Ilam Khabar

Ilam Khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ilam Khabar, News & Media Website, .

21/11/2025

बाढी पहिरो पीडितको गुनासो

पत्रकार महासंघ इलामले गर्यो सार्वजनिक संवाद कार्यक्रमइलाम: नेपाल पत्रकार महासंघ इलामले बिहिबार इलाम चोक बजारमा आयोजना गर...
20/11/2025

पत्रकार महासंघ इलामले गर्यो सार्वजनिक संवाद कार्यक्रम

इलाम: नेपाल पत्रकार महासंघ इलामले बिहिबार इलाम चोक बजारमा आयोजना गरेको इलाममा असोज १८ र १९ गतेको विपद् तथा त्यसपछिको अवस्था विषयक सार्वजनिक संवाद कार्यक्रममा सहभागी पीडित र अन्य सरोकारवालाबीच सवाल जवाफ सम्पन्न भएको छ।

19/11/2025

सूचना तथा हार्दिक निमन्त्रणा

२०८२ असोज १८ र १९ गतेको विपद् र त्यसपछिको इलामको अवस्थाबारे कुनै सुझाव, जिज्ञासा र गुनासो छ ? यदि छ भने निम्न मिति, समय र स्थानमा सहभागी भइ आफ्नो सुझाव, जिज्ञासा र गुनासो सम्बन्धित निकायसँग प्रत्यक्ष राख्न सक्नुहुनेछ । र, सम्बन्धित निकायबाट जबाफ पाउनुहुनेछ ।

निम्न
मिति :२०८२ मंसिर ४ गते बिहीबार
समय : बिहान ठीक १० बजे
स्थान : इलाम चोक बजार

आयोजक
नेपाल पत्रकार महासंघ, इलाम शाखा

पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्यदण्डको सजायकाठमाडौँ —मानवताविरुद्धको अपराध गरेको भन्दै बंगलादेशकी पूर्वप्रधानमन्त्...
17/11/2025

पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्यदण्डको सजाय

काठमाडौँ —मानवताविरुद्धको अपराध गरेको भन्दै बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई त्यहाँको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ ।

गत वर्ष जुलाई-अगस्टमा भएको आल्दोलन दबाउन उनले मानवताविरुद्धको अपराध गरेको भन्दै त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाएको हो ।

बंगलादेशी मिडिया द डेली स्टारका अनुसार त्यहाँको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणको तीन सदस्यीय इजलासले सोमबार हसिनाविरुद्ध यस्तो आदेश गरेको हो । भारतमा निर्वासनमा रहेकै बेला हसिनाको उपस्थितिबिनै अदालतले मुद्दा चलाएको हो ।

४५३ पृष्ठको फैसला पढ्नुअघि न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजूमदारले ६ भागमा फैसला सुनाइने बताएका थिए । फैसलाको घोषणा बंगलादेशी टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो ।

हसिनासँगै बंगलादेशका पूर्वगृहमन्त्री असदुज्जमां खान कमाललाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ । त्यस्तै पूर्वप्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अल ममुनलाई ५ वर्ष कैद सजाय सुनाइएको छ । अदालतले हसिना र पूर्वगृहमन्त्री कमालको सबै सम्पत्ति जफत गर्न पनि आदेश दिएको छ ।

हसिनामाथि करिब १४ सयको हत्याको आरोप लगाइएको थियो । त्यस्तै जुलाई-अगस्तमा भएको प्रदर्शनमा २५ हजारभन्दा बढी घाइते भएको पनि अभियोजनपत्रमा उल्लेख थियो ।

नगरपालिकाले अहिलेसम्म २८ लाख ७२ हजार ३९६ रुपैयाँ मर्मत–सम्भारमा खर्च गरेको छ । बाढी–पहिरोले सबै वडाका अल–वेदर सडक र ग्रा...
17/11/2025

नगरपालिकाले अहिलेसम्म २८ लाख ७२ हजार ३९६ रुपैयाँ मर्मत–सम्भारमा खर्च गरेको छ । बाढी–पहिरोले सबै वडाका अल–वेदर सडक र ग्रामीण कच्ची सडकमा ठूलो क्षति पु¥याएको बैठकमा प्रस्तुत गरिएको छ ।

इलामः असोज १८ गतेको बेमौसमी वर्षासँगै आएको बाढी–पहिरोले सूर्योदय नगरपालिकामा परेको क्षति मूल्यांकन तथा पुनःनि....

17/11/2025

इलामः असोज १८ गतेको बेमौसमी वर्षासँगै आएको बाढी–पहिरोले सूर्योदय नगरपालिकामा परेको क्षति मूल्यांकन तथा पुनःनि....

किसानलाई धान थन्क्याउने चटारोइलाम: इलामका किसानलाई धान थन्क्याउने चटारो छ। असारमा रोपेको धान मङ्सिरमा थन्क्याउने गरिन्छ।
15/11/2025

किसानलाई धान थन्क्याउने चटारो

इलाम: इलामका किसानलाई धान थन्क्याउने चटारो छ। असारमा रोपेको धान मङ्सिरमा थन्क्याउने गरिन्छ।

तपाईंको ठाउँमा ढुवानी गर्न घोडा प्रयोग हुन्छ की बिस्थापित भईसक्यो?
15/11/2025

तपाईंको ठाउँमा ढुवानी गर्न घोडा प्रयोग हुन्छ की बिस्थापित भईसक्यो?

13/11/2025

उहाँका कुराले सबै नेता सम्पत्ति कमाएर बसेका हुँदैनन् भन्ने कुरा पनि देखाउँछ ।

जस्ले सपनामा देखेपछि माईखोलामा शिला फेला पारिन् । उनै प्रमिला कार्कीलाई सामाजिक सञ्जाल मार्फत गाली गलौज गरेर पाखा लगाउन ...
10/11/2025

जस्ले सपनामा देखेपछि माईखोलामा शिला फेला पारिन् । उनै प्रमिला कार्कीलाई सामाजिक सञ्जाल मार्फत गाली गलौज गरेर पाखा लगाउन खोजेको भन्दै उन्ले गुनासो गरेको थिन् । तर, अन्य थुप्रै धामी झाँक्री र माताहरूले फरक दृष्टिकोण राखिरहेका छन् । यस बिषयमा तपाईंको धारणा के छ?

स्विस सरकारको तर्फबाट सूर्योदय नगरपालिकाको भ्रमणमा आएका प्रतिनिधिले नगरका विभिन्न ठाउॅको भ्रमण गरेका छन् ।
08/11/2025

स्विस सरकारको तर्फबाट सूर्योदय नगरपालिकाको भ्रमणमा आएका प्रतिनिधिले नगरका विभिन्न ठाउॅको भ्रमण गरेका छन् ।

06/11/2025

प्रमिला कार्की यसो भन्छिन्...

इलाम: मानिसको बाक्लो भीडले नकरात्मक प्रतिक्रिया दिएपछि प्रमिला कार्की भावुक बनेकी छन् । ''मेरो रहर होइन, व्यवसाय पनि होइन । म पढ्दै गरेको मान्छे मेरो बाध्यता थियो। मलाई खेलौना नबनाउनुस्।‌ जे गर्न मन छ गर्नुहोस्। म अब झर्दिन ।‌' उन्ले भनिन,' सिडियो समेतले हुन्छ भनिसक्दा स्थानीयले दिनुभएन । अब त्यहीँ संरक्षण गर्नुहुन्छ भने गर्नुहोस्।'

मेची राजमार्गको राजदुवाली आसपास सिला भेटिएको विषयले सामाजिक सन्जाल तातिएको छ । आरोप, प्रत्यारोप र गाली धेरै भएपछि प्रमिलाले मानसिक रूपमा असर पर्नसक्ने संकेत देखाएकी छन् ।

Address


Alerts

Be the first to know and let us send you an email when Ilam Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ilam Khabar:

  • Want your business to be the top-listed Media Company?

Share