Uk fm 106.8 mhz

  • Home
  • Uk fm 106.8 mhz

Uk fm 106.8 mhz Uk fm is 1st radio station of Katari,Udayapur. Our motive is to give information to Katarian people and it's neighbours areas.

To know more about us visit our official website www.eukfm.com

गायक Shiva Thapa Magar को स्वर्गकि अप्सरा हौकी बोलको गितको भिडियो सार्बजनिक ।।
12/11/2025

गायक Shiva Thapa Magar को स्वर्गकि अप्सरा हौकी बोलको गितको भिडियो सार्बजनिक ।।

Aafno Creation Presents :Swargaki Apsara Hau Ki•स्वर्गकी अप्सरा हौ कि•New Music Video🎼 Lyrics | Music | Vocal : Shiva Thapa Magar🎼 Arrange : Ra...

12/11/2025

जेन जेड युनाईटेड मुभमेन्टले आज कटारीमा पत्रकार सम्मेलन गरी पर्सि कटारीमा आयोजना गर्न लागेको कार्यक्रमको बारेमा जानकारी दिएको छ । कार्यक्रम बारे जानकारी दिनुहुँदै अगुवा भुपन राई ।

नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘वाई-फाई 6G’ घोषणा गरेको छ ।     कम्पनीले नयाँ पुस्ताको ...
12/11/2025

नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘वाई-फाई 6G’ घोषणा गरेको छ ।
कम्पनीले नयाँ पुस्ताको लागि इन्टरनेट प्रविधि सार्वजनिक गरेको हो । यसले नेपाली उपभोक्ता र व्यवसायका लागि इन्टरनेट कनेक्टिभिटीको अनुभवलाई नयाँ दिशा दिने कम्पनीको दाबी छ । भविष्यको इन्टरनेटको रूपमा प्रस्तुत गरिएको ‘वर्ल्डलिंक सिक्सजी’ले हाल प्रचलनमा रहेको "वाई-फाई फाइभजी" प्रविधिभन्दा ४० प्रतिशत बढी कभरेज र चार गुणासम्म उच्च गति प्रदान गर्ने बताएको छ ।
कम्पनीका अनुसार यसले प्रयोगकर्तालाई भरपर्दो कनेक्सन, अझ सहज पर्फमेन्स र विभिन्न डिभाइस तथा स्थानमा पहिलेभन्दा मजबुत कनेक्टिभिटी सुनिश्चित गर्नेछ ।
नयाँ प्रविधिको सुरुवातको अवसरमा वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलीप अग्रवालले वर्ल्डलिंक नवप्रवर्तन र ग्राहक सन्तुष्टिप्रति निरन्तर प्रतिबद्ध रहेको बताए ।
उनले भने, “वाई-फाई सिक्स नेपालको स्मार्ट, द्रुत र प्रभावकारी डिजिटल जीवनतर्फको एक निर्णायक कदम हो । ”निम्न अनुसार रहेको छ 6G प्याकेजहरु

11/11/2025

नेकपा एमाले दुधौली नगर कमिटीद्वारा आयोजित बाइक र्याली कार्यक्रम्।

11/11/2025

संसद् विघटनविरुद्ध आज कटारी बजारमा एमालेका नेता, कार्यकर्ताहरूले गरेकाे विरोध र्‍याली l

कटारीबाट गाँजा सहित तीन जना पक्राउइलाका प्रहरी कार्यालय कटारीले हिजाे साँझ विशेष सूचनाकाे आधारमा कटारी –४ जहडीबाट  बिक्र...
11/11/2025

कटारीबाट गाँजा सहित तीन जना पक्राउ

इलाका प्रहरी कार्यालय कटारीले हिजाे साँझ विशेष सूचनाकाे आधारमा कटारी –४ जहडीबाट बिक्री वितरण भइरहेको अवस्थामा ११ किलाे ६६ ग्राम प्रतिबन्धित लागू औषध (गाँजा) सहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कटारी–४ का २० वर्षीय रंजित ठाकुर, वडा नं. ७ का ३९ वर्षीय अरजित तामाङ र वडा नं. ८ का ५० वर्षीय विष्णु बहादुर तामाङ रहेका छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीको ३३औँ आइजीपीमा दानबहादुर कार्की नियुक्तिनेपाल प्रहरीको आईजीपी दानबहादुर कार्की नियुक्त भएका छन्। सोमबार बस...
10/11/2025

नेपाल प्रहरीको ३३औँ आइजीपीमा दानबहादुर कार्की नियुक्ति

नेपाल प्रहरीको आईजीपी दानबहादुर कार्की नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनको नियुक्ति गरेको हो।

त्रियुगा नगर अस्पताल निर्माणका लागि २० करोडको भारतीय अनुदान सम्झौता सम्पन्न त्रियुगा नगर अस्पताल भवन निर्माणका लागि भारत...
10/11/2025

त्रियुगा नगर अस्पताल निर्माणका लागि २० करोडको भारतीय अनुदान सम्झौता सम्पन्न

त्रियुगा नगर अस्पताल भवन निर्माणका लागि भारतीय सरकारले प्रदान गरेको २० करोड रुपैयाँको अनुदान सहयोग सम्बन्धी आपसी सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

सम्झौता कार्यक्रम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सम्पन्न भएको हो, जहाँ त्रियुगा नगर प्रमुख बसन्त बस्नेत सहित भारतीय राजदूतावासका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

यस सम्झौताले नगरवासीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य राखिएको नगर प्रमुख बसन्त बस्नेतले बताए ।

कटारीमा खोरेँत रोग विरुद्ध खोप अभियान सुरुपशुमा लाग्ने खोरेँत रोग नियन्त्रण र अन्त्य गर्ने उद्देश्यले कटारी नगरपालिकाले ...
09/11/2025

कटारीमा खोरेँत रोग विरुद्ध खोप अभियान सुरु

पशुमा लाग्ने खोरेँत रोग नियन्त्रण र अन्त्य गर्ने उद्देश्यले कटारी नगरपालिकाले एक महिनासम्म चल्ने खोरेँत रोग विरुद्ध खोप अभियान सुरु गरेको छ।

अभियानको औपचारिक सुरुवात आज कटारी नगरपालिका–३ बाट गरिएको हो। उद्घाटन कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ३ का वडाध्यक्ष पुष्कर खड्काले खोप अभियानको शुभारम्भ गर्नुभयो।

नगरपालिकाको पशु सेवा शाखाका अनुसार, अभियान अन्तर्गत नगरका १४ वटै वडामा चरणबद्ध रूपमा खोप कार्यक्रम सञ्चालन गरिनेछ। नगरभित्रका १५ हजारभन्दा बढी पशुहरूलाई खोप लगाइने लक्ष्य रहेको पशु स्वास्थ्य प्राविधिक विजया न्यौपानेले जानकारी दिनुभयो।

कटारी–५ का टोलहरूलाई खेल सामग्री वितरण कटारी नगरपालिका वडा नम्बर ५ ले खेल क्षेत्रको विकास र युवामा खेल चेतना जगाउने उद्द...
09/11/2025

कटारी–५ का टोलहरूलाई खेल सामग्री वितरण

कटारी नगरपालिका वडा नम्बर ५ ले खेल क्षेत्रको विकास र युवामा खेल चेतना जगाउने उद्देश्यले वडाभित्र रहेका विभिन्न टोलहरूलाई फुटबल, भलिबल र नेट वितरण गरेको छ।

वडाअध्यक्ष मोहन तामाङका अनुसार, खेल क्षेत्रमा उच्च प्रगति गर्न र युवाहरूलाई खेलमैदानमा नियमित अभ्यास गर्न प्रेरित गर्ने उद्देश्यले प्रत्येक टोललाई २–२ थान फुटबलका साथ साथै भलिबल र नेट वितरण गरिएको हो।

“हाम्रो प्राथमिकता युवा पुस्तालाई खेलतर्फ आकर्षित गर्दै उनीहरूको ऊर्जा सकारात्मक दिशामा प्रयोग गर्नु हो,” वडाअध्यक्षले बताउनुभयो। उहाँका अनुसार खेल सामग्री वितरणको माध्यमबाट गाउँ–गाउँमा सामूहिक अभ्यास र टोलस्तरका प्रतियोगितालाई प्रोत्साहन गर्न सकिने विश्वास लिइएको छ।

यस क्रममा केही टोलहरूले अझै खेल सामग्री नलिएका हुँदा वडा कार्यालयमा सम्पर्क गरी लिन अनुरोध गरिएको छ। वडा कार्यालयले खेलमैदानमा दैनिकी अभ्यासलाई निरन्तरता दिँदै स्थानीय खेल प्रतिभा पहिचान र विकास गर्न सबै टोल र क्लबहरूलाई सहकार्यको आग्रह पनि गरेको छ।

ट्याक्टरबाट खसेर एक जनाको मृत्यू २३ कार्तिक, २०८२ | उदयपुर               आज अन्दाजी विहान ०८:४५ बजे लालपत्ता-दमौती कच्ची...
09/11/2025

ट्याक्टरबाट खसेर एक जनाको मृत्यू
२३ कार्तिक, २०८२ | उदयपुर
आज अन्दाजी विहान ०८:४५ बजे लालपत्ता-दमौती कच्ची सडकखण्डकाे त्रियुगा नगरपालिका-५ गेरुवाई खोला नजिक पिपलचौरीमा पिपलचौरीबाट लालपत्ता तर्फ आउँदै गरेको ट्याक्टरबाट खस्दा एकजनाकाे ज्यान गएकाे छ ।
स १ त ५४३५ नंम्बरको थ्रेसर मेसिन जडान भएको ट्याक्टर गुडिरहेको अवस्थामा ट्याक्टरमा सवार त्रियुगा नगरपालिका वडा नं. ५ पिपलचौरी बस्ने अन्दाजी ५८ बर्यिय दमसेर राईकाे ज्यान गुमेकाे हाे । अचानक खसेर घाईते भई उपचारको लागि जिल्ला अस्पताल उदयपुर लगिएकोमा चिकित्सकले मृत्यु घाेषणा गरेकाे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ ।
मृतक राई सोही ट्याक्टरका कामदार रहेकाे बुझिएकाे छ । ट्याक्टर जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा छ भने घटनास्थलबाटै फरार रहेक चालककाे खोजतलास कार्य भइरहेको प्रहरीले जनाएकाे छ ।

नेपाल तरुण दल दुधौलीको आयोजनामा नेपाल तरुण दल पुर्व जिल्ला सचिव पुर्व नगर सभापति पुर्ववडाअध्यक्ष दुधौली-७ को स्व.कुमार ब...
09/11/2025

नेपाल तरुण दल दुधौलीको आयोजनामा नेपाल तरुण दल पुर्व जिल्ला सचिव पुर्व नगर सभापति पुर्ववडाअध्यक्ष दुधौली-७ को स्व.कुमार बस्नेतको सम्मानमा प्रथम स्व.कुमार बस्नेत स्मृति गोल्डकप २०८२/०७/२५ गतेबाट सुरु भैई मंसिर ०२ समापन हुने कार्यक्रममा सहभागी हुन सम्पुर्ण सवैमा विनम्र अनुरोध छ।

Address

Katari/3

Alerts

Be the first to know and let us send you an email when Uk fm 106.8 mhz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Uk fm 106.8 mhz:

  • Want your business to be the top-listed Media Company?

Share