Voice of Nepal

Voice of Nepal माटोको माया, जीवनको आधार

04/09/2025

लुटतन्त्र 😄

04/09/2025
"अश्वत्थामा हतः इति नरो वा कुंजरो वा" - यिनले हो या उनले हो ढाँट्न चाही ढाँटेकै हुन्। 🤐🤭
04/09/2025

"अश्वत्थामा हतः इति नरो वा कुंजरो वा" - यिनले हो या उनले हो ढाँट्न चाही ढाँटेकै हुन्। 🤐🤭

मन्त्रिपरिषद् बैठक ३ बजेलाई बोलाइएको छ । आशा गरौँ शिक्षक आन्दोलन बारे सम्बोधन हुनेछ ।
04/07/2025

मन्त्रिपरिषद् बैठक ३ बजेलाई बोलाइएको छ । आशा गरौँ शिक्षक आन्दोलन बारे सम्बोधन हुनेछ ।

04/07/2025

Meta Platforms (META.O), on Saturday released the latest version of its large language model (LLM) Llama, called the Llama 4 Scout and Llama 4 Maverick.

शिक्षकहरूको अधिकांश मागहरूमा समर्थन छ। शिक्षकहरू आफ्नो आन्दोलनलाई आत्मसम्मानको आन्दोलन हो भनेर बताउँदै आउनुभएको छ। त्यसम...
04/07/2025

शिक्षकहरूको अधिकांश मागहरूमा समर्थन छ। शिक्षकहरू आफ्नो आन्दोलनलाई आत्मसम्मानको आन्दोलन हो भनेर बताउँदै आउनुभएको छ। त्यसमा पूरा समर्थन छ। केहि मागमा भने वृहत् छलफल आवश्यक छ।

म त यो देशमा सबैभन्दा बढी तलब शिक्षकको हुनुपर्छ भनेर लबिङ गर्दै गरेको मान्छे। कम्तीमा एउटा शिक्षकको तलब १ लाख हुनुपर्छ। शिक्षकहरूलाई मानार्थ सांसद सरह मर्यादाक्रममा राख्नुपर्छ भनेर त मैले धेरै अगाडी लामो लेख र भाषणहरू मार्फत भनेको छु।

अन्य मागहरू जस्तै विद्यालयको सम्पत्ति शिक्षा बाहेक अन्य विषयमा प्रयोग गर्न नपाउने, प्रधानाध्यापक नियुक्ति र भत्ता विशेष हुन पर्ने, शिक्षकलाई मासिक तलब र शिक्षकको स्वास्थ्यको जिम्मा राज्यले लिने विषयमा पनि मेरो पूरा सहमति छ।

केहि छलफल गर्न आवश्यक विषय पनि छन्-

१) अस्थायी शिक्षकहरूलाई आन्तरिक दरबन्दीबाट स्थायी गर्ने विषयमा छलफल आवश्यक छ। प्राथमिकता दिन सकियो तर राम्रो पढाउनै नसक्ने अस्थायी मात्र होइन, स्थायी शिक्षकलाई पनि हटाउन सक्ने झन् कडा कानुन आवश्यक छ।

२) शिक्षक पालिकाको अन्तर्गत हो की होइन ? संविधान/नीतिमा माविसम्मको शिक्षा स्थानीय तहले हेर्ने भनेको छ, त्यो भनेको शिक्षक पालिकाको अन्तर्गत नै हो भन्ने हो। यसमा आवश्यक भए बहस गर्न सकियो। तपाईँहरूलाई के लाग्छ ?

३) शिक्षकहरूले दलको झोला बोक्न पाउने की नाइँ ? सिधा उत्तर छ - नाइँ।

अन्तिममा यी सबै बहस सडक र सञ्जालमा भइनै रहेका छन् तर राज्यले अब समाधानको लागि पहल गर्नुपर्‍यो। शिक्षकहरू यसरी लामो समय सडकमा बस्नुपर्ने बाध्यता आउनु राम्रो होइन। यो कुरा ठिक छ, यो ठिक छैन भनेर राज्यले शिक्षक आन्दोलनलाई सम्मानसहित सम्बोधन गरोस्।

04/07/2025

अब अमेरिकाको भिसा लिने आवेदन दिदा सोसल मिडिया एकाउण्टडहरू पनि लेख्नुपर्नेछ। विगत ५ वर्षको पोष्टहरू हेरिनेछ। अमेरिकाको हित बिपरित लागिरहेका कसैले भिसा पाउन अबको ४ वर्ष संभव हुनेछैन र पाइसकेकाहरूको भिसा मात्र हैन, ग्रीन कार्ड वा नागरिकता पनि खारेज गरेर डिपोर्टेशन गर्नेछ।

04/07/2025

सरकारले १७ वर्षदेखि पेट्रोल र डिजेल बिक्री गरेबापत प्रतिलिटर १ रुपैयाँ ५० पैसाका दरले प्रदूषण शुल्क उठाइरहेको छ, तर खर्चको अभिलेख सरकारसँग छैन

04/07/2025

नेपाल सरकारले Thailand मा रहेको Asian Institute of Technology लाई एक करोड 37 लाख सहयोग गर्ने भएको छ ।😮

03/20/2025

‘आत्मप्रशंसा’ को नौटंकी पनि कस्तो कस्तो! सामाजिक सञ्जाल खोल्दा जताततै “फलानो नेताको सचिवालय” भनेर प्रोफाइल देखिन्छ। तर वास्तविकता? ती मध्ये ९८ प्रतिशत सचिवालय भनेको नेताजीको आफ्नै दोश्रो अकाउन्ट हुन्छ!

नेताजीले आफैं पोस्ट गर्छन्— “हाम्रो महान समाजसेवी, दूरदर्शी, कर्मठ, इमानदार, सदाचारी नेता फलानो ज्यूबाट आज शौचालयको भव्य उद्घाटन सम्पन्न!” त्यसपछि आफैं “जय नेताजी!” भनेर कमेन्ट गर्छन्, फेरि आफैं “धन्यवाद सचिवालय!” भनेर रिप्लाइ दिन्छन्, अनि आफ्नो पोस्ट देखेर आफै मख्ख पर्छन।

03/20/2025

आजबाट शुरु हुन लागेको SEE परिक्षामा सहभागी हुनु भएका सम्पुर्ण विधार्थी नानीबावुहरूलाई सफलताको हार्दिक शुभकामना ब्यक्त गर्दछु ।❤️👍

माञ्छे चन्द्रमामा पुगिसके हामीहरू ढुङ्गाको पूजा गर्दैछौं भन्ने लाहुरे वैज्ञानिकका लागि जवाफ यी हुन वैज्ञानिक सुनिता विलि...
03/20/2025

माञ्छे चन्द्रमामा पुगिसके हामीहरू ढुङ्गाको पूजा गर्दैछौं भन्ने लाहुरे वैज्ञानिकका लागि जवाफ
यी हुन वैज्ञानिक सुनिता विलियम्स, जो ९ महिनापछि अन्तरिक्षबाट पृथ्वीमा अवतरण गरेकी हुन् । उनले पूजा गर्दै गरेको तस्विर यतिबेला भाईरल छ ! चन्द्रमामात्र हैन अन्तरिक्षमै पुगेर आइसकेकी उनी आफै ढुङ्गापूजा गर्छिन !

03/19/2025

Watch astronauts return

सम्पूर्णमा नमस्कार🙏शिक्षकहरुको लागि निवृत्तिभरण कोष २०८२ बैशाख बाट मात्र लागु हुने भएको छ । सम्माननीय प्रधानमन्त्री के.प...
03/18/2025

सम्पूर्णमा नमस्कार🙏
शिक्षकहरुको लागि निवृत्तिभरण कोष २०८२ बैशाख बाट मात्र लागु हुने भएको छ । सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रीज्यूले आज प्रतिनिधि सभामा शंशोधन स्वीकार गर्दै «सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१ मा विधेयकको दफा १२ मा रहेको निवृत्तभरण कोष ऐन, २०७५ को दफा ९ को खण्ड (क) पछि देहायको ‘(क१) शिक्षक सेवा’ थप गर्न प्रस्ताव भएकोमा निवृत्तभरण कोष ऐन, २०७५ मिति २०७५/१२/४ बाट प्रारम्भ भएकोमा विधेयकमा प्रस्तावित व्यवस्थाको भूत प्रभावी असर नहुने सुनिश्चितताको लागि निम्न बमोजिम संशोधन स्वीकार गर्दछु ।» भनिएको छ । अब निवृत्तिभरण कोष ऐेन, २०७५ को दफा ९ (क१) शिक्षक सेवा थप भएको छ भने उक्त खण्ड बमोजिमको व्यवस्था २०८२ साल बैशाख १ गतेदेखि प्रारम्भ हुनेछ ।

-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीज्यूको सचिवालय

Address

Washington D.C., DC

Telephone

+9779806957453

Website

Alerts

Be the first to know and let us send you an email when Voice of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Voice of Nepal:

Videos

Share