाउने करेसाबारी थियो ।

घरमा सटर थिएन । आधा घर भाड़ामा थिएन । दाजुभाइका छोराछोरी या भान्जाभान्जी आउँदा महिनौंसम्म अटाउन सक्ने ठूलो छाती थियो त्यस्तो घरसँग । स्टोरेजको कुरो छोड्नुस्, आठदश जना केटाकेटीले लुकामारी खेल्न पुग्ने ठाउँ थियो । र सबैभन्दा ठूलो कुरा 'मोर्गेज' अर्थात् ब्याङ्कलाई बुझाउनपर्ने मासिक किस्ताबाट अपरिचित थियो त्यो । जे थियो आफ्नो थियो । चाडबाड आउँदा, पूजाआजा हुँदा कमेरो र रातो माटोको जोड़ले घर नयाँजस्तै देखिन्थ्यो !

अदुवा, बेसार, खुर्सानी, अमिलो, साग र काउली आफ्नै बारीमा फल्थ्यो । आफ्नै खेतबारीको धान, मकै, कोदो र फापरको छाक पाक्थ्यो ! सिजनका फलफूल हातैले टिपेर खाइन्थ्यो । दूध, दही, मोही, नौनी, घिउदेखि तरकारीबारीलाई चाहिने प्राङ्गारिक मलसम्म आफ्नै गोठबाट आउँथ्यो !

छोराको बिहे गर्दा, नातिनातिनालाई उच्च शिक्षा या विदेश पठाउँदा अथवा कुनै असाध्य रोगको शहर पसेर उपचार गर्नुपर्दाबाहेक हजुरबुबाले कसैसँग ऋण माग्न परेन । अँ, साधनको नाममा पछिल्लो समय घरमा साइकल थियो । त्यसले गाउँका धेरै मान्छेलाई पछाडिको सिटमा राखेर बजार पुऱ्यायो होला । कतिको सामान बोकेर घरसम्म पुऱ्याइदियो होला । कति बिरामी हुँदा एम्बुलेन्स बनेर त्यो स्वास्थ चौकी या गाड़ी पाइने ठाउँसम्म पुग्यो होला । एउटा साइकलमा कति नै रस होला र, तर त्यसले अलिअलि धेरैलाई भिजाएको थियो ।

त्यो घरको सबैभन्दा ठूलो विशेषता भनेको चाहिँ त्यहाँ तीन पुस्ता अटाउनु थियो र सबै सँगै हुनु थियो । साँझ भात पस्किँदा भान्सा एक्लो कहिल्यै हुँदैनथ्यो । सबै जना जम्मा नभई भान्सा खुल्दैनथ्यो ।

मलाई त्यो जीवन गरिब जीवन हो भन्ने कताबाट लाग्यो कुन्नि,
धनी बन्न म शहर पसेँ । डिग्रीसम्म पढेँ । शहरमा आधा जीवन त एक्लो कोठा या कोठासमूहको फ्ल्याटमा बित्यो । त्यहाँ मेरो आफ्नै खुट्टा फैलाउन पुग्ने ठाउँ थिएन, मैलाई पेट भर्न सजिलो थिएन । आफन्त र इष्टमित्र एक हप्तालाई आउँदा मसँग कहाँको 'स्पेस' होस् । न त्यहाँ केही उब्जन्थ्यो, न पाइतालाले माटो छुन पाउँथ्यो । खै कस्तो खाले सम्पन्नता थियो त्यो, त्यहाँ भान्सा प्रायः जसो एक्लो हुन्थ्यो । चिसो हुन्थ्यो ।

शहरबाट म अझै धनी बन्न विदेश पसेँ । कमाएँ । आज दुई-तीन बेडरूमको घर भयो । मैले छोड़ेर आएको गरिब घरमा कहिले काहीँ फर्केला भनेर सबैभन्दा राम्रो कोठामा अझै ताला लागेको छ । खाली छ त्यो । तर मैले आजीवन डिग्री घोटेर कमाएको धनी घरमा हजुरबुबा या बुबाआमा आउनुभयो भने कहाँ सुताउने होला भनेर घरसल्लाह गर्न पर्छ । दश जना इष्टमित्र आउने हो भने मेरो घरले स्वागत गर्न सक्दैन । मेरो पनि के भन्नु र ! ब्याङ्कको नियमित किस्ता बुझाउनुपर्छ । बुझाउन 'एक्स्ट्रा' काम गर्नुपर्छ । कामै काम गरेपछि सँगै भन्ने भएन ! घरभरि तीन पुस्ताको आबाज त के हुन्थ्यो र, फोटो मात्रै छ । कतिबेला त त्यही फोटो पनि राख्न भ्याइन्न । आफ्नो राखे पुगिहाल्यो नि! फोहोर फाल्ने ठाउँ त छैन, केही फल्ने र टिपेर खाने कुरो परको भयो । साइकलको ठाउँमा गाड़ी त छ तर त्यसको रस मैंबाहेक अरूलाई पुगेको छैन । त्यो पनि अरू कुरा जस्तै ब्याङ्कको ऋणमैँ छ ।

त्यो घरमा हुँदा कोही कहिल्यै एक्लै अस्पताल गएन । म स्वास्थ्यचौकी जाँदा सिङ्गो परिवार पछि पछि थियो । आज हजुरबुबा अस्पताल जाँदा मसँग समय छैन ।

हजुरबुबा हुनुको रस सिङ्गो गाउँमा थियो । त्यसको दुःखसुखमा थियो । म हुनुको रस मैलाई मात्रै छ । हजुरबुबासँग मावली, बुढो मावली, फूपू, सानोबा, सानीआमा, दाजुभाइ, जेठान, साली, ससुराली, भान्जाभान्जी, नातिनातिना, गुरु, शिष्य, इष्टमित्र र छरछिमेकको ठूलो संसार थियो । मसँग एकदुई थान नयाँ अङ्कल र सरहरू मात्रै छन् ।

हजुरबुबाको त्यो गरिबी र आजको मेरो सम्पन्नता हेरेर के लाग्यो भने, धनी हुनु भनेको हामीबाट 'म' हुनु रहेछ । राम्रो म !

के हाम्रो हजुरबुबा साँच्चिकै गरिब हुनुहुन्थ्यो ? के तपाईं साँच्चिकै सम्पन्न हुनुहुन्छ ? के घर पनि पक्की र कच्ची हुन्छ र ?

Address

Fairfax, VA

Telephone

+97784403188

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Darpan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Darpan:

Share