Anubandhan

Anubandhan गजलरुपी मनको स्पन्दन कार्यक्रम अनुबन्धन This is multimedia exploring platform. Where I really want to interact with you.

नियतिले ठगेपछि
08/01/2025

नियतिले ठगेपछि

08/01/2025
07/23/2025

I got over 10 reactions on one of my posts last week! Thanks everyone for your support! 🎉

विशाल भण्डारीले नाम नखुलाएका पात्र हरि भट्टराईले फर्काए काउन्टर जवाफमा नयाँ तथ्य 😲टिभी कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्प...
07/20/2025

विशाल भण्डारीले नाम नखुलाएका पात्र हरि भट्टराईले फर्काए काउन्टर जवाफमा नयाँ तथ्य 😲

टिभी कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन्स’ निर्माण गर्ने कम्पनी ‘थ्री प्रोडक्सन प्रालि’का साझेदारबीच विवाद चर्किएको छ। निर्देशक विशाल भण्डारीले फेसबुकमार्फत प्रधानमन्त्रीसँग न्याय मागेपछि विषय चर्चामा आएको हो।

भण्डारीले सम्झौता विपरीत पैसा फिर्ता माग्दै आफूलाई मानसिक तनाव दिएको आरोप सह–साझेदार हरि भट्टराईमाथि लगाए।

जवाफमा भट्टराईले विज्ञप्ति जारी गर्दै लेखेका छन्, ‘दुःखको कुरा के भने भण्डारीले चलाएको कम्पनीको गाडी दु'र्घटना पश्चातको सम्पूर्ण खर्च सबै एकलौटी ढंगले श्री प्रोडक्सन प्रालिबाट गराए जसमा मेरो आपत्ति र असहमति रहिरह्यो । त्यसपछि मैले आफू अब सहकार्य गर्ने पक्षमा नरहेको र कानूनी रुपमा लगानी फिर्ता गर्न चाहेको बताएँ ।’

तर भुक्तानीका लागि भण्डारीले जारी गरेको चेकको खातामा रकम अभावका कारण पटकपटक बाउन्स भएपछि मैले चेक अनादर प्रक्रियाका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा निवेदन दिएँ ।’ 😲

Comedy Champion शोका सञ्चालक विशाल भण्डारीले सामाजिक सञ्जालमार्फत गम्भीर गुनासो सार्वजनिक गरेका छन्। उनका अनुसार झण्डै १...
07/20/2025

Comedy Champion शोका सञ्चालक विशाल भण्डारीले सामाजिक सञ्जालमार्फत गम्भीर गुनासो सार्वजनिक गरेका छन्। उनका अनुसार झण्डै १८ महिनाअघि आफूलाई NRN बताउने एक लगानीकर्ता ३.५ करोड रुपैयाँ लगानी गर्ने सर्तमा कम्पनीमा ३०% सेयर लिएर प्रवेश गरे। तर सम्झौता विपरीत चेकमार्फत दबाब दिँदै २.४ करोड असुली गरेका र कम्पनीको गतिविधिमा लगातार अवरोध पुर्‍याउँदै आएको भण्डारीको आरोप छ।

उनले उक्त लगानीकर्ताको दबाब, मुद्दा, धम्की र प्रभाव प्रयोग गरेर कार्यक्रम रोक्ने, खाता रोक्नेजस्ता कार्यले कम्पनीलाई अस्थिर बनाएको बताएका छन्। यसका कारण सिजन ३ का विजेतालाई पुरस्कार दिन नसकिएको र केही स्टाफको तलब पनि बाँकी रहेको जानकारी दिएका छन्।

भण्डारीले उक्त मुद्दाको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयसम्म पनि पुर्‍याएको जनाउँदै न्याय, कानुनी संरक्षण र काम गर्ने वातावरणको माग गरेका छन्।

उनले भनेका छन्, “हामी यो देशमै बसेर दर्शकलाई हँसाउन चाहन्छौँ, तर हाम्रो इमान्दारीलाई निसाना बनाइँदैछ।”

हर्क साम्पाङको अर्को सफलता हो गोर्खा चौतारी करोडौं मा बन्दै गरेको लाहुरे हरुको योगदान ❤️👌👍️
07/20/2025

हर्क साम्पाङको अर्को सफलता हो गोर्खा चौतारी करोडौं मा बन्दै गरेको लाहुरे हरुको योगदान ❤️👌👍️

पूर्वपति विष्णु सापकोटाले सामाजिक सञ्जालमा व्यक्त गरेको अभिव्यक्तिपछि ( 9 June 2024 ) मितिसहितको फोटो राखेर - गायिका एली...
07/18/2025

पूर्वपति विष्णु सापकोटाले सामाजिक सञ्जालमा व्यक्त गरेको अभिव्यक्तिपछि ( 9 June 2024 ) मितिसहितको फोटो राखेर - गायिका एलीना चौहानले "यो देश अझै पनि पुरुषप्रधान सोचमा जकडिएको छ भन्दै पुन: आफ्नो भनाई सामाजिक सञ्जालमा राखेकी छिन् । उनी भन्छिन् - "हामीबीचको कुरा त आपसी समझदारीमै त्यही दिन सकिएको थियो। तर समाजकै दवाव, सामाजिक सञ्जालको दुरुपयोग, र सतही धारणाले त्यो सकिएको कुरा फेरि दोहोर्‍याएर मेरो व्यक्तिगत जीवनमाथि गम्भीर अन्याय गर्‍यो।

म कानुनी प्रक्रियामा जान बाध्य भएँ।
म आफ्नो चरित्रको बचाउ गर्न बाध्य भएँ।
मैले मेरो विगत खोल्नुपर्‍यो—त्यो विगत जुन आज मेरो जीवनसँग सम्बन्धित छैन।
त्यो सम्बन्धसँग मेरो कुनै दुश्मनी थिएन,
न कुनै बदला लिने सोच।

स्पष्ट भन्न चाहन्छु—
यो लडाइँ मेरो व्यक्तिगत मान्छेसँग होइन।
यो लडाइँ हो—त्यस मानसिकतासँग,
जसले सत्य बोल्ने नारीलाई नै दोषी बनाउँछ।
जसले पीडितलाई नै कठघरामा उभ्याउँछ।

जब मैले आफ्ना भोगाइहरू सुनाएँ,
म माथि फेरि प्रश्नहरू उठाइए—‘किन अहिले?’, ‘किन फेरि?’
तर मलाई थाहा छ—यो देश अझै पनि पुरुषप्रधान सोचमा जकडिएको छ।
यहाँ सत्य बोल्नेलाई नै अपराधी बनाइन्छ।

तर अब म चुप लाग्दिन।
अब यो केवल मेरो न्यायको लडाइँ होइन,
यो हरेक नेपाली चेलीको आवाज हो।

म हरेक कानुनी, सामाजिक र नैतिक बाटो अपनाएर
न्यायका लागि अगाडि बढ्नेछु।
किनकि म एक्लो भए पनि,
सत्य मेरो साथमा छ।

Dear Pari Tamang Sis… कती पीडा छ त्यो अनुहारमा स्वार्थले भरीएको समाजले कती लु* टे होला कती पीडा दीए होला कती सपनाहरु टुट...
07/13/2025

Dear Pari Tamang Sis… कती पीडा छ त्यो अनुहारमा स्वार्थले भरीएको समाजले कती लु* टे होला कती पीडा दीए होला कती सपनाहरु टुटे होला अबको जिन्दगी खुशी नै खुशीले भरीयोस हर हर महादेव🙏🥺❤️

Address

329 Winslow Street
Watertown, NY
13601

Alerts

Be the first to know and let us send you an email when Anubandhan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category