25/09/2025
टिकटकर आचल नाथमाथि पेट्रोल छर्की आ‘गो लगाइ ज्यान मा‘र्ने प्रयास, ग‘म्भीर अवस्थामा उपचार जारी
सामाजिक सञ्जाल टिकटकमा चर्चित कलाकार आचल नाथमाथि पेट्रोल छर्की आ‘गो लगाउने प्रयास भएको छ।
बिहीबार साँझ काठमाडौंको बौद्ध जम्बलिङ क्षेत्र नजिकै रहेको आफ्नै डेरामा बसिरहेको बेला अ‘ज्ञात व्यक्तिले उनीमाथि पेट्रोल छ‘र्केर आ‘गो लगाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।पहिलो चरणमा आ‘त्मदाहको आशंका गरिए पनि, परिवारले यो योजनाबद्ध आ‘क्रमण भएको दाबी गरेको छ।
गम्भीर घा‘इते अवस्थामा फेला परेकी आचललाई तुरुन्त उद्धार गरी केएमसी अस्पताल पु¥याइएको छ, जहाँ हाल उनको चिकित्सा उपचार जारी छ।चिकित्सकहरूका अनुसार, शरीरको ठूलो भाग ज‘लेको र अवस्था अत्यन्त चि‘न्ताजनक रहेको छ। प्रारम्भिक रिपोर्टले उनीको बाँ‘च्ने सम्भावना न्यून देखाएको छ।आचल नाथ टिकटकमा नृत्य, अभिनय र सामाजिक सन्देशमूलक भिडियो मार्फत पछिल्ला वर्षहरूमा निकै चर्चित बनेकी थिइन्। उनी केही म्युजिक भिडियोहरू र साना कलाकारितामा पनि सक्रिय थिइन्।हालसम्म आ‘क्रमणकारी को हुन् भन्ने खुल्न सकेको छैन। काठमाडौं प्रहरी परिसरले घटनास्थलको निरीक्षण गरी घटनाबारे अनुसन्धान सुरु गरिसकेको छ।