प्रेरक भनाइ

प्रेरक भनाइ तपाईंलाई प्रेरक भनाइ फेसबुक पेजमा हार्दिक स्वागत छ।

चिसो मौसमसङ्गै खुलेको हिमाल ।
11/27/2025

चिसो मौसमसङ्गै खुलेको हिमाल ।

11/23/2025

पुस्तक र मोतीमा यति फरक छ कि मोती बाहिर चम्कन्छ भने पुस्तक अन्तःस्करणमा ।
- महात्मा गान्धी

चीनमा एउटा तस्वीरले संसारलाई नै भावुक बनायो—दुई जना सर्जन अस्पतालको भुइँमा लडिरहेका देखिन्छन्, ३२ घण्टासम्म लगातार गरिएक...
11/21/2025

चीनमा एउटा तस्वीरले संसारलाई नै भावुक बनायो—दुई जना सर्जन अस्पतालको भुइँमा लडिरहेका देखिन्छन्, ३२ घण्टासम्म लगातार गरिएको मस्तिष्क शल्यक्रियापछि उनीहरू पूर्ण थकित भएका थिए।

यो शल्यक्रिया फुजियान मेडिकल विश्वविद्यालयको पहिलो संलग्न अस्पतालमा सम्पन्न भएको थियो। डा. डाई र डा. तियान नामक दुई न्युरोसर्जनले जीवनरक्षक प्रयास गर्दै गम्भीर मस्तिष्क धमनी फुलावट (aneurysm) रोक्न दिनरात बिना आराम काम गरे।

अन्ततः शल्यक्रिया सफल भएपछि र बिरामीको अवस्था स्थिर भएपछि उनीहरू थकानले भुइँमै ढले। त्यो एक तस्वीर नै साँचो चिकित्सकीय वीरताको प्रतीक बन्यो—विश्वभर फैलिँदै प्रत्येक सेतो कोटभित्रको त्याग, करुणा र मानवीय शक्ति सम्झाउने सन्देश बन्यो।

आजको समयमा समाचारले प्रायः दैनिक नायकहरूलाई बेवास्ता गर्ने भए पनि यो क्षणले देखायो—समर्पण र मानवता अझै पनि आधुनिक चिकित्साको आधार हो। यी चिकित्सकहरूले प्रशंसा खोजेनन्; उनीहरूको सन्तुष्टि जीवन बचाउन सक्नुमा थियो।

यो केवल चिकित्सकहरूको कथा मात्र होइन—यो दृढता, उद्देश्य, र ती मौन योद्धाहरूको कथा हो, जो आराम नगरी उपचार गर्छन्।
स्रोत: सामाजिक संजाल

जापानमा एउटा कथा छ जसले संसारभरका मानिसहरूको हृदय छोएको छ। एकजना मानिसले आफ्नो पुरानो घरको मर्मत गरिरहेका थिए। उनले काठक...
11/15/2025

जापानमा एउटा कथा छ जसले संसारभरका मानिसहरूको हृदय छोएको छ।

एकजना मानिसले आफ्नो पुरानो घरको मर्मत गरिरहेका थिए। उनले काठको भित्ताको एउटा प्यानल हटाउँदा स्तब्ध भए—उनले त्यहाँ एउटा माउसुली भेट्टाए,

जुन ज्यूँदै थियो, तर त्यसको एउटा सानो खुट्टा काठभित्र ठोकेको एक किलोले भित्तामा जेलिएको थियो।

उनलाई लाग्यो, यो कसरी ज्यूँदै छ? उनलाई थाहा थियो कि त्यो भित्ता दश वर्षअघि बनाइएको थियो। यसको मतलब त्यो सानो माउसुली दश वर्षदेखि त्यहीँ फसेको थियो।

उनी अचम्मित भएर उभिरहेका बेला, उनले अझै अचम्मलाग्दो कुरा देखे—भित्ताको चिराबाट अर्को माउसुली देखा पर्‍यो, जसले आफ्नो मुखमा खानेकुरा बोकेको थियो। दोस्रो माउसुलीले फसेको माउसुलीलाई खाना खुवायो।

त्यो मानिस गहिरो रूपमा प्रभावित भए। उनले काँटी निकालेर फसेको माउसुलीलाई मुक्त गरिदिए र सानो जीवहरूबीच पनि प्रेम, निष्ठा र बाँच्ने प्रयासको शक्तिमाथि विचार गरे।

यो कथा इन्टरनेटमा (विशेषगरी जापानी ब्लगहरू र सन् २००० को शुरुवाती चेन इमेलहरूमा) निकै फैलियो—एउटा भावनात्मक अनुस्मारकको रूपमा कि प्रेम र समर्पणले असम्भव परिस्थितिहरूलाई पनि जित्न सक्छ र जनावरहरूले पनि करुणा र निष्ठा देखाउँछन्।

11/14/2025

म तिमीलाई माया गरेर थाक्ने छैन
तिमी धेरै माया पाएर नमातिनु है...

एउटा कार्यालयमा वर्षौंदेखि खाजामा चाउमिन मात्र दिइँदै आएको थियो।समय बित्दै जाँदा कर्मचारीहरू दिक्क भए।त्यसपछि कर्मचारीहर...
11/14/2025

एउटा कार्यालयमा वर्षौंदेखि खाजामा चाउमिन मात्र दिइँदै आएको थियो।
समय बित्दै जाँदा कर्मचारीहरू दिक्क भए।
त्यसपछि कर्मचारीहरूले चाउमिन विरोध आन्दोलन सुरु गरे ।

व्यवस्थापन ले आन्दोलन सुनेर भन्यो: “ठिक छ, चाउमिनको विकल्पमा नयाँ खाजा राखिन्छ।
तर कर्मचारीहरूले मिलेर कुन खाजा खाने भनेर सहमति गर्नुपर्छ।”

यता कर्मचारीहरू बैठक बस्छन्।
कोही भन्छन् : समोसा
कोही भन्छन् : मोमो
कोही भन्छन् : रोटी
कोही भन्छन् : पुरी–तरकारी

सबैले पुरानो चाउमिन बदल्न चाहन्छन्,
तर आफ्नो-आफ्नो विकल्प “सबैभन्दा राम्रो” भन्ने हठले सहमति बन्दैन।

अन्ततः व्यवस्थापनले घोषणा गर्छ: “अब भोटिङ हुन्छ।”

भोट नतिजा यस्तो आयो:

समोसा =२०%
मोमो = २२%
रोटी =१८%
पुरी–तरकारी =१५%
चाउमिन = २५%

गतिविधि हेर्नेहरूले आँखा ठूलो पारेर गने: चाउमिनको विपक्षमा = 20+22+18+15 = 75 % मत
चाउमिन पक्षमा = 25 % मत

# ७५% कर्मचारी परिवर्तन चाहन्थे।
तर ७५% बीच एकता थिएन।
त्यसैले २५% ले फेरि जिते ।

अनि कार्यालयमा फेरि शुरु भयाे "चाउमिन राज" यस्तै त नहोला नि देश र जनता को चाला🤣😎 । तरिका मिलेन भने त चिप्लिने पो रहेछ नि😃

स्रोत : सामाजिक सन्जाल !!!

10/28/2025
10/17/2025

उपाधिसँगै विश्वकपमा पुगेपछि रातो र चन्द्र सूर्य गाउँदै नेपाली टोली

भिडियो : क्यान

10/17/2025

श्राप दिने पनि तरिका हुन्छ नि ,

तेरो बुढी एमाले परोस् रे ।😃

बधाई छ नेपाल 🇳🇵अपराजित रहि विश्व कपमा प्रवेश गर्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाई एवं शुभकामना 🌺🇳🇵
10/17/2025

बधाई छ नेपाल 🇳🇵
अपराजित रहि विश्व कपमा प्रवेश गर्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाई एवं शुभकामना 🌺🇳🇵

एमाले नेता महेश बस्नेतले केही समयअघि नयाँ मन्त्रीहरूले गार्ड चाहिँदैन, क्वाटर चाहिँदैन, सेवा सुविधा गाडी नलिने भन्छन् उन...
10/17/2025

एमाले नेता महेश बस्नेतले केही समयअघि नयाँ मन्त्रीहरूले गार्ड चाहिँदैन, क्वाटर चाहिँदैन, सेवा सुविधा गाडी नलिने भन्छन् उनीहरूसँग मन्त्रीको जत्तिकै सुविधा कहाँबाट आयो भन्दै प्रश्न गरेका थिए । उक्त भिडियो सेयर गर्दै शिक्षामन्त्री महावीर पुन भन्छन् - "महेश भाइ, मलाई क्वाटर चाहिँदैन, मलाई गार्ड चाहिँदैन भन्ने मै हुँ । म केशर शमशेरको दरबारमा बसेको छु जहाँ मन्त्रालय छ । धेरै चुरीफुरी र घमण्ड नगर । मेरो घर र मेरो गार्ड कहाँ छ देखाउ । तथ्य नबुझिकन धेरै हावा कुरा नगर । म कस्तो मान्छे हुँ भन्ने कुरा तिमीलाई थाहा नै नभए जस्तो नगर है त । तीन चार पटक त भेटेर कुरा पनि भएको थियो त यार । तिम्रो फोन नम्बर मसँगै छ त अहिलेसम्म । खाल्डोमा जाने काम पटक्कै नगर । तिमी अझै पनि धेरै बर्ष बाँच्ने उमेर छ ।"

कलकल पानीको आवाजसङ्गै खोलाको तिरैतिर अनगिन्ती झरना, गुफा, पहाड, ताल अनि सुन्दर हिमालको काख हुँदै प्राकृतिक सुन्दरताको मन...
10/16/2025

कलकल पानीको आवाजसङ्गै खोलाको तिरैतिर अनगिन्ती झरना, गुफा, पहाड, ताल अनि सुन्दर हिमालको काख हुँदै प्राकृतिक सुन्दरताको मनोरम दृश्य अवलोकन गर्दै पुग्न सकिने स्थान हो अन्नपूर्ण प्रथम (North ABC) ।
अहिले मौसम अनुकुल एवं पुग्न पनि सहज हुने हुनाले पर्यटकको प्रमुख गन्तव्य भएको छ ।
तपाईं पनि जाने है न त North ABC घुम्न !

तस्बिर/क्याप्सन : सोनु सिजापती मगर

Address

34-52 60th Street
New York, NY
11377

Telephone

+9779816401436

Website

Alerts

Be the first to know and let us send you an email when प्रेरक भनाइ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to प्रेरक भनाइ:

Share