Khabar Prawaha

  • Home
  • Khabar Prawaha

Khabar Prawaha Khabar Prawaha
(2)

जय पाथिभरा माता!❤🙏🙏शुभ विहानी । माता पाथिभराको आर्शिबादले तपाईको दिन शुभ रहोस !❤🙏🙏
04/08/2026

जय पाथिभरा माता!❤🙏🙏
शुभ विहानी । माता पाथिभराको आर्शिबादले तपाईको दिन शुभ रहोस !❤🙏🙏

दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश
03/08/2026

दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश

03/08/2026

मिति २०८३/०४/१८ गते सोमबार
अपडेट ८:२५ बिहान
मुग्लिन नारायणगढ सडक खण्डको तुइनखोला पुल, नाम्सीखोलाको नयाँ पुलमा माथिबाट ढुङ्गा खस्दा र सिमलतालमा माथिबाट लेदो बगाएर सडकमा आउँदा सडक एकतर्फी अवरुद्ध बनेको छ।

सम्बन्धित स्थानमा पहिरो हटाउन डिभिजनको उपकरण परिचालन गरिसकिएको छ। थप पहिरो नझरे सडक दुईतर्फी सञ्चालनमा आउन करिब १ घण्टा लाग्ने अनुमान गरिएको छ ।
पानी परिरहेको र पहिरोको जोखिम कायमै रहेकोले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्नुहुन अनुरोध गरिन्छ ।

- सडक डिभिजन भरतपुर

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, के मा कति ?पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ ।नेपाल आयल निगमले आग राति १२ बजेबाट ल...
03/08/2026

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, के मा कति ?

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ ।

नेपाल आयल निगमले आग राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ , डिजेल र मट्टितेलमा ५ रूपैयाँ र हवाई इन्धनमा प्रतिलिटर २० रूपैयाँका दरले मूल्यवृद्धि भएको हो ।

सामाजिक सदभाव जोगाउन एआईजी ठाडामगर सक्रियसञ्जय मिश्रारौतहट, १७ साउन। सशस्त्र प्रहरी बल नेपालका एआईजी  गणेश ठाडा मगर आइतब...
02/08/2026

सामाजिक सदभाव जोगाउन एआईजी ठाडामगर सक्रिय

सञ्जय मिश्रा
रौतहट, १७ साउन। सशस्त्र प्रहरी बल नेपालका एआईजी गणेश ठाडा मगर आइतबार महोत्तरीको मटिहानी पुगेका छन्।
उनको स्वागत मटिहानी नगरपालिकाका नगरप्रमुख हरि प्रसाद मण्डलले गरेका थिए।



मटिहानी भ्रमणका क्रममा एआईजी मगरले जनप्रतिनिधि, नागरिक समाज, धार्मिक अगुवा तथा विभिन्न क्षेत्रका व्यक्तिसँग भेटघाट गर्दै नगर संगै सिंगो मधेशको शान्ति सुरक्षा, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सामुदायिक एकताबारे छलफल गरेका छन्।



उनले सबै समुदायलाई संयमित रहँदै आपसी विश्वास, संवाद र सहकार्यमार्फत शान्ति कायम राख्न आग्रह गरेको सहभागीहरूले बताएका छन्।



तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनमा हिन्दु–मुस्लिम समुदायबीच तनाव र साम्प्रदायिक हिंसाका घटना देखिएपछि सशस्त्र प्रहरी प्रधान कार्यालयले विशेष जिम्मेवारीसहित एआईजी मगरलाई मधेशमा परिचालन गरेको सुरक्षा स्रोतको भनाइ छ। उनले स्थानीय प्रशासन, नेपाल प्रहरी, जनप्रतिनिधि, धार्मिक अगुवा र समुदायबीच समन्वय बढाएर तनावग्रस्त क्षेत्रमा शान्ति, सद्भाव र सामाजिक विश्वास कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताइएको छ।



एआईजी मगर मधेश प्रदेशमा यसअघि डीआईजी तथा छिन्नमस्ता बाहिनी मुख्यालयका प्रमुखका रूपमा कार्यरत रहँदा पनि सीमा सुरक्षालाई प्रभावकारी बनाउने, तस्करी नियन्त्रणमा कडाइ गर्ने तथा सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधिविरुद्ध सक्रिय अभियान सञ्चालन गरेका अधिकारीका रूपमा परिचित छन्।



उनको नेतृत्वमा नेपाल–भारत सीमामा हुने चोरी–तस्करी, अवैध ओसारपसार र सीमापार आपराधिक गतिविधि नियन्त्रणका लागि गस्ती, निगरानी तथा सूचना संयन्त्रलाई थप सुदृढ बनाइएको थियो।



त्यस अवधिमा विभिन्न अवैध कारोबार नियन्त्रण हुनुका साथै सीमा क्षेत्रमा सुरक्षा उपस्थिति प्रभावकारी बनेको भन्दै स्थानीय तह तथा सुरक्षा क्षेत्रका जानकारहरूले उनको कार्यशैलीको सकारात्मक मूल्यांकन गर्ने गरेका छन्।



केही दिन देखी मधेश प्रदेशमा फैलिएको साम्प्रदायिक हिंसा नियन्त्रण तथा सदभाव कायम राख्न सरकारले नेपाल प्रहरीका ए आईजी उमा प्रसाद चतुर्वेदी, सशस्त्र प्रहरीका ए आईजी गणेश ठाडा मगर लगायत सुरक्षा निकायका उच्च अधिकारीहरु लाई बिशेष जिम्मेवारी सहित परिचालन गरेको थियो।

ब्रड पिकमा निम्सदाइको शव फेला
02/08/2026

ब्रड पिकमा निम्सदाइको शव फेला

उच्च शिक्षामा राजनीतिक हस्तक्षेप अन्त्य गरी योग्यता प्रणाली लागू गरिएको शिक्षामन्त्रीको दाबी
31/07/2026

उच्च शिक्षामा राजनीतिक हस्तक्षेप अन्त्य गरी योग्यता प्रणाली लागू गरिएको शिक्षामन्त्रीको दाबी

प्रधानमन्त्री शाहले तराई–मधेस क्षेत्रबाट प्रतिनिधित्व गर्ने रास्वपाका सांसदहरुसँग छलफल गर्नुहुँदैप्रधानमन्त्री वालेन्द्र...
31/07/2026

प्रधानमन्त्री शाहले तराई–मधेस क्षेत्रबाट प्रतिनिधित्व गर्ने रास्वपाका सांसदहरुसँग छलफल गर्नुहुँदै
प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तराई–मधेसका विभिन्न निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुसँग समसामयिक विषयमा छलफल गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीकाे सचिवालय

Address


Alerts

Be the first to know and let us send you an email when Khabar Prawaha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khabar Prawaha:

Shortcuts

  • Want your business to be the top-listed Media Company?

Share