Namchi update

Namchi update Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Namchi update, Broadcasting & media production company, Namchi.

दक्षिण सिक्किम नाम्ची स्थित किसान बाजार परिसरमा सप्ताहव्यापी श्रीमद भागवत माहापुराण कथा साप्तह ज्ञान यज्ञ  पुजाकाे मुख्य...
16/05/2022

दक्षिण सिक्किम नाम्ची स्थित किसान बाजार परिसरमा सप्ताहव्यापी श्रीमद भागवत माहापुराण कथा साप्तह ज्ञान यज्ञ पुजाकाे मुख्य मंन्त्रीका धर्मपत्नी कृष्ण कुमारी राईकाे करकमलबाट विधिवत रूपमा उद्घाटन गर्नु भयाे। पुजा समिति, नाम्ची द्वारा आयाेजित श्रीमत भागवत पुजा आज देखि आरम्भ भएर आउँदाें २२ मई २०२२ मा समापन हुने आयाेजक समितिले जानकारी गराए। कार्यक्रमकाे प्रारम्भीक सत्रमा शद्धालु भक्तजनहरू द्वारा कलाश यात्रा निकालीएकाे थियाे जाे बुम्टार पानी धारा देखि आरम्भ भएर नाम्ची पुजा मंण्डपमा समाप्त भएकाे थियाे। प्रथमतः मुख्य अथितिकाे बाहुलीबाट अखण्ड ज्याेति प्रज्वालन साथै उद्घाटन दिपक प्रज्वालन गरि पुजाकाे शाेभा बडाइन्। यसै क्रममा मुख्य अतिथिले आफ्नाे छाेटाे सम्बाेधनमा अखण्ड ज्याेतिकाे विशेषता विषयमा प्रकाश पर्दै मानिस पत्दतीमा हुने दाेष तथा समस्यकाे निवारण गर्ने क्षमता निर्माण गर्न सक्षम हुनु पर्ने बताइन्। सप्ताहव्यापी पुजा कार्यक्रममा सिलिगुडीबाट आउनु भएका प्रमुख वाचक देवराज महाराज साथै गान्टाेकका उप वाचक प० रूपनारायण तिमसिनाबाट कथा ज्ञान प्रस्तुत गर्नेछ। यसै क्रममा पुजा समितिका प्रमुख सल्लाहकार भाेजराज राई, प्रमुख संरक्षक गणेश राई, सल्लाहकार सतीस चन्द्र राई, एसजि लेप्चा, अध्यक्ष छिरिङ डेम भुटिया, नारी शक्ति प्रभारी कला सुब्बा, एनएमसि उप अध्यक्ष सबित्री तामाङ, बाल अधिकार संरक्षण सिक्किम आयाेगका अध्यक्ष राेमा तामाङ, एनएमसिका सम्पुर्ण पारषदगण, वरिष्ठ पार्टी कर्याकर्तागण साथै नाम्ची वरिपरिका शद्धालु भक्तजनहरूकाे विशेष उपस्थिति रहेकाे थियाे। साेहि दिन मुख्य मंन्त्रीका धर्मपत्नी कृष्ण कुमारी राई आसाङथाङ्ग ग्राम पन्चयत इकाई अन्तगत सामबुङ्ग पञ्च्यात वार्डमा सामछाेईलिङ्ग गुम्बा साथै सिहं देवी मंन्दिरकाे उद्घाटन कार्यक्रममा औपाचारिक भ्रमण गर्नु भयाे। भ्रमणकाे क्रममा श्रीमती राईले स्थानीय जनताहरू संघ भेटवार्ता गरिन्।

दक्षिण सिक्किम नाम्ची स्थित ताङसाङ्ग आरचरी खुल मैदानमा २०औं मुख्य मंन्त्री स्वर्ण कप पारम्पारिक आरचरी प्रतियोगिता २०२२ क...
15/05/2022

दक्षिण सिक्किम नाम्ची स्थित ताङसाङ्ग आरचरी खुल मैदानमा २०औं मुख्य मंन्त्री स्वर्ण कप पारम्पारिक आरचरी प्रतियोगिता २०२२ काे समापन समाराेह सम्पन्न भयाे। सिक्किम आरचरी संघकाे सहयाेगमा टेण्डाेङ आरचरी संघले आयाेजना गरेकाे उक्त आरचरी प्रतियोगिता मा सिक्किम सरकारका शहरी विकास तथा अवास विभाग साथै खाद्य एवं नागरिक आपूर्ति विभाग मंन्त्री अरूण उप्रेती प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। मुख्य अतिथिकाे आसानशबाट बाेल्दैं मंन्त्री ले ताङसाङ्ग आरचरी खेल मैदान आरचरी संघलाई दान गरिएकाेमा शुभकामना साथै धन्यवाद दिए। सम्बाेधन गर्ने क्रममा मंन्त्रीले वर्तमान ताङसाङ्ग आरचरी खेल मैदानलाई स्वर्गीय जिक्मी वाङ्गचुक लासाेपा इस्मृती आरचरी खेल मैदान नामले नामकरण सर्व सहमति द्वारा पारित गरियाे। स्मरण गराइन्छ् कि लगभग १२ वटा आरचरी टाेलीहरूले सहभागिता जनाएकाे प्रतियोगिता गत १ मई २०२२ देखि आरम्भ भएकाे थियाे भने आज समापन समाराेह सम्पन्न भयाे। आजकाे फाइनल खेलकाे कार्यक्रममा मुख्य अतिथिकाे बाहुलीबाट विभिन्न व्यक्तितत्वहरू जाेली वाङ्गयाल लासाेपा, साेनाम पिञ्साे ईथेन्पा, आदेन भुटिया, एनटि भुटिया साथै चाेङ्गडा शेर्पालाई
प्रसन्नता पत्र दिएर सम्मान जनाए।
आज खेलिएकाे फाइनल खेल सिच्चे मारभरिक्स गान्टाेककाे भिडन्त ग्रिन तारा गान्टाेक माझमा भएकाे थियाे। २०औं मुख्य मंन्त्री स्वर्ण कप पारम्पारिक आरचरी प्रतियोगिता २०२२ काे उपाधि भिडन्तमा सिच्चे मारभरिक्स गान्टाेकले ग्रीन तारा गान्टाेकलाई २८ काे विरुद्ध ४६ अंक लिएर विजय भए। आज खेलिएकाे फाइनल भिडन्तमा मुख्य अतिथिले विजेता दल साथै उप विजेता दल लाई विजेता ट्रफी साथै उप विजेता ट्रफीकाे नगद रू० दुई लाख अनि रू० एक लाख प्रधान गरे। यसैगरि समापन समाराेहमा वरिष्ठ पार्टी उप अध्यक्ष भाेज राज राई, एनएमसि अध्यक्ष गणेश राई, भवन तथा अवास विभाग अध्यक्ष टाशी दोर्जी तामाङ, सडक तथा पुल विभाग अध्यक्ष साइमन कुलुङ्ग, जिल्ला अध्यक्ष छिरिङ डेम भुटिया, वन तथा पर्यावरन विभाग सल्लाहकार गाेदेन छिरिङ भुटिया, क्षमता काैशल विकास विभाग सल्लाहकार सतिश चन्द्र राई, एनएमसिका सम्पुर्ण पाषदगण, पार्टीका कर्याकर्तागण साथै ११- नाम्ची सिगीथाङ्ग समष्टिका दर्शकहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे। उक्त समापन समाराेहमा स्थानिय विद्यार्थीहरू द्वारा रंगारग संस्कृतिक नित्यहरू पनि प्रस्तुत गरेका थिए। आयाेजक समिति द्वारा मुख्य अतिथि साथै अन्य वरिष्ठ अतिथिहरूलाई इस्मृती चिन्ह प्रधान गरेर सम्मान जनाए।

दक्षिण सिक्किम नाम्ची स्थित ३०- मिखाेला सिगीथाङ ग्राम पन्चायत इकाई  अन्तगत लाेवर मिखाेला वार्ड नम्बर ०२ र अप्पर मिखाेला ...
15/05/2022

दक्षिण सिक्किम नाम्ची स्थित ३०- मिखाेला सिगीथाङ ग्राम पन्चायत इकाई अन्तगत लाेवर मिखाेला वार्ड नम्बर ०२ र अप्पर मिखाेला वार्ड नम्बर ०१मा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीकाे बुथ स्तरीय समिति गठन साथै वार्ड स्तरीय समीक्षा सभा सम्पन्न भयाे। यस सभामा लाेवर मिखाेलाका वरिष्ठ नागारीक एवं राष्ट्रिय पुरस्कार द्वारा पुरस्कृित कमल दास राई सभा अध्यक्षकाे रूपमा उपस्थित रहेका थिए। समष्टि स्तरीय समितिकाे तत्वधानमा आयाेजित उक्त समीक्षा सभामा ११- नाम्ची सिगीथाङ समष्टिका प्रभारी गणेश राई, सिएलसि अध्यक्ष टाशी दोर्जी तामाङ्ग, सल्लाहकार गाेदेन छिरिङ भुटिया, दक्षिण सिक्किम महा सचिव प्रभारी एसजे लेप्चा, दक्षिण सिक्किम दक्षिण सिक्किम नारी शक्ति उप अध्यक्ष एवं प्रभारी कला सुब्बा, एनएमसि संयाेजक राजु तामाङ, सिएलसि महा सचिव एवं पारषद नोर्बु भुटिया, सिएलसि नारी शक्ति महा सचिव लासाेङ तामाङ, जिल्ला पञ्च्यात सुरेश राई, सिएलसि संयाेजक दावा तामाङ, नारी शक्ति संयाेजा रिमा गुरूङ साथै स्थानीय गाउँलेहरूकाे विशेष उपस्थिति रहेकाे थियाे। कार्यक्रममा जिल्ला पञ्च्यातले सम्पुर्ण अतिथिगणलाई स्वागत जनाउँदैं अप्पर तथा लाेवर मिखाेला वार्डमा जिल्ला पञ्च्यात काेषबाट गरिएका विभिन्न विकासहरूकाे संक्षिप्तमा जानकारी गराए। सभालाई सम्बाेधन गर्ने क्रममा प्रभारी कला राईले उक्त सभा एसकेएम पार्टी अध्यक्ष प्रेम सिहं तामाङ गाेलेकाे दिशा निर्देश साथै समावेसी राजनीतिक भएकाे कारणले आज समस्त जनताहरूले हक अधिकार एवं सुरक्षा पाएकाे बताइन्। व्यक्तिगत विचारले वार्ड साथै पार्टीलाई
नराम्रो प्रभाव पर्नेछ भन्ने कुरालाई जनसभामा राखिइन्। अब आउँदाें २०२४ काे आम चुनावमा एसकेएम पार्टीले दोश्रो पटक सरकार गठन गर्न संगक्षम भएकाे बताउँदैं बुथ स्तरीय समिति साथै वार्ड स्तरीय समितिका सदस्यहरू पार्टीकाे एक अभिन्न अंग रहेकाे अवगात गराइन्। पार्टी अध्यक्षले नारी शक्तिहरूकाे निम्ति विभिन्न प्रकारकाे लाभदायक याेजनाहरू ल्याएकाे जानकारी गराइन्। सम्बाेधनकाे क्रममा सिएलसि संयाेजकले बुथ स्तरीय समिति तथा वार्ड स्तरीय समिति संगठनकाे महत्वपुर्ण अंग रहेकाे बताए। थप जानकारी गराउँदैं पार्टीकाे हित साथै पार्टी अध्यक्षकाे नेत्त्रित्वलाई आत्मासाथ गरेर पार्टीकाे काम गरिदिने अवाहन गरे। बुथ स्तरीय समितिकाे भुमिका बारे बाेल्दै संयाेजकले वार्डका हरेक मतदाताहरूकाे नामवाली सूची तयार गरिनु पर्ने बताए। अध्यक्ष तामाङले सम्बाेधन गर्दै बुथ स्तरीय समितिकाे उद्देश्य विषयमा आफ्नाे विचार राख्दैं सदस्यहरूले आफ्नाे वार्डकाे प्रतेक मतदाताहरूकाे डाटा सङ्ग्रह गर्नु पर्ने भनी सभामा जानकारी गराए। पच्चीस वर्षकाे शासनकालमा थातीमा रहेकाे विकास कार्यहरू तीन वर्ष नबित्दैं एसकेएम सरकारले पूरा गरि रहेकाे जनसभालाई जानकारी गराए। थप बताउँदैं नयाँ पुरानाे भन्ने विचार नराखेर एक जुट भएर समष्टि तथा पार्टीकाे निम्ति काम गरिदिने अवाहन गरे।कार्यक्रमलाई सम्बाेधन गर्दै छेत्र प्रभारी गणेश राईले सरकारबाट उप्लब्द हुने धेरै प्रकारकाे सहुलियतहरूकाे छाेटकारीमा सभालाई जानकारी गराए। वार्ड स्तरीय समितिका सदस्यहरूलाई सरकारी सहुलियतकाे लाभार्थीहरूकाे सहि तरिकामा शुचि बनाई दिने अवाहन गरे। सिक्किम गरीब अवास याेजना विषय माथि प्रकाश पर्दै अध्यक्षले वार्डमा पाउँनु पर्ने जनताहरूलाई दिने प्रतिवदाता जनाए। नारी सशक्तीकरणकाे महत्व बारे अवागत गराउँदैं गाउँकाे चेली नारीहरूलाई अघि आई विभिन्न प्रकारकाे याेजनाहरूकाे लाभ उठाउने सम्पुर्णलाई अवाहन अध्यक्षले गरे। उक्त सभामा लाेवर मिखाेलाका वर्तमान पञ्च्यात बुद्ध राज राईले विपक्षी एसडिएफ पार्टी त्यागी सत्तारूढ एसकेएम पार्टीमा आधिकारिक रूपमा सामेल भए। अप्पर मिखाेला साथै लाेवर मिखाेला पञ्च्यात वार्डबाट बुथ स्तरीय समितिकाे निम्ति कुल छ जना सदस्यहरूलाई मनाेनित गरे। कार्यक्रममा जनताजनारधन समक्ष अन्तरक्रिया कार्यक्रम पनि राखेकाे थियाे।

दक्षिण सिक्किमकाे १२- मल्ली समष्टि अन्तर्गत भिमबिरे ७ माइल सुम्बुकमा ४७ औं अन्तर राज्य हात्तेभकुण्डाे प्रतियोगिता २०२२ स...
10/05/2022

दक्षिण सिक्किमकाे १२- मल्ली समष्टि अन्तर्गत भिमबिरे ७ माइल सुम्बुकमा ४७ औं अन्तर राज्य हात्तेभकुण्डाे प्रतियोगिता २०२२ सम्पन्न भई रहेकाे छ। सुम्बुकका युवाहरू द्वारा आयाेजित उक्त प्रतियोगिता "ड्रग्स मुक्त सिक्किम" विषयवस्तुलाई समिटेर आयाेजना गरिएकाे जानकारी गराए। आज खेलिएकाे प्रतियोगिताकाे खेलमा राज्य स्तरीय संगठनका माह सचिव प्रवित्र मानव मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए। यसै गरि भवन तथा अवास विभागका अध्यक्ष टाशी दोर्जी तामाङ विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए भने छेत्र प्रभारी तिलक बस्नेतकाे विशेष उपस्थिति थियाे। आज खेलिएकाे हात्तेभकुण्डाे खेल अजय XI काे भिडन्त वाईएसविसि दरमदिनकाे माझमा खेलिएकाे थियाे। जसमा वाईएसविसि दरमदिनले अजय XI लाई १ सेटकाे विरुद्ध ३ सेट हासिल गरि विजय बने। यस्तै प्रकारले खेलिएकाे खेलमा बिडिओ निलकण्ड भन्डारी, ड० राेशन प्रधान, दक्षिण सिक्किम युवा प्रकोष्टका महा सचिव बन्दन तामाङ, पञ्च्यातगण साथै गाउँहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे। उक्त प्रतियोगिता गत ३ मई देखि आरम्भ भएकाे थियाे भने आउँदाे १६ मईकाे दिन फाइनल खेल खेलिने आयाेजक समितिले जानकारी दिए। कार्यक्रममा रंगारंङ्ग संस्कृतिक नित्यहरू पनि प्रस्तुत गरेका थिए।

दक्षिण सिक्किम २८- मणिराम फालीडाँडा ग्राम पन्चायत इकाई  अन्तगत भञ्जयाङ्ग  वार्ड नम्बर ०५ मा सिक्किम क्रान्तिकारी मोर्चा ...
07/05/2022

दक्षिण सिक्किम २८- मणिराम फालीडाँडा ग्राम पन्चायत इकाई अन्तगत भञ्जयाङ्ग वार्ड नम्बर ०५ मा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीकाे बुथ स्तरीय समिति गठन साथै वार्ड स्तरीय समीक्षा सभा सम्पन्न भयाे। यस सभामा भञ्जयाङ्ग वार्डका वरिष्ठ नागारीक मदन कुमार प्रधान सभा अध्यक्षकाे रूपमा उपस्थित रहेका थिए। उक्त समीक्षा सभामा ११- नाम्ची सिगीथाङ समष्टिका प्रभारी गणेश राई, सिएलसि अध्यक्ष टाशी दोर्जी तामाङ्ग, सल्लाहकार गाेदेन छिरिङ भुटिया, दक्षिण सिक्किम महा सचिव प्रभारी एसजे लेप्चा, दक्षिण सिक्किम खेलकुद प्रकोष्टका उप अध्यक्ष निमा शेर्पा, सिएलसि नारी शक्ति महा सचिव लासाेङ तामाङ, सिएलसि संयाेजक दावा तामाङ, चालाक मोर्चा उप अध्यक्ष सुबास तामाङ, मणि प्रताप तामाङ,सिएलसि संयाेजक स्याम सुब्बा साथै स्थानीय गाउँलेहरूकाे विशेष उपस्थिति रहेकाे थियाे। सभालाई स्वागत जनाउँदैं वार्ड अध्यक्ष प्रदीप मंगरले वार्डमा भएकाे गतिविधि माथि आफ्नाे विचार राखे। यस्तै प्रकारले सिएलसि नारी शक्ति संयाेजा रिमा गुरूङले भञ्जयाङ्ग वार्ड नारी शक्ति कर्याकर्ताहरूलाई अघि आई पार्टीकाे काम गरिदिने अवाहन गरिन्। एसकेएम पार्टीकाे उदेश्य तथा नीति सिद्धान्त बारे बताउँदैं पार्टी हारेमा सम्पुर्ण कर्याकर्ताहरू हारेकाे सभालाई जानकारी गराईन्। सभालाई सम्बाेधन गर्दै दक्षिण सिक्किम महा सचिव प्रभारी एसजे लेप्चाले प्रजातान्त्रिक ढाँचामा बुथ स्तरीय समितिकाे एकधमै महत्वपुर्ण भुमिका रहेकाे बताए। हाेशयारीपुर्वक बुथ स्तरीय समितिले काम गर्नु पर्ने सभालाई जनाए।सिक्किम सरकारले सिक्किमे जनताकाे स्वस्थ्यलाई ध्यानमा राखेर धेरै प्रकारकाे स्वस्थ्य सुविधाहरू शुरू गरेकाे बताए। सिएलसि अध्यक्ष टाशी दोर्जी तामाङ्गले आफ्नाे सम्बाेधनमा बुथ स्तरीय समिति गठन गरिनुकाे उदेश्यमा बाेल्दैं पार्टी अध्यक्षकाे दिशा निर्देशनमा गाउँ घरका जनताहरूकाे समस्याकाे हल गर्न हेतु सभाहरू सम्पन्न भई रहेकाे बताए। थप जानकारी गराउँदैं बुथ स्तरीय समितिका सदस्यहरूकाे निम्ति दुई दिने प्रशिक्षण शिविर आयाेजना गरिने बताए। पार्टी तथा पार्टी अध्यक्षकाे निर्णयलाई शिराेपर गरि काम गर्नु नै समितिकाे कर्तव्य तथा जिम्मेवारी हाे भनी बताए। बुथ स्तरीय समितिकाे सदस्यहरूले आफ्नाे वार्डकाे प्रतेक मतदाताहरूकाे समस्यहरूकाे समाधान गर्नु नै समितिकाे मूल उदेश्य हाे भनी बताए। वार्डकाे गुणस्तरीय विकास गर्न वार्ड पन्च्यात संग मिलेर काम गर्ने वार्ड स्तरीय समितिलाई अवाहन गरे। समष्टि प्रभारी गणेश राईले जनसभालाई सम्बाेधन गर्दै नव गठित समितिका सदस्यहरूलाई पञ्च्यात भन्दा अधिक राम्रो काम गरिदिने अवाहन गरे। विभिन्न प्रकारकाे सरकारी सहुलियतहरूकाे विषयमा संक्षिप्तमा बताउँदैं आउने भविष्यमा सम्पुर्ण जनता जनारधनहरूले क्रमशैले सरकारी सहुलियतकाे लाभ उठाउँनु पाउने जानकारी गराए। सिड सेल प्रकोष्टकाे विषयमा बताउँदैं शिक्षित युवाहरूलाई अघि आई लाभ उठाउने सुझाव राखे। कार्यक्रममा भञ्जयाङ्ग वार्डबाट कुल तीन जना सदस्यहरू बुथ स्तरीय समितिका निम्ति मनाेनित गरे। यस्तै प्रकारले उक्तसभामा अन्तरक्रिया कार्यक्रम पनि आयाेजना गरिएकाे थियाे।

A fifth day of 20th Chief Minister Gold Cup Traditional Archery Tournament (Compound) 2022 was held at Tangsang Archery ...
06/05/2022

A fifth day of 20th Chief Minister Gold Cup Traditional Archery Tournament (Compound) 2022 was held at Tangsang Archery Field, Namchi, South Sikkim. The archery match was grace by SKM Vice President Lobzang Bhutia as chief guest. He was also accompanied by CLC President BP Sharma, CLC Nari Shakti Joint Sect. Yasodha Chettri, CLC Coordinator Karma Gyamtso Lama, Tourism Wing Coordinator Phungsung Bhutia, members of organising committee and presence of local villagers. The event was organised by Tendong Archery Club under the banner of Sikkim Archery Association. The fifth day archery match was played between Sichey Mavericks and Tathangchen ( White). The match was played on knockout basis. In the 20 round game both the archery team score equal point 42 - 42 points. In the end of the game Sichey Mavericks was declared winner of the game against Tathangchen white by scoring 2 more point in the panelty shotout. Now, Sichey Mavericks of Gangtok was selected for the next round of the tournament. The final match of the tournament will played on 15th of May 2022 here at Tangshang Archery Field.

आज २० औं मुख्य मंन्त्री स्वर्ण कप पारम्परिक आरचरी प्रतियोगिता (कम्पाउण्ड) २०२२ काे चाैथाें दिनकाे खेल नाम्ची स्थित ताङसा...
05/05/2022

आज २० औं मुख्य मंन्त्री स्वर्ण कप पारम्परिक आरचरी प्रतियोगिता (कम्पाउण्ड) २०२२ काे चाैथाें दिनकाे खेल नाम्ची स्थित ताङसाङ आरचरी खेल मैदानमा सम्पन्न भयाे। टेण्डाेङ आरचरी कल्ब साथै सिक्किम आरचरी संघकाे संयुक्त आयाेजनामा आयाेजित प्रतियोगितामा राभाङ्ग निवासी सरकारी ठिकेदार एंव समाज सेवक साेनाम थिंनले मुख्य अतिथिका रूपमा उपस्थिति रहेका थिए। यस्तै प्रकारले उक्त खेलका ११-नाम्ची सिगीथाङ समष्टिका प्रभारी गणेश राई, वरिष्ठ नागारीक केबि राई, पुर्व अध्यक्ष साेनाम भुटिया, आयाेजक समितिका सदस्यगण साथै गाउँलेहरूकाे विशेष उपस्थिति रहेकाे थियाे। चाैंथाे दिनकाे खेल मेनामला राबाङकाे सामना नाभे समेताक गान्टाेककाे माझमा भिडन्त भएकाे थियाे। जसमा नाभे समेताक गान्टाेकले मेनामला राबाङ्गलाई ०४ विरुद्ध ४६ लिएर अघिलाे चरनमा पुगेकाे छ। आयाेजा समिति द्वारा मुख्य अतिथिलाई इस्मृती चिन्ह प्रधान गरेका थिए।

टेण्डाेङ्ग आरचरी क्लब, नाम्चीकाे तत्वधानमा आयाेजित २० औं मुख्य मंन्त्री स्वर्ण कप परम्परागत आरचरी प्रतियोगिता (यौगिक) २०...
05/05/2022

टेण्डाेङ्ग आरचरी क्लब, नाम्चीकाे तत्वधानमा आयाेजित २० औं मुख्य मंन्त्री स्वर्ण कप परम्परागत आरचरी प्रतियोगिता (यौगिक) २०२२ काे तेस्रो दिनकाे खेलमा सि एल सि काेषाध्क्षय के बि तामाङ्ग मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए। नाम्ची स्थित ताङसाङ्ग आरचरी खेल मैदानमा खेलाएकाे प्रतियोगितामा सडक तथा पुल विभागका डि ई वसन्त गुरूङ्ग, जे ई साङ्गे भुटिया, सिक्किम आरचरी संघका महा सचिव ग्यालछेन भुटिया, आयाेजक समितिका सदस्यगण साथै गाउँलेहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे। सिक्किम आरचरी संघकाे देखरेखमा समपन्न प्रतियोगितामा सिक्किम साथै प० बंगालबाट कुल १२ वटा दलहरूले सहभागिता जनाएकाे छ। यस प्रतियोगितामा टेण्डाेङ्ग आरचरी क्लबले विजेता दललाई नगद राशी रू० दुई लाख अनि उप विजेता दललाई रू० एक लाखकाे साथमा आकर्षक ट्रफी पनि प्रधान गरिने आयाेजक समितिले जानकारी गराए। प्रतियोगिताकाे तेस्रो दिनकाे खेल ताथाङ्गचेन (रेड) काे भिडन्त सेराबाे (मंगन) काे माझमा भएकाे थियाे। बीस राउण्डकाे खेलमा ताथाङ्गचेन (रेड)ले सिराबाे (मंगन) लाई ३६ अंककाे विरुद्ध ४६ अंक लिएर अघिलाे चरणकाे निम्ति चयन भएका छन्।

02/05/2022

दक्षिण सिक्किमकाे ११- नाम्ची सिगीथाङ्ग समष्टि अन्तरगत् २८- मनिराण फालीडाँरा ग्राम पन्चायत इकाईकाे मणिराम वार्ड साथै आले वार्ड सिक्किम क्रान्तिकारी मोर्चा पार्टीकाे बुथ स्तरीय समिति गठन साथै वार्ड स्तरीय समीक्षा सभा मणिराममा सम्पन्न भयाे। यस समिति गठन सभामा मणिराम वार्ड साथै आले वार्डका वरिष्ठ नागारीक साेम छिरिङ तामाङ तथा नाकथाङ्ग भुटिया सभा अध्यक्षकाे रूपमा उपस्थित रहेका थिए। यसैगरी सभामा नाम्ची नगर परिषदका अध्यक्ष एवं छेत्र प्रभारी गणेश राई, सि एल सि अध्यक्ष टासी दोर्जी तामाङ्ग, सल्लाहकार गाेदेन छिरिङ भुटिया, दक्षिण सिक्किम नारी शक्ति उप अध्यक्ष कला सुब्बा,दक्षिण सिक्किम महा सचिव उपस्थिति रहेकाे। कार्यक्रमलाई सम्बाेधन गर्दै सि एल सि अध्यक्ष टासी दोर्जी तामाङ्गले पार्टीलाई बलियाे बनाउन युवाहरूकाे एकधमै महत्वपूर्ण भुमिका रहेकाे बताउँदैं आफ्नाे पन्ञ्यात वार्डकाे विकास गर्न हेतु प्रकारकाे कार्यक्रमहरू तयार गरेर राख्ने अवाहन गरे। शिक्षित युवाहरूलाई सरकारबाट उप्लब्द हुने सरकारी याेजनाहरूकाे लाभ उठाउने जानकारी गराए। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीकाे समावेसी राजनैतिक नै पार्टीकाे मूल सिद्धान्त रहेकाे बताउँदैं वार्ड पन्चायतहरू पार्टी संग मिलेर जनताकाे काम गर्ने अवाहन गरे। छेत्र प्रभारी गणेश राईले नव गठित समितिका सदस्यहरूलाई राम्रो प्रकारले पार्टीकाे काम गरिदिने अवाहन गरे। सभालाई विभिन्न सरकारी सुलियतहरूकाे जानकारी गराउँदैं बुथ स्तरीय समिति तथा वार्ड स्तरीय समितिकाे विशेषता तथा उदेश्य बारे संक्षिपमा अवगात गराए। कार्यक्रममा मिडल फालीडाँडा निवासी धिताश तामाङ्गले विपक्षी पार्टी त्यागेर सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीमा सामेल भए। यस सभामा महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम पनि राखिएकाे थियाे।

02/05/2022

अन्तर्राष्ट्रिय श्रमिक दिवसकाे उप्लक्ष्यमा नाम्ची नगर परिषद्ले श्रमिक दिवस भव्यताका साथ पालन गयाे। उक्त दिवसमा
सहायक नर्सिङ अधीक्षक हेमाला राई मुख्य अतिथिका रूपमा उपस्थित रहेकी थिइन्। यसैगरि दिवसमा नाम्ची नगर परिषद्का अध्यक्ष गणेश राई, उप अध्यक्ष सबित्री तामाङ्ग, दक्षिण सिक्किम नमरी शक्ति महा सचिव एंव प्रभारी कला सुब्बा, नाम्ची नगर परिषद्का सम्पुर्ण पारषद्गगण साथ साथै नाम्ची नगर परिषद्का सम्पुर्ण सफाई कर्मचारीहरूकाे विशेष उपस्थिति रहेकाे थियाे। कार्यक्रमलाई स्वागत जनाउँदैं प्रमुख कार्यकारी अधिकृत लाक्पा ग्याल्पाे शेर्पाले श्रम दिवसकाे इतिहास बारे जागारूक गराउँदैं मुख्य मंन्त्रीका धर्मपत्नि श्रीमती कृष्ण राई प्रति आभार प्रकट गरे। सफाई कर्मचारीहरूलाई बधाई दिदैं कर्मचारीहरूकाे काम प्रतिकाे लगनशीलता साथै महत्व एंव उदेश्य बारे कार्यक्रममा जानकारी गराए। सफाई कर्मचारीहरूकाे जिम्मेवारी विषयमा बाेल्दैं नाम्ची परिसरलाई सफा राख्न ईमानदारीपूर्वक आफ्नाे काम गरिदिने कार्यक्रमलाई अवाहन गरे। यस्तै प्रकारले पालन गरिएकाे श्रम दिवसमा हरेक सफाई कर्मचारीहरूलाई एक एकवटा न्यानाे ब्ल्याङकेट साथै केही नगद राशी मुख्य अतिथिकाे बाहुलीकाे वितरण गरियाे। लगभग ३४ जना सफाई कर्मचारीले प्राप्त गरेकाे सम्पुर्ण ब्ल्याङकेटहरू मुख्य मंन्त्रीका धर्मपत्नि श्रीमती कृष्ण राईकाे मायाकाे प्रतिक स्वरूप प्राधन गरिएकाे थियाे।

02/05/2022

टेण्डाेङ्ग आरचरी क्लब, नाम्ची साथै सिक्किम आरचरी संघकाे संयुक्त आयाेजनामा २०औं मुख्य मंन्त्री परम्परागत आरचरी प्रतियोगिता (यौगिक) २०२२ काे नाम्ची स्थित सिगीथाङ्ग ताङसाङ्ग क्षेत्रमा शुआरम्भ भयाे। आजकाे पहिलाे दिनका प्रतियोगितामा ०९- रालाङ्ग बरफुङ्ग समष्टिकाे विधायक टाशी थेन्डुप भुटिया मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए। यस्तै प्रकारले आरचरी प्रतियोगितामा ११-नाम्ची सिगीथाङ छेत्रका प्रभारी गणेश राई, भवन तथा अवास विभागका अध्यक्ष टाशी दोर्जी तामाङ, पुर्व अध्यक्ष साेनाम पिन्साे भुटिया, पारषद् पेम नोर्बु भुटिया, दक्षिण सिक्किम नारी शक्ति महा सचिव कला सुब्बा, दक्षिण सिक्किम महा सचिव अरूण राई, लसुङ्ग नामसुङ्ग समितिका सम्पुर्ण सदस्यगणका साथ साथै स्थानिय गाउँलेहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे। आरचरी प्रतियोगिताकाे प्रथम दिन खेलिएकाे खेल ताथाङ्गचेन व्हाइट, गान्ताेककाे भिडन्त के आर जि रालाङ्ग माझमा खेलिएकाे थियाे। जसमा ताथाङ्गचेन व्हाइट, गान्ताेकले के आर जि रालाङ्गलाई १२ अंककाे विरुद्ध ६० अंक लिएर अघिलाे चरणकाे निम्ति चयन भएका छन्। टेण्डाेङ्ग आरचरी क्लब, नाम्चीले यस वर्ष २५ वर्ष पुगेकाे खुशयालीमा रजत जयन्ती मनाएकाे जानकारी गराए। आयाेजक समिति द्वारा मुख्य अतिथि साथै सम्पुर्ण अतिथिगणहरूलाई इस्मृती चिन्ह गरेर सम्मान जनाए।

दक्षिण सिक्किमकाे ११- नाम्ची सिगीथाङ्ग समष्टि अन्तरगत् ३१- बुम्टार सल्लेबुङ्ग ग्राम पन्चायत इकाईकाे तिन्जीर वार्डमा सिक्...
30/04/2022

दक्षिण सिक्किमकाे ११- नाम्ची सिगीथाङ्ग समष्टि अन्तरगत् ३१- बुम्टार सल्लेबुङ्ग ग्राम पन्चायत इकाईकाे तिन्जीर वार्डमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीकाे बुथ स्तरीय समिति गठन साथै वार्ड स्तरीय समीक्षा सभा तिन्जीरमा सम्पन्न भयाे। यस समिति गठन सभामा तिन्जीर वार्डका वरिष्ठ नागारीक तुलसी दरनाल सभा अध्यक्षकाे रूपमा उपस्थित रहेका थिए।
यसैगरी सभामा नाम्ची नगर परिषदका अध्यक्ष एवं छेत्र प्रभारी गणेश राई, सि एल सि अध्यक्ष टासी दोर्जी तामाङ्ग, दक्षिण सिक्किम नारी शक्ति उप अध्यक्ष कला सुब्बा,दक्षिण सिक्किम महा सचिव अरूण राई, समष्टि नारी शक्ति महा सचिव लासाेङ तामाङ, पन्चायत सभमपति प्रेम सिला राई, पन्चायत सदस्य इनाेश राई, सि एल सि संयाेजक दावा तामाङ्ग, पार्टी कर्याकर्तागण साथै तिन्जीर वार्डका जनताहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे।सभालाई सम्बाेधन गर्दै स्थानीय नागारीकले गाउँ घरले देखेकाे समस्याकाे हल गर्न हेतु सरकार समक्ष केही महत्वपूर्ण मांगहरू राखे जस्तै तिन्जीर वार्डकाे सामुहिक विकास साथै तिन्जीर देखि देन्चुङ सम्म सडक विस्तार गरिनु पर्ने जस्ता मांगहरू राखे। तिन्जीर वार्डका सम्पुर्ण जनताहरूलाई सामुहिक विकासकाे निम्ति अघि आउने अवाहन गरे।कला सुब्बाले आफ्नाे सम्बाेधनमा बाेल्दैं बुथ स्तरीय समिति गठन साथै वार्ड स्तरीय समीक्षा सभा एक महत्वपुर्ण सभा रहेकाे बताइन्। "आमा साथै बहिनी" जस्ताे महत्वपूर्ण याेजनाहरू विषयमा सभालाई जागारूक गराइन्। सि एल सि अध्यक्ष टासी दोर्जी तामाङ्गले सभालाई सम्बाेधन गर्दै प्रतेक समष्टिकाे पार्टी कर्याकर्ताहरूकाे दहित्वलाई बाेध गराउदैं पन्चायत वार्डका जनताहरूकाे मांगहरू साथै समस्यहरूलाई पार्टी अध्यक्ष समक्ष पुराउने एक महत्त्वपूर्ण कर्तब्य हाे भनी बताए। बुथ स्तरीय समितिकाे उद्देश्य विषयमा आफ्नाे विचार राख्दैं सदस्यहरूले आफ्नाे वार्डकाे प्रतेक मतदाताहरूकाे डाटा सङ्ग्रह गर्नु पर्ने भनी सभामा जानकारी गराए। हालैमा एस के एम सरकारले गठन गरिएकाे सिड सेलकाे अवधारणा सभा समक्ष सि एल सि अध्यक्षले राखे। समिति गठन सभालाई सम्बाेधन गर्दै नाम्ची नगर परिषदका अध्यक्ष एवं छेत्र प्रभारी गणेश राईले सरकारबाट उप्लब्द हुने धेरै प्रकारकाे सहुलियतहरूकाे छाेटकारीमा सभालाई जानकारी गराए। नारी सशक्तीकरणकाे महत्व बारे अवागत गराउँदैं गाउँकाे चेली नारीहरूलाई अघि आई विभिन्न प्रकारकाे याेजनाहरूकाे लाभ उठाउने सम्पुर्णलाई अवाहन अध्यक्षले गरे। एस के एम सरकार साथै विभागकाे संयुक्त तत्वधानमा तिन्जीर पन्चायत वार्डका लगभग ३५ परिवारहरूलाई २-२ मन गरि उच्च प्रजातीकाे अदुवा वितरण गरियाे।

Address

Namchi
737126

Telephone

+917550978235

Website

Alerts

Be the first to know and let us send you an email when Namchi update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Namchi update:

Share