The Nepalese Story

The Nepalese Story हामी तपाईंहरूलाई मनोरञ्जन गराउँदै ,ताजा र सत्य खबरहरु पोष्ट गर्नेछौ।❤️
Visit our Website : Jhapadaily.com

पहिलो पाईला नेपाल, गाैरादह शाखाद्वारा क्यान्सर पीडितलाई आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । गाैरादह नगरपा...
08/21/2025

पहिलो पाईला नेपाल, गाैरादह शाखाद्वारा क्यान्सर पीडितलाई आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । गाैरादह नगरपालिका ७ निवासी गंगा(दिपा) भट्टराईकाे आर्थिक अवस्था अत्यन्त कमजाेर भएको साथै, भरतपुर अस्पतालसम्म पुग्न केही सहज हाेस् भनेर पहिलो पाईला नेपाल, गाैरादह शाखाद्वारा बिरामीलाई नगद रु. पाँच हजार सहयोग हस्तान्तरण गरिएको कुरा पहिलो पाइला नेपाल गाैरादह शाखाले जनाएको छ। साथै, पहिलो पाइला नेपाल गौरादह शाखाको तर्फबाट निज बिरामीलाई शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त पनि व्यक्त गरेको शाखा अध्यक्षले जानकारी दिनुभयो ।

गाैरादह /पहिलो पाईला नेपाल गाैरादह शाखाको आयोजनामा गाैरादह रथ  यात्रामा नि : शुल्क पानी वितरण कार्यक्रम सम्पन्न भएको छ। ...
08/17/2025

गाैरादह /पहिलो पाईला नेपाल गाैरादह शाखाको आयोजनामा गाैरादह रथ यात्रामा नि : शुल्क पानी वितरण कार्यक्रम सम्पन्न भएको छ। गाैरादह शाखा सह- काेषाध्यक्ष यलिजा भेट्वालकाे संयाेजकत्वमा पहिलो पाईला नेपाल गाैरादह शाखा अध्यक्ष भुपेन्द्र निराैलाकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ। आजको कार्यक्रमकाे प्रमुख अतिथि धमला होम मार्केटका गौरादहका प्रोपाइटर राेम कुमार धमलाले यस संस्थाले धेरै प्रभावकारी सामाजिक कार्य गर्दै आएको र आगामी दिनमा पनि धेरै राम्रो कार्य गर्न शुभकामना दिँदै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो। यस कार्यक्रमलाई सफल पार्न न्याैपाने ट्रेडस गाैरादह ७ र धमला हाेम मार्केट गाैरादह १ ले प्रायाेजन गर्नु भएको थियोे। आज वितरण गरेकाे सम्पूर्ण पानीलाई चिसाे बनाएर पाेेेख्रेल इलेक्ट्रोनिकस गौरादहले सहयोग गर्नु भएको थियोे । कार्यक्रममा संस्थाकाे अन्य सदस्यहरु द्वितीय उपाध्यक्ष बाबुराम अधिकारी सहित गंगा ताजपुिया, पाेसाङ्का बास्तोलाकाे पनि उपस्थित रहेको आयाेजकले जानकारी दिएको छ।

07/23/2025

घाँस काट्ने मेसिनमा करेन्ट सर्ट भइ एक महिलाको निधन ,

गौरादह नगरपालिका वार्ड नं.७ गच्यामारी निवासी अन्दाजी बर्ष ७७ की तेजकुमारी उप्रेती घाँस काट्ने क्रममा घाँस काट्ने मेसिनमा करेन्ट सर्ट भई आज बेलुका ७ बजे निधन भएको बताइएको छ।

07/22/2025

सोचेभन्दा कडा आयो: Baball animation teaser of the most awaited Nepali film, "Abhimanyu Chapter 1" is out now which looks intense. Movie releasing on Bhadra 27. 🥵

पहिलो पाईला नेपाल गाैरादह शाखाले गत शनिबार नयाँ सदस्य लाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
07/21/2025

पहिलो पाईला नेपाल गाैरादह शाखाले गत शनिबार नयाँ सदस्य लाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

गाैरादह/ पहिलो पाईला नेपाल गाैरादह शाखाको आयोजनामा राधाकृष्ण मन्दिर गाैरादह ७ ग्वालडुब्बामा बृहत् सरसफाइ कार्यक्रम सम्पन...
06/16/2025

गाैरादह/ पहिलो पाईला नेपाल गाैरादह शाखाको आयोजनामा राधाकृष्ण मन्दिर गाैरादह ७ ग्वालडुब्बामा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । सरसफाइ कार्यक्रममा पहिलो पाईला नेपालकाे अध्यक्ष भुपेन्द्र निराैला ,सचिव प्रदिप धमला, सदस्य यमुना खत्री ,समाजसेवी भरत निराैला ,समाजसेवी बेदनिधी रेग्मी ,समाजसेवी तिलचन्द्र धमला, समाजसेवी चुडामणी अधिकारी , समाजसेवी केशर व कार्की लगायत समाजसेवी व्यक्तित्वहरु ,न्यु फ्युचर कम्प्युटर सेन्टरका प्राेपाइटर एकराज रेग्मी ,विद्यार्थी ज्ञानु पराजुली लयायत न्यु फ्युचर कम्प्युटर सेन्टर का विद्यार्थीहरुकाे उपस्थितिमा मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

05/31/2025

हुलाकी राजमार्ग स्थित बक्राह खाेलामा आएको बाढी

05/31/2025

हुलाकी राजमार्ग स्थित रतुवा खाेलामा आएको बाढी
भिडियो : भुपेन्द्र निराैला

दमक,झापा नेकपा एमाले  सम्बद्ध भातृ  संगठन  नेपाल उद्योग तथा व्यवसायी महासंघको दमक नगर कमिटीको दोस्रो ऐतिहासिक अधिवेशन बा...
05/30/2025

दमक,झापा
नेकपा एमाले सम्बद्ध भातृ संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघको
दमक नगर कमिटीको दोस्रो ऐतिहासिक अधिवेशन बाटसबै पदमा सर्वसम्मत रुपमा चयन गरिए को छ अध्यक्ष :-घनश्याम खनाल
उपाध्यक्ष:- महेन्द्र दुलाल
सचीव :-समिन रिजाल
उपसचिव:- राम प्रसद रिमाल
कोषाध्यक्ष :-निर्मल अधिकारी
सदस्य:- लाल बहदुर खड्का
सदस्य:- हरि ढकाल
सदस्य :-शेखर न्यौपाने
सदस्य :-रमेश दाहाल
नेकपा एमाले झापा जिल्ला अध्यक्ष प्रेम गिरि को प्रमुख आतिथ्यतामा कार्यकरम नेपरिका होटेल मासम्पन्न गरिएको थियो।
रिपोर्टर:- चन्द्र प्रसाद पौडेल

नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटी को अधिवेशनले रोहित कोइरालाको अध्यक्षतामा प्रदेश कमिटि चयन गरेको छ । २०.२.१५गते दमक...
05/30/2025

नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटी को अधिवेशनले रोहित कोइरालाको अध्यक्षतामा प्रदेश कमिटि चयन गरेको छ । २०.२.१५गते दमकमा भएको अधिवेशनले कोइरालाको अध्यक्षतामा नयाँ कमिटी निर्वाचित गरेको हो । उपाध्यक्षमा भिम लिबाङ , उपसचिवमा सुरज सावाँसहित प्रदेश नेतृत्व चयन भएको जनाइएको छ । महासंघको हाल प्रदेश अध्यक्ष राजकुमार थापा रहेका छन् । महासंघका केन्द्रीय अध्यक्ष परशुराम बस्नेतको प्रमुख आतिथ्यमा प्रदेश अधिवेशन उदघाटन गरीएको थियो ।

रिपोर्टर:-चन्द्र प्रसाद पौडेल

05/27/2025

यस वर्षको वैशाख महिनामा मात्रै ४० करोड ३८ लाख २२ हजार ८११ रुपैयाँ राजस्व संकलन भएको छ।

आज दिउँसो उर्लाबारीकाे मौसम तस्बिर : चाहाना याेगी
05/27/2025

आज दिउँसो उर्लाबारीकाे मौसम
तस्बिर : चाहाना याेगी

Address

Washington D.C., DC

Alerts

Be the first to know and let us send you an email when The Nepalese Story posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share