On the Air

On the Air Please watch and support us." For news: [email protected]

"We will bring daily events, political, social, cultural status of the country, information related to sports game and other information about the country and abroad through videos.

अर्घाखाँची —अर्घाखाँचीमा दाजुले बञ्चरो प्रहार गरी भाइको हत्या गरेका छन्। आपसमा भएको झगडाले उग्ररूप लिएपछि शितगंगा नगरपाल...
27/06/2025

अर्घाखाँची —अर्घाखाँचीमा दाजुले बञ्चरो प्रहार गरी भाइको हत्या गरेका छन्।

आपसमा भएको झगडाले उग्ररूप लिएपछि शितगंगा नगरपालिका–६ पाखापानीका ४२ वर्षीय दाइ विष्णुबहादुर बादीले ३२ वर्षीय भाइ बमबहादुर बादीको टाउकोमा बञ्चरोले हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक दिपकसिंह बिष्टले बताए।
दुई दाजुभाइबीच पहिलेदेखि नै विवाद भइरहेको र बिहीबार राति दुवै जनाले मदिरा सेवन गरेको बेला झगडा परेको प्रहरीले जनाएको छ। बञ्चरो प्रहारपछि घाइते भएका बमबहादुरलाई स्थानीयले अस्पतालमा लागेको थिए । उनको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडाले राति १ बजे मृत घोषणा गरेको थियो ।
भाइलाई बञ्चरो प्रहार गरी भागेका विष्णुबहादुरलाई प्रहरीले लुकिछिपी बसेको अवस्थामा राति नै नियन्त्रणमा लिएको छ ।

20/06/2025

Safely Rescued: काठमाण्डौं बाट नेपालगन्ज जाँदै गरेको बस चितवन - बुटवल सडकखण्ड को नवलपुर विनयी खोलामा फस्दा २४+ यात्रु अलपत्र परेका थिए भने सबैको सकुशल उद्धार भएको छ । पछि बस बगाएपछि केही तल भेटिएको थियो । Thanks to everyone who helped. 🙏

काठमाडौँ — बाढी र पहिरोका कारण देशका विभिन्न ६ स्थानमा आज पनि सडक अवरुद्ध भएको छ । प्रहरी प्रधान कार्यालका अनुसार अन्य च...
19/06/2025

काठमाडौँ — बाढी र पहिरोका कारण देशका विभिन्न ६ स्थानमा आज पनि सडक अवरुद्ध भएको छ । प्रहरी प्रधान कार्यालका अनुसार अन्य चार ठाउँमा अवरुद्ध भएको सडक भने एकतर्फी खुलाइएको छ ।
प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब मानिरीक्षक विनोद घिमिरेले एकतर्फी खुलेका सडकलाई दुइतर्फी बनाउने र अवरुद्ध रहेका सडकलाई खुलाउने प्रयास जारी रहेको बताए ।उनका अनुसार अहिले सिन्धुपाल्चोकको भोटेकोशीमा पहिरोका कारण अरनिको राजमार्ग तीन ठाउँमा अवरुद्ध भएको छ । भोटेकोशी गाउँपालिकाको कोदारी, लार्चा र कोप्लाङमा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।
यस्तै नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका–१ मा बाढीले महेन्द्र राजमार्ग अवरुद्ध बनाएको छ । सो क्षेत्रमा अहिले गाडीको लामो लाइन छ । यात्रुहरु अलपत्र छन् म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्सेमा पहिरो खसेर बेनी–जोमसोम सडक अवरुद्ध पारेको छ । यता डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ छलघाटमा बाढीका कारण भेरी करिडोर पनि पूर्ण रुपमा अवरुद्ध रहेको र खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

अर्घाखाँचीमा एक महिलाले घरायसी विवादकै क्रममा आफ्नै श्रीमानको दाउले हानेर हत्या गरेकी छिन्।अर्घाखाँची जिल्लाको छत्रदेव ग...
15/06/2025

अर्घाखाँचीमा एक महिलाले घरायसी विवादकै क्रममा आफ्नै श्रीमानको दाउले हानेर हत्या गरेकी छिन्।

अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका-३, शिख्रकी २७ वर्षीया मेखमाया कुमालले शनिबार राति करिब १ बजे सुतिरहेका आफ्ना ३८ वर्षीय श्रीमान रामु कुमालको टाउकोमा दाउ प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीका अनुसार शनिबार साँझ श्रीमान-श्रीमतीबीच सामान्य घरायसी विवाद भएको थियो। सोही विवादको आवेगमा मेखमायाले राति श्रीमान निदाएको मौका छोपी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीले हत्यामा संलग्न मेखमायालाई हत्यामा प्रयोग भएको दाउसहित आइतबार बिहान घटनास्थलबाटै पक्राउ गरेको हो। पक्राउ परेकी मेखमायामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

काठमाडौँ —केदारनाथ नजिक गौरीकुण्डमा आइतबार बिहान करिब साढे पाँच बजे हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।दुर्घटनामा चालकसहित...
15/06/2025

काठमाडौँ —केदारनाथ नजिक गौरीकुण्डमा आइतबार बिहान करिब साढे पाँच बजे हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।
दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ । मर्नेमध्ये एक जना नाबालक पनि रहेका छन् ।
हेलिकप्टरमा सात जना सवार थिए । श्रद्धालुलाई केदारनाथ मन्दिरबाट गौरीकुण्ड लैजानका लागि हेलिकप्टर उडेको थियो । सुरुवाती जानकारी अनुसार मौसममा खराबी आएका कारण दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
आर्यन एभिएसन कम्पनीको हेलिकप्टरमा उत्तराखण्ड, उत्तर प्रदेश, महाराष्ट्र र गुजरातका तीर्थालूहरु सवार थिए ।

काठमाडौँ —बिहीबार भारतको अहमदावादमा भएको जहाज दुर्घटनामा शनिबार थप शव फेला परेको छ । बिजे मेडिकल कलेजको होस्टलबाट खण्डहर...
14/06/2025

काठमाडौँ —बिहीबार भारतको अहमदावादमा भएको जहाज दुर्घटनामा शनिबार थप शव फेला परेको छ । बिजे मेडिकल कलेजको होस्टलबाट खण्डहर हटाउँदै गर्दा विमानको पुच्छरमा फसेको एक शव फेला परेको हो ।
पोस्टमार्टमपछि उक्त शव एयर होस्टेसको रहेको पुष्टि भएको छ । यता दुर्घटनामा मरेका व्यक्तिहरुको डीएनए परीक्षणको काम जारी रहेको छ । सिभिल अस्पतालबाहिर मृतकका परिवार जम्मा भएका छन् ।
अस्पतालमा अहिलेसम्म २७० भन्दा बढी शवको पोस्टमार्टम भइसकेको छ । यसबाहेक २३० जनाको डीएनए स्याम्पलिङ पनि गरिएको छ ।
उक्त दुर्घटनामा अहिलेसम्म २७५ जनाको मृत्यु पुष्टि भएको छ । विमानमा क्रू र यात्री गरी २४२ जना सवार थिए । जसमध्ये एक जना मात्र बच्न सफल भएका छन् ।

12/06/2025

अहमदाबादमा एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटना:
काठमाडौँ। भारतको गुजरात अहमदाबादमा एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ। विमान अहमदाबादबाट लन्डनका लागि उडेको केही समयमै दुर्घटना भएको हो। विमानमा २४२ यात्रु सवार रहेको बताइएको छ।
अहमदाबाद अग्निशमन विभागले घटनाको पुष्टि गरेको छ। दुर्घटनास्थलमा दमकलका गाडीहरू पुगेका छन्।
अहमदाबाद विमानस्थलको टर्मिनल-१ प्रबन्धकले बीबीसी हिन्दीलाई बताएअनुसार विमानस्थल क्षेत्र बाहिर धुवाँ देखिएको थियो, त्यसपछि सम्पूर्ण टोली अनुसन्धानका लागि घटनास्थलमा गएको हो।

08/06/2025

🥲

05/06/2025

Portugal enters the final of Nations League after a comeback win over Germany as Cristiano Ronaldo scored a winning goal. 😮

काठमाडौँ —भारतको पूर्वोत्तर राज्यहरुमा लगातार वर्षापछिको बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ४४ जना पुगेको भारतीय सञ्...
04/06/2025

काठमाडौँ —भारतको पूर्वोत्तर राज्यहरुमा लगातार वर्षापछिको बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ४४ जना पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
गत बिहीबार यताको भारी वर्षापछिको विपद्‌मा परेर आसाममा १७ जना, अरुणाचल प्रदेशमा १२ जना, मेघालयमा ६ जना, मिजोराममा ५ जना, त्रिपुरामा २ जना र नागाल्याण्ड र मनिपुरमा एक/एक जनाको मृत्यु भएको सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै एनडिटिभीले लेखेको छ ।
यसैगरी सिक्किममा आइतबार साँझ सैनिक क्याम्प नै बगाउँदा तीन सैनिकको कृत्यु भएको थियो भने बेपत्ता भएका अन्य ६ सैनिक अझै फेला परेका छैनन् ।
बाढी पहिरोले गर्दा सबैभन्दा बढी आसाममा क्षति पुगेको छ । आसामको विपद् व्यवस्थापन प्राधिकरणका अनुसार यहाँका २१ जिल्लाका एक हजार ५ सय ६ गाउँका ६ लाख ३३ हजार भन्दा बढी जनसंख्या प्रभावित छन् ।
१४ हजार ७३९ हेक्टरको खेतीयोग्य जमिनमा क्षति पुगेको छ । सबैभन्दा बढी श्रीभुमी जिल्ला प्रभवित छ र यहाँको २ लाख ३१ हजार ५३६ जनसंख्या प्रभावित भएको डेक्कनहेराल्डले लेखेको छ । बाढी पहिरो प्रभावितहरुमध्ये ३९ हजार ७४६ जनालाई विभिन्न अस्थायी शिविरहरुमा आश्रय दिइएको छ ।

01/06/2025

बुटवल योगिकुटिमा भयानक दुर्घटना 😥

28/05/2025

म आउन्जेल सम्म बाची राख है आमा आमा😢 ゚viralシ

Address

Butwal
20001

Telephone

+9779867114099

Website

Alerts

Be the first to know and let us send you an email when On the Air posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to On the Air:

Share