
07/06/2025
सन् 1959 , स्थान लो मन्थाङ्ग ( मुस्ताङ्ग ) ।
चीन विरूद्ध सिआईएले तिब्बतिहरू, पछि गएर खम्पाहरूलाई सैन्य तालिम दिने स्थान ।
एकजना बौद्ध भिक्षु , जो सिआईएको एजेन्ट थिए , संग यौटा अद्भूत काठको बाकसमा यौटा मुर्ति थियो । मुर्तिको वजन थियो ४७ ग्राम । सिआईएका कमाण्डोले त्यो मुर्ति आफ्नो कब्जामा लिन्छन् ।
बाकस आफ्नो कब्जामा लिएर त्यसमा लेभल लगाए र त्यसलाई नाम दिए ST Circus Mustang - 0183 . त्यस पछि यसलाई सिआईएले इण्डिया स्थित आफ्नो बेस क्याम्प मार्फत अमेरिकाको आार्मी बेस क्याम्प Vale नजिक Hale , Colarodo मा राख्न पठाए । बाकसमा मुर्तिसंगै यौटा पाण्डुलिपि पनि भेटाए , जसको भाषा प्राक् ऋग्वेदिय थियो ।
मुर्ति 5.3 से . मि . लामो र 4.7 से. मि . चौडा थियो ,वजन 47 ग्राम । बाकस विशेष धातु र काठले बनेको थियो । मुर्तिको तल शिव - पार्वतीको आकृति पनि थियो । धेरैले यसलाई भगवान विष्णुको मुर्ति भन्छन् भने कसै कसैले शिवजीको भन्छन् ।
सिआइएले मुर्ति कब्जामा लिए पछि बौद्ध भिक्षु र खम्पा सेना मृत भेटिए । मुर्ति अमेरिका लगे पछि सिआईएले यसको रेडियो कार्बन परीक्षणको लागि University of California Rediation laboratory , Berkeley मा पठाउँछ । यसको नतिजा सुनेर सबै आश्चर्यचकित हुन्छन् । यो मुर्ति ईसा पूर्व २६,४५० वर्ष पूर्व द्वापर युगको हुन्छ , अहिलेको हिसाबले २८,७५० वर्ष पूर्वको र महाभारत युद्ध भन्दा २३,३०० वर्ष पूर्वको ।
विज्ञहरूले यो मुर्ति प्राचीन मेसोपोटेनिया , ईजिप्ट , महेञ्जादारो आदि सभ्यताहरू भन्दा हजारौं वर्ष पुरानो हो भनेर भने । उनीहरूले यसको नाम " कल्प विग्रह " राखे । यो सबै योजनामा सिआईएका निर्देशक जोन म्यककोन व्यक्तिगत रूपमा सामेल थिए । बाईबलमा बिग बैंगलाई ४,००० वर्ष पुरानो भनिएको छ ।
पाण्डुलिपिको भाषा प्राक् ऋग्वेदीय भएकोले विज्ञहरूलाई बुझ्न गाहारो भए पछि नेपाल र इण्डियावाट विज्ञहरू बोलाएर अध्ययन गर्न लगाउँदा यसको नाम महाआयुष रसायन विग्रा भेटियो । सिआईएलाई पाण्डुलिपि अध्ययन पछि थप जानकारी दिंदै भनियो , यो मुर्तिलाई कुनै तामाको भाँडामा नौ दिन सम्म पानीमा राखे पछि पानी चार्ज हुन्छ र त्यो पानी तीन दिन सम्म खानाले मानिसको उमेर धेरै लामो हुन्छ ।
सिआईएले यो विधि गर्यो र पानीलाई अलग - अलग प्रयोगशालामा पठाएर सबै प्रयोगशालाको रिपोर्ट सिआईएको निर्देशक जोन म्याककोनलाई पठाईयो ।
त्यस पछि सिआईएले वाटरिङ्ग टिम गठन गर्यो , पानीलाई अलग - अलग ठाउँको गोरा , काला सबै जातजाति र किशोर देखि वृद्ध सम्म सबै उमेरका मानिसहरूलाई खान लगायो । यो कुरा गोप्य नै राख्यो । यो प्रयोग 1960 को आसपासमै गरिएको थियो । पछि गएर यो कुरा त्यसै सेलायो ।
धेरै वर्ष पछि त्यो पानी खानेहरू पता लगाउँदा तिनीहरू आफ्ना नाति - पनातिहरू संग खेल्दै रमाई रहेका थिए । कसैको आयु ११० वर्ष र कसैको १२० वर्षका थिए । त्यो पानी खाएका मध्ये चाँडै मृत्यु हुनेमा कार दुर्घटनामा मृत्यु हुने रूथ गोलोन्का थिईन् , विली ली मार्गेनको हत्या गरिएको थियो , स्टिभर मार्टिन र बर्ट जेकिन्स भियतनाममा मारिन्छन् ।
तर अचानक 1996 मा सिआईएले कल्प विग्रह मुर्ति र पाण्डुलिपि चोरी भएको घोषणा गर्यो । धेरै छानबीन भयो , धेरैलाई सोधियो , सरकारी कर्मचारी , सेना सबैलाई सोधियो तर पता लागेन । यो भेटाउनेलाई लाखौं डलरको पुरस्कारको घोषणा गरे , अनेकौंको हत्या गरियो , विशेषगरि माईक्रोबायोलोजिष्टहरूलाई , तर पता लागेन । तर पाण्डुलिपि यौटा माईक्रोबायोलोजिष्टको घरवाट भेटियो । सिआईए श्रोत - 2 अनुसार हैदरावबाद ( इण्डिया ) मा सफ्टवेयर वा आईटि व्यवसायीले राखेकाछन् वा आन्ध्र प्रदेशको कुनै गाउँमा लुकाएर राखेकाछन् ।
भगवान विष्णुको हातमा सुदर्शन चक्र हुन्छ । सबैभन्दा पहिला सुदर्शन चक्र शिवजीसंग थियो अरू कसैसंग थिएन् । भगवान विष्णुले यसलाई प्राप्त गर्न वर्षौं सम्म शिवजीको तपस्या गरे । उनले हज्जारौं कमलको फूल शिवजीलाई अर्पण गरे ।
शिवजीले त्यस मध्ये यौटा फूल लुकाई दिनु भयो र विष्णुलाई यौटा फूल कम छ भनेर भने पछि विष्णुले आफ्नो आँखा झिकेर शिवजीलाई चढाउनु भयो । विष्णुको यो त्याग देखेर शिवजी प्रसन्न भएर आफ्नो सुदर्शन चक्र विष्णुलाई दिनु भयो । यो मुर्ति त्यही हो ।
नेपालको अस्तित्व सत्ययुग देखि थियो । सत्ययुगमा यसलाई सत्यवती , त्रेतायुगमा तपोवन र द्वापर युगमा मुक्तिसोपान भनिन्थ्यो । नेपालको पर्वत श्रृङ्खला १३ करोड वर्ष पुरानो हो र बुटवलमा भेटिएको प्राचीन मानव अवशेष रामापिथेकस एक करोड वर्ष भन्दा पनि पुरानो हो । नेपाल मानव उत्पत्ति , मानव सभ्यता , सनातन धर्म , वेद - वेदान्त , पुराण , स्मृति आदि ज्ञान - विज्ञानको उत्पत्ति स्थल हो । Copied