Kalika FM

Kalika FM Kalika FM :: समाचार र संगीतमा सदैब अगाडि । मध्ये नेपालको सर्वोत्कृष्ट रेडियो ! www.kalikanews.com
(893)

04/11/2025
धान काट्दै किसानतनहुँको म्याग्दे गाउँपालिका–४ स्थित छबिसेफाँटमा धान काट्दै किसान । मौसम सुधार भएसँगै अहिले धान काट्न किस...
04/11/2025

धान काट्दै किसान
तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित छबिसेफाँटमा धान काट्दै किसान । मौसम सुधार भएसँगै अहिले धान काट्न किसानलाई चटारो छ ।
तस्बिर मिला दरै रासस

बदामखेतीकञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसान खेतवारीमा लगाईएको बदाम खन्दै । यस क्षेत्रका किसानले नदी तटीय क्षेत्र...
04/11/2025

बदामखेती
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसान खेतवारीमा लगाईएको बदाम खन्दै । यस क्षेत्रका किसानले नदी तटीय क्षेत्रको जग्गामा बदामको व्यावसायीक खेती गर्दै आएका छन ।
तस्बिर राजेन्द्रप्रसाद पनेरु/ रासस

मुस्ताङको स्याङगाउँ र हिमशृङ्खलामुस्ताङको घरपझोङ गाउँपालिका-३ स्थित  पर्यटकीय स्याङगाउँ, पृष्ठभूमिमा निलगिरि र तिलिचो हि...
04/11/2025

मुस्ताङको स्याङगाउँ र हिमशृङ्खला
मुस्ताङको घरपझोङ गाउँपालिका-३ स्थित पर्यटकीय स्याङगाउँ, पृष्ठभूमिमा निलगिरि र तिलिचो हिमशृङ्खला । पछिल्लो एक दशकयता स्याङगाउँलाई व्यवस्थित होमस्टेको रूपमा बिकास गर्दै लागिएको छ ।
तस्बिर: सुशीलबाबु थकाली / रासस

04/11/2025

जनताको मतमा हाम्रो प्रश्न छ ।
निर्वाचनमार्फत देशको नेतृत्व लिएर अघि बढ्ने तयारी गर्न जेनजीहरुलाई पूर्वप्रधानमन्त्री भट्टराईको सुझाव तपाईलाई कस्तो लाग्यो ?

यो प्रश्नमा आफ्नो मत ब्यक्त गर्न कालिका एफएमको आधिकारीक फेसबुक पेजमा राखिएको स्टाटसमा कमेण्ट गर्न सक्नुहुनेछ भने ट्विटर, वाट्स एप र भाईवरबाट लिखित प्रतिकृया जनाउन सक्नुहुनेछ ।

यसै प्रश्नमा आफ्नो आवाज सहितको प्रतिकृया राख्न ०५६–५१७१५८ मा सम्पर्क गर्न सक्नुहुनेछ। तपाईहरुको उत्कृष्ट प्रतिकृया प्रत्येक दिन राति ८ बजेको कालिका न्युज एक्सप्रेस र बिहान १० बजेको कालिका हाईलाईट्समा प्रशारण गरिनेछ ।

बङ्गलादेशका दुग्ध उत्पादक किसान चितवनमाचितवन, १८ कात्तिकः  जिल्लाको दुग्ध उत्पादन, प्रशोधन र बजारीकरणका विषयमा जानकारी ल...
04/11/2025

बङ्गलादेशका दुग्ध उत्पादक किसान चितवनमा

चितवन, १८ कात्तिकः जिल्लाको दुग्ध उत्पादन, प्रशोधन र बजारीकरणका विषयमा जानकारी लिन बङ्गलादेशका दुग्ध उत्पादक किसानहरू यहाँ आएका छन् । बङ्गलादेशका दुग्ध उत्पादक किसान मनरुप इस्लामका नेतृत्वमा आएको १७ सदस्यीय टोलीले आज यहाँका दुग्ध उत्वपादक सहकारी उद्योग, गाई फार्महरूको अवलोकन गर्नेछ । उनीहरूले सोमबार जिल्लामा भएको दुग्ध उत्पादन र यहाँको अवस्थाका बारेमा जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घसँग छलफल गरेका थिए ।

सङ्घका चितवन अध्यक्ष किशोर बगालेका अनुसार उनीहरुले यहाँ दूध उत्पादनको अवस्था, वितरण प्रणाली, दुग्ध उत्पादक किसानको अवस्थाबारे जानकारी लिएका हुन् । उहाँले भन्नुभयो, “दुई देशका किसानले कसरी दूध उत्पादन गर्दै आएका छन् र त्यसको बजारीकरण कसरी भइरहेको छ भन्ने विषयमा ज्ञान आदानप्रदान गरियो ।” अध्यक्ष बगालेले जिल्लामा भएको असल पशुपालन अभ्यास, उन्नत नश्लका गाईहरू ल्याउने क्रमलगायतका बिषयमा जानकारी दिनुभएको थियो ।

बङ्गलादेशी टोलीले पनि दूध उत्पादन, प्रशोधन र वितरणका विषयमा भएको प्रगतिका विषयमा जानकारी गराएको थियो । सो टोलीले आज नवलपरासीमा समेत अध्ययन गरेर बुधबार काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।

वर्षाले धानबालीमा क्षति भएपछि किसान चिन्तितचन्द्रपुर (रौतहट), १८ कात्तिक : गत असोजको अविरल वर्षापछि रौतहटको बकैया नदी र ...
04/11/2025

वर्षाले धानबालीमा क्षति भएपछि किसान चिन्तित

चन्द्रपुर (रौतहट), १८ कात्तिक : गत असोजको अविरल वर्षापछि रौतहटको बकैया नदी र बागमती नदीले बाँध कटान गरेर पसेको बाढीले धानबालीमा क्षतिको आँकलन सार्वजनिक भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षाको बाढीले जिल्लामा १७ हजार ६३८ हेक्टर खेतमा लगाएको धानबालीमा क्षति पुर्याएको छ ।

जिल्लामा बाढीले १७ हजार ६३८ हेक्टर खेतको धानबाली, एक हजार ८०४ हेक्टर क्षेत्रफलको उखुबाली, छ सय ८५ हेक्टरको तरकारी, चार सय सात हेक्टरको फलफूलबाली र पाँच सय हेक्टर अन्य बालीमा क्षति पुर्याएको कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख सुरेन्द्रप्रसाद कुर्मीले जानकारी दिनुभयो ।

जिल्लाका १८ वटै पालिकासँग समन्वय गरेर क्षतिको विवरण सङ्कलन गरिएको उहाँले बताउनुभयो । बाढीले सबैभन्दा बढी राजदेवी, परोहा, राजपुर, माधव नारायण, गढीमाई, इशनाथ, मौलापुर नगरपालिका र दुर्गाभगवती गाउँपालिकालगायतमा क्षति पुर्याएको उहाँले जानकारी दिनुभयो ।

क्षतिको विवरण जिल्ला प्रशासन कार्यालयलाई बुझाइसकेको र राहतका लागि कुरा भइरहेको उहाँले जानकारी दिनुभयो । जिल्लाको करिब ५१ हजार हेक्टर धानखेतीयोग्य जमिनमध्ये ३८ हजार ५०० हेक्टरमा धानबाली लगाइएकामा बाढीले एक हजार ६३८ हेक्टर खेतको धानबालीमा क्षति पुर्याएको उहाँको भनाइ छ ।

जिल्लामा ७४ हजार मेट्रिक टन धान उत्पादन घट्ने अनुमान गरिएकोे छ । यसैबीच दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले किसानले पाउनुपर्ने राहत रकम चाँडोभन्दा चाँडो उपलब्ध गराउन माग गर्नुभएको छ । बाढीले रौतहटका करिब साढे चार सय घरपरिवार विस्थापित भएका थिए ।

त्यसैगरी, पछिल्लोपटक आएको वर्षाले धानबालीमा क्षति पुर्याएको छ । भित्र्याउने बेलाको धान वर्षाले भिजाएपछि किसान चिन्तित बनेका हुन् । वर्षाले किसानले धान भित्र्याउन नपाएको बृन्दावन– १ का किसान शिवमङ्गल पटेलले गुनासो गर्नुभयो । खेतमा काटेर राखेको धान सबै वर्षाले डुबाएको छ ।

यूएस बोर्डर पाट्रोलका एजेण्टहरूले ३ नोभेम्बर २०२५ मा ह्याम्पशायर, इलिनोइसमा ट्रक स्टपमा आप्रवासन नियम लागू गर्ने अभियानक...
04/11/2025

यूएस बोर्डर पाट्रोलका एजेण्टहरूले ३ नोभेम्बर २०२५ मा ह्याम्पशायर, इलिनोइसमा ट्रक स्टपमा आप्रवासन नियम लागू गर्ने अभियानका क्रममा एक ट्रक चालकलाई नियन्त्रणमा लिएका छन्।
(फोटो/एरिन हूली)

उत्तर कोरियाली नेता किम जोंग उन  एक सैन्य परेडको क्रममा हात हल्लाउँदै । त्यही समयमा किम योंग नाम (तेस्रो बायाँ), चोए र्य...
04/11/2025

उत्तर कोरियाली नेता किम जोंग उन एक सैन्य परेडको क्रममा हात हल्लाउँदै । त्यही समयमा किम योंग नाम (तेस्रो बायाँ), चोए र्योंग हे (दोस्रो बायाँ) र प्याक पोंग जू (मध्य) तालि बजाउँदै छन्।
(फोटो/वोङ मे-ई)

बिहानै यमुना नदीको किनारमा डुंगा वरिपरि उड्दै आएका प्रवासी चराहरूलाई खाना खुवाउँदै छन्।(फोटो/ राजेश कुमार सिंह)
04/11/2025

बिहानै यमुना नदीको किनारमा डुंगा वरिपरि उड्दै आएका प्रवासी चराहरूलाई खाना खुवाउँदै छन्।
(फोटो/ राजेश कुमार सिंह)

धानबालीनेपाल कृषि अनुसन्धान परिषद् क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुर, बारामा पाक्न लागेको धानबाली ।तस्बिर:  हिम...
04/11/2025

धानबाली
नेपाल कृषि अनुसन्धान परिषद् क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुर, बारामा पाक्न लागेको धानबाली ।
तस्बिर: हिमाल लम्साल / रासस

04/11/2025

पन्ध्र शय्याको बागलुङ नगर अस्पतालमा दुई मेडिकल अधिकृत
(समाचार कमेन्टमा)

Address

Bharatpur/chitwan

Alerts

Be the first to know and let us send you an email when Kalika FM posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kalika FM:

  • Want your business to be the top-listed Media Company?

Share