Hamro Pokhara

Hamro Pokhara Pokhara is a city on Phewa Lake, in central Nepal. It’s known as a gateway to the Annapurna Circuit.
(1)

It’s known as a gateway to the Annapurna Circuit, a popular trail in the Himalayas. Tal Barahi Temple, a 2-story pagoda, sits on an island in the lake. On the eastern shore, the Lakeside district has yoga centers and restaurants. In the city’s south, the International Mountain Museum has exhibits on the history of mountaineering and the people of the Himalayas.

पूर्वपति विष्णु सापकोटाले सामाजिक सञ्जालमा व्यक्त गरेको अभिव्यक्तिपछि ( 9 June 2024 ) मितिसहितको फोटो राखेर - गायिका एली...
18/07/2025

पूर्वपति विष्णु सापकोटाले सामाजिक सञ्जालमा व्यक्त गरेको अभिव्यक्तिपछि ( 9 June 2024 ) मितिसहितको फोटो राखेर - गायिका एलीना चौहानले "यो देश अझै पनि पुरुषप्रधान सोचमा जकडिएको छ भन्दै पुन: आफ्नो भनाई सामाजिक सञ्जालमा राखेकी छिन् । उनी भन्छिन् - "हामीबीचको कुरा त आपसी समझदारीमै त्यही दिन सकिएको थियो। तर समाजकै दवाव, सामाजिक सञ्जालको दुरुपयोग, र सतही धारणाले त्यो सकिएको कुरा फेरि दोहोर्‍याएर मेरो व्यक्तिगत जीवनमाथि गम्भीर अन्याय गर्‍यो।

म कानुनी प्रक्रियामा जान बाध्य भएँ।
म आफ्नो चरित्रको बचाउ गर्न बाध्य भएँ।
मैले मेरो विगत खोल्नुपर्‍यो—त्यो विगत जुन आज मेरो जीवनसँग सम्बन्धित छैन।
त्यो सम्बन्धसँग मेरो कुनै दुश्मनी थिएन,
न कुनै बदला लिने सोच।

स्पष्ट भन्न चाहन्छु—
यो लडाइँ मेरो व्यक्तिगत मान्छेसँग होइन।
यो लडाइँ हो—त्यस मानसिकतासँग,
जसले सत्य बोल्ने नारीलाई नै दोषी बनाउँछ।
जसले पीडितलाई नै कठघरामा उभ्याउँछ।

जब मैले आफ्ना भोगाइहरू सुनाएँ,
म माथि फेरि प्रश्नहरू उठाइए—‘किन अहिले?’, ‘किन फेरि?’
तर मलाई थाहा छ—यो देश अझै पनि पुरुषप्रधान सोचमा जकडिएको छ।
यहाँ सत्य बोल्नेलाई नै अपराधी बनाइन्छ।

तर अब म चुप लाग्दिन।
अब यो केवल मेरो न्यायको लडाइँ होइन,
यो हरेक नेपाली चेलीको आवाज हो।

म हरेक कानुनी, सामाजिक र नैतिक बाटो अपनाएर
न्यायका लागि अगाडि बढ्नेछु।
किनकि म एक्लो भए पनि,
सत्य मेरो साथमा छ।

नमस्ते सबैजनालाईकेही समयदेखि सामाजिक सञ्जाल, विशेषगरी Tik Tok लगायतका प्लेटफर्महरूमा मेरो व्यक्तिगत जीवनसँग सम्बन्धित वि...
18/07/2025

नमस्ते सबैजनालाई

केही समयदेखि सामाजिक सञ्जाल, विशेषगरी Tik Tok लगायतका प्लेटफर्महरूमा मेरो व्यक्तिगत जीवनसँग सम्बन्धित विभिन्न टिकाटिप्पणी र भिडियोहरू फैलिरहेको कुराले मेरो ध्यान आकर्षित गरेको छ। ती सामग्रीहरूलाई मध्यनजर गर्दै केही कुरा स्पष्ट पार्नु आवश्यक ठानेको छु।

हामी दुई जना अलग भइसकेपछि, आपसी समझदारीका आधारमा, आफ्ना व्यक्तिगत कुराहरू सार्वजनिक रूपमा नल्याउने र शान्तिको लागि मौन बस्ने निर्णय गरेको थिएँ। चुप लागेर बस्नु मेरो कमजोरी होइन, न त बोल्ने ठाउँ नपाएर हो। सम्बन्ध समाप्त भइसकेपछि कसैसँग बदला लिने, गिज्याउने, खिसीटिउरी गर्ने वा आफ्नो ऊर्जा नकारात्मक कुरामा खर्च गर्ने मेरो स्वभाव होइन।

हिजोको दिनमा माया गरेर, परिवारको उपस्थितिमा, आदरपूर्वक घर भित्र्याइएको व्यक्तिको सम्मानका कारण पनि म समाप्त भइसकेको सम्बन्धबारे सार्वजनिक रूपमा बोल्न उचित ठान्दिनँ। दुबै पक्षको समझदारीमा सम्मानित अदालतले निर्णय गरिसकेको विषयमा पुनः बोल्दै हिंड्नु अदालतको अपमान पनि ठहर्छ।

सम्बन्ध माया र सम्मानका साथ सुरु भएको थियो, त्यो लामो समय टिक्न नसके पनि त्यसको अन्त्य पनि सम्मानका साथ हुनुपर्छ भन्ने मेरो दृढ विश्वास हो। सम्बन्धित कानुनी प्रक्रिया समाप्त भइसकेको छ र अदालतले निर्णय गरिसकेको छ।

Self-healing (आत्मोपचार) गर्ने सबैको आ-आफ्नै तरिका हुन्छ। मैले के के भोगें, कुन अवस्थाबाट गुज्र, र आफूलाई कसरी heal गरें- त्यो मलाई मात्र थाहा छ। बल्ल बल्ल म यस अवस्थाबाट अगाडि बढ्न सकेको थिएँ। अलग बसेको लगभग १ वर्ष र सम्बन्ध विच्छेद भएको ६ महिना कटिसक्दा पनि केही व्यक्तिहरूले फेरि पुराना विषयहरू सामाजिक सञ्जालमा ल्याउन थालेका छन्, जसले मेरो व्यक्तिगत जीवन, परिवार र व्यावसायिक वातावरणमा नकारात्मक असर पुऱ्याइरहेको छ।

कठोर शब्द, धम्कीपूर्ण सन्देशहरू, मानसिक दबाब र चरित्र हत्या गर्ने प्रयासहरूले गर्दा म गम्भीर मानसिक पीडाबाट गुज्रिरहेको छु। सम्बन्धमा आएको पीडालाई आत्म-संयमका साथ सहेर बसेको छु। यस्ता संवेदनशील विषयहरूलाई सामाजिक सञ्जालमा बहस गर्नु न नैतिक रूपमा, न मानवीय रूपमा, न कानुनी रूपमा उचित ठहर्दछ।

प्रत्येक व्यक्तिको व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवनको मर्यादा हुन्छ, जसको सम्मान र संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।

म स्पष्ट रूपमा भन्न चाहन्छु अहिले मेरो बारेमा भइरहेका अनावश

एलिनाका पछिल्ला टिप्पणीपछि पूर्वपति विष्णु सापकोटाले चेतावनी शैलीमा लेखेका छन् - "सम्बन्ध टुंगिएपछि हामीबीच व्यक्तिगत कु...
18/07/2025

एलिनाका पछिल्ला टिप्पणीपछि पूर्वपति विष्णु सापकोटाले चेतावनी शैलीमा लेखेका छन् - "सम्बन्ध टुंगिएपछि हामीबीच व्यक्तिगत कुरा सार्वजनिक नगर्ने सहमति थियो। म आजसम्म मौन बसेको छु, तर यो मौनता मेरो कमजोरी होइन, न त सत्य स्वीकारेको संकेत। म आफूले माया गरेर घर भित्र्याएको व्यक्तिप्रति आज पनि सम्मान राख्छु, तर बारम्बार झुटा आरोप र खिसीटिउरी सहनु पनि मेरो स्वभाव होइन। यदि आवश्यक पर्‍यो भने, म सत्य बोल्न पछि हट्ने छैन। मेरो मौनतालाई कमजोरी ठान्नु वा त्यसलाई दोष स्वीकारेको संकेत मान्नु पूर्ण रूपमा अनुचित हुनेछ। त्यसलाई परिक्षण गर्ने जोकोही तयार रहुन्।"

And finally Rishi Dhamala fulfilled his promise: खसी, नुन-तेल र चामल, ऋषि धमला पुगेपछि खुसीको आँसु, दशैँ आयो भन्दै यसरी ...
18/07/2025

And finally Rishi Dhamala fulfilled his promise: खसी, नुन-तेल र चामल, ऋषि धमला पुगेपछि खुसीको आँसु, दशैँ आयो भन्दै यसरी नाचे राउटे ❤️

२ महिना अघि वैदेशिक रोजगारीका लागि दुबई पुगेका इलामका ३५ वर्षे लेखनाथ खतिवडाको उतै मृ'त्यु भएको छ। उनी असार ८ देखि सिकिस...
18/07/2025

२ महिना अघि वैदेशिक रोजगारीका लागि दुबई पुगेका इलामका ३५ वर्षे लेखनाथ खतिवडाको उतै मृ'त्यु भएको छ। उनी असार ८ देखि सिकिस्त बिरामी परेका थिए। 💔😢

२ महिना अघि मात्र सपनाको भारी बोकेर दुबई गएका थिए, इलामका ३५ वर्षे लेखनाथ खतिवडा। वैदेशिक रोजगारीको आशामा हो - घरमा काम थिएन, राज्यसँग उत्तर थिएन।
छोराछोरीको पेट भर्ने सपना थियो, आमाबाबुको औषधि किन्ने चाहना थियो।
तर देशमा न काम थियो, न अवसर। त्यसैले मन थाम्दै गएका थिए टाढाको मुलुक।

असार ८ गतेदेखि सिकिस्त बिरामी परे। शरीर साथ दिएन, मन कमजोर हुँदै गयो।
तर विडम्बना - त्यो बिरामीपना बाँचुञ्जेल पनि उनले आफ्ना परिवारको अनुहार देख्न पाएनन्।

विदेशी बास, नचिनेको अस्पताल, नफारक बेड - अनि साथमा न कोही छोराछोरी, न आमा-बुबा।

त्यसरी नै टुङ्गियो एउटा जीवन - जसलाई देशले कहिल्यै सुन्न सकेन।
यो केवल लेखनाथको मृत्यु होइन,
यो राज्यद्वारा अवसर गुमाएका हजारौं युवाहरूको नियति हो -
जो बाँच्न परदेश जान्छन्, तर मर्नेसमय आफ्ना प्रियको काखसम्म फर्किन पाउँदैनन्।

जब देशमा बेरोजगारी हावी हुन्छ,
त्यहाँ अभावको अगाडि लाचार भएर परदेश जाने बाटो नै अन्तिम विकल्प बन्छ।
तर त्यसबाट फर्किने ग्यारेन्टी हुँदैन -
न जीवनको, न मृ'त्युको।

आजको युगमा हामी धेरैजसो बाहिरी हाँसो देख्छौं, तर भित्रको पीडा बुझ्न नसक्ने भयावह स्थितिमा पुगेका छौं। जीवनका कठिन क्षणहर...
17/07/2025

आजको युगमा हामी धेरैजसो बाहिरी हाँसो देख्छौं, तर भित्रको पीडा बुझ्न नसक्ने भयावह स्थितिमा पुगेका छौं। जीवनका कठिन क्षणहरूमा मानिसले कुनै विकल्प नदेख्न सक्छ — त्यसैले “समस्या समाधानको लागि सहयोग खोज्नु कमजोरी होइन, सहास हो।”

ललितपुरका रिनेश घिमिरेको दुःखद निर्णयले हामी सबैलाई आत्ममूल्याङ्कन गर्न बाध्य बनाउँछ — के हामी वरपरका मानिसहरूलाई सुनिरहेका छौं? बुझ्ने प्रयास गरिरहेका छौं?

सार्वजनिक जीवनमा सामान्य देखिने व्यक्तिहरूभित्र गहिरो एक्लोपन लुकेको हुन सक्छ। त्यसैले संवेदनशील बन्ने, साथ दिने र समयमै सहारा दिने बानी हाम्रो जिम्मेवारी हो।

🙏 रिनेश घिमिरेप्रति श्रद्धाञ्जलि — उहाँको आत्माले शान्ति पाओस्। 💔
📞 यदि तपाईं वा तपाईंको कोही चिन्ने व्यक्ति मानसिक रूपमा संघर्ष गरिरहनु भएको छ भने, कृपया सहयोग लिनुहोस् — तपाईं एक्लो हुनुहुन्न।
👉 Mental Health Helpline Nepal: 1166 / 1660-01-500-05

मन्त्रीहरूका अनेक किसिमका घुस काण्ड आउन थालेपछि कलाकार दीपकराज गिरीको व्यङ्ग्य - "लौ न मन्त्रीहरूलाई घुस कसरी खाने भनेर ...
17/07/2025

मन्त्रीहरूका अनेक किसिमका घुस काण्ड आउन थालेपछि कलाकार दीपकराज गिरीको व्यङ्ग्य - "लौ न मन्त्रीहरूलाई घुस कसरी खाने भनेर तालिम दिनुपर्यो ! घुस खान पो रोक्न सकिन्न त समाचार त रोक्नु पर्यो नि । भोली मन्त्री खाने मान्छे नपाइएला !"

  विश्व नम्बर १ Magnus Carlsen लाई Freestyle Chess प्रतियोगितामा भारतका युवा प्रतिभा प्रग्गनन्दा (Praggnandhaa) ले हराएक...
17/07/2025

विश्व नम्बर १ Magnus Carlsen लाई Freestyle Chess प्रतियोगितामा भारतका युवा प्रतिभा प्रग्गनन्दा (Praggnandhaa) ले हराएका छन्! 🔥♟️

ठुलो दुर्घटना हुनबाट जोगियो इन्डियो : दिल्लीबाट गोवा जाँदै गरेको इन्डिगोको उडान ६ई ६२७१ बुधबार मुम्बईमा आकस्मिक अवतरण गर...
17/07/2025

ठुलो दुर्घटना हुनबाट जोगियो इन्डियो : दिल्लीबाट गोवा जाँदै गरेको इन्डिगोको उडान ६ई ६२७१ बुधबार मुम्बईमा आकस्मिक अवतरण गर्न बाध्य भयो। इन्जिन फेल भएको आशंकाबीच १९१ यात्रुको ज्यान जोखिममा परेको थियो।

साम्बा फ्रान्सको क्लब छोड्दै नयाँ क्लबमा - 😯फ्रान्सको महिला फुटबल क्लब EA Guingamp छोड्दै गरेको घोषणा गर्दै नेपाली महिला...
17/07/2025

साम्बा फ्रान्सको क्लब छोड्दै नयाँ क्लबमा - 😯

फ्रान्सको महिला फुटबल क्लब EA Guingamp छोड्दै गरेको घोषणा गर्दै नेपाली महिला फुटबल टिमकि कप्तान साबित्रा भण्डारी ‘साम्बा’ले क्लबसँग बिताएको दुई वर्षको यात्राप्रति कृतज्ञता व्यक्त गरेकी छिन्। सामाजिक सञ्जालमार्फत उनले क्लब र समर्थकको साथप्रति आभार प्रकट गर्दै नयाँ सुरुवातको तयारीमा रहेको जनाएकी छिन्।

उनी अष्ट्रेलियन ए लिग क्लब 'Wellington Phoenix FC मा अनुबन्धित भएकी छिन् ।

शुभकामना साम्बा 💐

कास्की जिल्ला प्रहरीले असार महिनाभरि हराएका वा चोरी भएका २६ थान मोबाइल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ। विभिन्न सम...
17/07/2025

कास्की जिल्ला प्रहरीले असार महिनाभरि हराएका वा चोरी भएका २६ थान मोबाइल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ। विभिन्न समयमा निवेदन परेका मोबाइलहरूको खोजतलासपछि प्रहरीले ती मोबाइलहरू हस्तान्तरण गरेको हो।

Via: Tajakhabar Tv

Address

Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share