05/11/2024
खिल्जी असुरकोट दुर्घटना र पछिल्लो अबस्था !
फुलबारि, खिल्जी र असुरकोटको संगम स्थानमा दर्जनौ भैलिहरु नाचिरहेका थिए ।
चार गाउँका हजारौँ दर्शकहरु थियौँ ।
एक्कासी ठुलो आबाज आएको जस्तो लाग्छ । मैले थाहा पाउँदा म बस मुनि थिएँ । चार टायरको मध्य भागमा रहेको डिइस्पेन्सर मुनि म लगायत अन्य तिन जना थियौँ ।
कसैले मलाई बस मुनिबाट तानेर बाहिर निकाल्नुभयो ।
बाहिर निकै कोलाहाल थियो । मानिसहरु भागाभाग गरिरहेका थिए ।
म आफु ठिक भएको र अन्य घाईतेहरुलाई उद्धार गर्न तहाँ भएका भाईहरुलाई भन्दै अलिकति साइड लागेँ ।
म आत्तिएको हुँदा र शरिरमा चोटपटक ( सामान्य ) लागेको हुनाले हतास थिएँ ।
मानिसहरु रोईकराई गरेको, घाईतेहरुलाई बोकेर दगुराईरहेको दृश्य निकै कहालिलाग्दो थियो ।
त्यसैबिच एक जना जेस्ठ आमा बित्नुभएको थाहा पाएँ । उहाँ हाम्रो घरमा टिका लाईदिन आउनुभएको बुवाको फुजै दिदी भएको थाहा पाउँदा हामी अस्पताल जाँदै थियौँ ।
घटना हुनु पुर्व,
मैले मौलिक भैलाको प्रतक्ष्य प्रसारण गरिरहेको थिएँ । तहाँ हामी धेरै साथिभाई थियौँ । सामान्य बर्षा सुरुभएकोले केहि मानिसहरु ओत लाग्न हिन्दै थिए ।
त्यसैबिच हाम्रो पछाडि बस आईपुग्यो र ठुलो दुर्घटना घट्यो ।
मान्छे सोहोर्दै गरेको बस अर्को तर्फबाट आईरहेको ( रोकिएको ) बलेरो जिपमा नठोक्किएको भए - मानविय क्षति निकै ठुलो हुनसक्थ्यो ।
जहाँ बस रोकिन पुग्यो त्यो अगाडि करिब २ सय बुढाबुढिहरु बसेर भैलो हेर्दै हुनुहुन्थ्यो र मुनि पट्टि बाटोमा सयौँ मानिसहरु थिए ।
अहिले हामी जिल्ला अस्पतालमा छौँ । १० जनालाई बुटवल रिफर गरिएको छ ।
एकजना घटनास्थलमै बित्नुभयो । र अर्को बहिनी अस्पताल ल्याईसक्दा बित्नुभयो ।
त्यो बेला मसँग रहेका तिन फोनहरु नै हराएको हुनाले मैले कसैसँग सम्पर्क गर्न सकिन ।
पछि मेरो फोन वडा अदक्ष्य ( मामा) सँग आईपुगेको रहेछ । उहाँबाट मैले एउटा फोन पाएँ ।
तसर्थ,
कसैलाई रेस्पोन्स गर्न सकिन ।
मेरो अबस्था,
घाईते ३७ जना मध्य सामान्य चोटपटक लागेको हुनाले त्यस्तो गार्हो केहि छैन । बहिनी स्मृती पनि अहिले ठिकै छिन् ।
सायद हामी आज डिस्चार्ज हुन्छौ ।
यो घटना के हो, कसरि भयो र अब के गर्ने भन्नेबारे बिस्तारै थाहा लाग्ला ।
प्रारम्भिक घटना हेर्दा लापरबाहिको कारण भएको जस्तो देखिन्छ ।
अनुसन्धान गरि दोशिलाई कार्वाहि होस् ।
घाईते सम्पुर्णमा स्वास्थ्य लाभको कामना गर्दै मृतक प्रति भावपुर्ण श्रदान्जली व्यक्त गर्दछु ।
नोट – मलाई गाडि मुनिबाट निकाल्ने भाईप्रति कृतज्ञ छु । उद्धार गर्ने सम्पुर्ण टिम, अस्पतालमा सहजिकरण गर्ने महानुभावहरु, अस्पताल टिम र अन्य सम्पुर्ण महानुभावहरु प्रति आभार ।