12/10/2025
गाैरादह/ पहिलो पाईला नेपाल गाैरादह शाखाले सहयोग रकम हस्तान्तरण गरेको छ ।बिगत ४/५ महिनाबाट भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत झापा गौरादह -५ निवासी रुपा बुढाथोकीकाे बुवा केदार बहादुर बुढाथोकीको जीवन रक्षाको लागि पहिलो पाईला नेपाल गौरादह शाखाबाट रु ५,००० |_ आर्थिक सहयोग हस्तान्तरण गरिएको अध्यक्ष भुपेन्द्र निराैलाले जानकारी दिनुभयाे। बुबा केदार बहादुर बुढाथोकीलाई पहिलो पाइला नेपाल गाैरादह शाखा परिवारले शीघ्र स्वास्थ लाभको कामना सहित साथै अन्य व्यक्ति तथा संघसंस्थालाई पनि सहयोग गरिदिनुहुन अपिल गरेको छ ।
केदार बहादुर बुढाथोकीको जीवन रक्षाको निम्ति सहयोग गर्न सकिने विवरणहरु :
बिरामी स्वयं: केदार बहादुर बुढाथोकी
एनआइसी एशिया बैंक, गौरादह शाखा
खाता नं.: 0875752617198001
छोरी: रूपा बुढाथोकी
माछापुच्छ्रे बैंक, दमक शाखा
खाता नं.: 0610086741700012