Kalimpong Diary

Kalimpong Diary Local news of hills

बर्खालाई मध्यनजर गर्दै मन्सोङमा सिन्कोना मजदुरहरूलाई छाता वितरणमन्सोङ, १० जुलाई: वर्षायाममा सिन्कोना मजदुरहरूको दैनिक का...
10/07/2026

बर्खालाई मध्यनजर गर्दै मन्सोङमा सिन्कोना मजदुरहरूलाई छाता वितरण
मन्सोङ, १० जुलाई: वर्षायाममा सिन्कोना मजदुरहरूको दैनिक कार्यलाई सहज बनाउने उद्देश्यले ३९ नम्बर समष्टि अन्तर्गत पर्ने मन्सोङ सिन्कोना विभागको गन्तीमा शुक्रबार बिहान छाता वितरण कार्यक्रम सम्पन्न गरिएको छ।
गोर्खा जनमुक्ति मोर्चा ३९ नम्बर समष्टि तथा राष्ट्रिय राजमार्ग–१० (सेवक–रम्फू) का संयोजक अर्जुन छेत्रीको नेतृत्वमा आयोजित उक्त कार्यक्रममा सिन्कोना मजदुरहरूलाई छाता वितरण गरिएको हो। निरन्तर वर्षाका कारण कामकाजमा पर्न सक्ने असहजतालाई मध्यनजर गर्दै श्रमिकहरूको सुविधाका लागि कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा ३९ नम्बर समष्टिका साङ्से पञ्चायत समिति सदस्य लाक्पा शेर्पा, पार्टीका विभिन्न पदाधिकारी, स्थानीय नेतागण तथा ठूलो संख्यामा पार्टी कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक अर्जुन छेत्रीले श्रमिकहरूको हितलाई प्राथमिकतामा राख्दै आगामी दिनहरूमा पनि यस्ता जनहितमुखी तथा श्रमिक–केन्द्रित कार्यक्रमलाई निरन्तरता दिइने बताए। उनले मन्सोङपछि कास्येम, बर्मेक, रम्फो डिभिजन र साङ्सेरमा समेत सिन्कोना मजदुरहरूलाई छाता वितरण गरिने जानकारी दिए।
स्थानीयवासीले वर्षायाममा श्रमिकहरूको सुरक्षालाई ध्यानमा राखेर गरिएको यस पहलको स्वागत गर्दै यस्ता सामाजिक तथा जनसेवामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका छन्।

 On the auspicious occasion of 80th Independence Day Max sporting Club Burmaik organised Men’s Open Challenge Knockout F...
09/07/2026


On the auspicious occasion of 80th Independence Day Max sporting Club Burmaik organised Men’s Open Challenge Knockout Football Tournament & Open Veteran Football Tournament 2026

मदन पुरस्कार विजेता लेखक छुदेन काविमोलाई एकता बुक इन्डियाद्वारा सम्मानसिलगढी, ९ जुलाई।‘उरमाल’ उपन्यासका लागि वर्ष २०२५ क...
09/07/2026

मदन पुरस्कार विजेता लेखक छुदेन काविमोलाई एकता बुक इन्डियाद्वारा सम्मान

सिलगढी, ९ जुलाई।
‘उरमाल’ उपन्यासका लागि वर्ष २०२५ को मदन पुरस्कार प्राप्त गरेका युवा आख्यानकार छुदेन काविमोलाई आज विशेष कार्यक्रम बीच एकता बुक इन्डियाले सम्मान गरेको छ।

‘उरमाल’ काविमोको पछिल्लो उपन्यास हो, जसमा चियाबारी श्रमिकहरूको जीवनसंघर्षलाई मार्मिक रूपमा चित्रण गरिएको छ। ‘फातसुङ’ उपन्यासमार्फत एकाएक चर्चामा आएका काविमोको विशिष्ट लेखनशैलीका कारण ‘उरमाल’ पनि पाठकमाझ अत्यन्त लोकप्रिय भइरहेको छ।

कार्यक्रममा उपस्थित प्रा. डा. मोहन पी. दाहालले ‘उरमाल’ले आफ्नो बाल्यकालका स्मृतिहरू ताजा गराइदिएको बताउँदै डुवर्ससँगको आफ्नो आत्मीय सम्बन्धबारे अनुभव सुनाए। उनले भने, “बाल्यकालमा हिँडेको, डुलेको र पौडी खेलेको समय फेरि सम्झिएँ।”

सम्मान कार्यक्रमसँगै लेखक छुदेन काविमोसँग अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भएको थियो, जहाँ सहभागीहरूले उनको लेखन, सिर्जना प्रक्रिया र साहित्यिक यात्राबारे जिज्ञासा राखेका थिए।

नयाँ लेखकहरूलाई प्रोत्साहन गर्ने तथा पुस्तकप्रेमीहरूलाई एकै थलोमा जोड्ने उद्देश्यले आयोजित कार्यक्रममा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

07/07/2026

यसै संसद सत्रमा छुट्टैराज्य गोर्खाल्याण्डको बील ल्याउन केन्द्र सरकारमा दवाब बनाउन नयाँ पार्टी निर्माण समितिले डाक्यो सर्वदलीय बैठक : सबै पार्टीका अध्यक्ष -महासचिवलाई बैठकमा बोलाउँदै पठायो पत्र

८०-९० को दशकको बिस्कुटवाला चाचाको सुनौलो दिनहरूको सम्झना। बाल्यकालका दिनहरूको आफ्नो सहकर्मीलाई ट्याग गर्नुहोस्।
06/07/2026

८०-९० को दशकको बिस्कुटवाला चाचाको सुनौलो दिनहरूको सम्झना। बाल्यकालका दिनहरूको आफ्नो सहकर्मीलाई ट्याग गर्नुहोस्।

From Darjeeling to Rättvik, Sweden: Hill women musicians represent India at Ethno Sweden 2026Musicians Ankita Chettri an...
06/07/2026

From Darjeeling to Rättvik, Sweden: Hill women musicians represent India at Ethno Sweden 2026

Musicians Ankita Chettri and Vippassana Yonzon from the Darjeeling Hills represented India at Ethno Sweden 2026, a ten-day international folk and traditional music camp held in Rättvik, in Sweden's Dalarna County.

Ethno Sweden is part of Jeunesses Musicales International (JMI), the world's largest youth music network, and brings together young musicians from across the globe to celebrate and exchange folk, traditional and world music. Unlike a conventional music festival, every participant becomes both a performer and a teacher. Musicians introduce a song or composition from their own cultural tradition, teach it to the entire ensemble, rehearse together over several days, and finally perform the repertoire in concerts across different venues.

Bringing the music of the hills to an international stage:

For their contribution, Ankita and Vippassana presented a two-part musical piece rooted in the musical traditions of the Darjeeling Hills.

The first part featured the timeless Nepali song "Pohor Saal" by the legendary singer Aruna Lama, one of the most celebrated musical voices to emerge from Darjeeling. The song reflects on life's hardships, the passage of time, resilience, and the quiet hope that enables people to move forward despite adversity. Choosing the song was also a tribute to Aruna Lama's enduring legacy and her contribution to Nepali music, making it a meaningful representation of the region on an international platform.

The second part was an original composition jointly created by Ankita and Vippassana. Beginning with a slow and reflective melody, the piece gradually evolved into a vibrant, rhythmic section before concluding with a traditional tihai—a rhythmic phrase commonly used in Indian classical music.

The composition reflected the duo's diverse musical journeys. Vippassana brings over seventeen years of training in Hindustani classical music with the sitar, while Ankita is a singer and multi-instrumentalist whose work spans Western classical, contemporary, folk and world music traditions. Their composition brought these distinct influences together, creating a piece that was both rooted in tradition and contemporary in expression.

Friends, musicians and professionals:

Ankita and Vippassana first met as students at Loreto Convent Darjeeling, where their shared love for music began.

Beyond music, both have pursued distinguished academic and professional careers. Vippassana, an alumna of St. Joseph’s College, Darjeeling, is currently pursuing a PhD in Economics at the University of North Bengal. Ankita, an alumna of St. Stephen's College and Ashoka University, currently serves as the director of an organisation based in Gurugram.

Reflecting on their experience, the musicians described Ethno Sweden as an unforgettable opportunity to create, teach, learn and collaborate with artists from around the world. This year's programme brought together participants from countries including China, France, Argentina, Brazil, Malawi, the United States, the United Kingdom, the Democratic Republic of the Congo, Algeria, Latvia and several others, highlighting the universal language of music across cultures.

Apart from the orchestra performances, Ankita and Vippassana were also selected to present a special concert at Alfvéngården in Leksand, the former home of renowned Swedish composer and painter Hugo Alfvén, making the experience even more memorable.

Carrying Darjeeling wherever they perform:

The musicians say that growing up in Darjeeling has profoundly shaped their artistic identities. Long regarded as a cultural hub of the Eastern Himalayas, the hills have nurtured generations of writers, poets and musicians, producing iconic figures such as Agam Singh Giri, Parasmani Pradhan, Kumar S***a, and Aruna Lama. They hope to carry forward this rich musical heritage by sharing it with audiences across the world.

As the two musicians return home, they hope their journey inspires more young people from the hills - especially young women, to pursue music with confidence. They believe that talent from the region deserves greater visibility and that platforms such as Ethno Sweden demonstrate how local traditions can find appreciation on the global stage without losing their cultural roots.

जिल्ला खेलकुद संघ (DSA) कालिम्पोङको रेखदेखमा ५ जुलाई २०२६ का दिन मन्सोङ सामुदायिक भवनमा एक बैठक सम्पन्न भयो।यो बैठक DSA ...
06/07/2026

जिल्ला खेलकुद संघ (DSA) कालिम्पोङको रेखदेखमा ५ जुलाई २०२६ का दिन मन्सोङ सामुदायिक भवनमा एक बैठक सम्पन्न भयो।

यो बैठक DSA कालिम्पोङका ग्राम पञ्चायत (GP) प्रतिनिधि श्री उत्सव प्रधानको पहलमा मन्सोङ क्षेत्रका विभिन्न खेलकुद क्लबका प्रतिनिधिहरूसँग आयोजना गरिएको थियो।

DSA कालिम्पोङका उपाध्यक्ष श्री मणि कुमार खवास र संयुक्त सचिव सुशान थापाको उपस्थितिमा बैठक सञ्चालन गरियो।

बैठकमा निम्न क्लब/एकेडेमीका प्रतिनिधि तथा प्रशिक्षकहरूको सहभागिता थियो:
१. दर्पण क्लब,
२. पोलिमर्स क्लब,
३. सञ्जीवनी क्लब,
४. नव खेलकुद,
५. सिन्कोना युवा परिवार

बैठकको मुख्य उद्देश्यबारे सुशान थापाले जानकारी गराउनुभयो।

क) DSA कालिम्पोङ र जिल्लामा खेलकुदको सर्वोच्च निकायको रूपमा यसको भूमिकाबारे।

ख) DSA को दृष्टिकोण (Vision): "गाउँदेखि ओलम्पिकसम्म" र 'मिसन २०३६' (तल्लो तहदेखि उच्च स्तरका खेलाडीहरूको विकास) माथि प्रकाश पारियो।

ग) क्लब/एकेडेमी सम्बन्धन (Affiliation) प्रक्रियाबारे व्याख्या गरियो। मन्सोङका सबै खेलकुद क्लब र एकेडेमीहरूलाई DSA अन्तर्गतका सम्बन्धित जिल्ला खेल विधा संघहरू (District Sports Discipline Associations) बाट सम्बन्धन लिन सुझाव दिइयो।

घ) खेलाडीहरूको उचित व्यवस्थापन, जिल्ला/राज्य/राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा सहभागिता र आधिकारिक रूपमा कुनै पनि खेलकुद एकेडेमी सञ्चालन गर्न सम्बन्धन अनिवार्य छ।

DSA कालिम्पोङका उपाध्यक्ष श्री मणि कुमार खवासले सबै क्लबहरूबीच एकताको आवश्यकतामा जोड दिनुभयो। साथै, उहाँले यस क्षेत्रमा खेलकुदको प्रवर्द्धनका लागि सबै क्लबहरूलाई एकजुट भएर काम गर्न सुझाव दिनुभयो।

04/07/2026

कालेबुङ भ्रमणमा रहेका केन्द्रीय युवा अध्यक्ष तथा दार्जिलिङका विधायक नोमन राईलाई टिस्टामा भव्य स्वागत
टिस्टा, ४ जुलाई : गोर्खा जनमुक्ति मोर्चाका केन्द्रीय युवा अध्यक्ष तथा दार्जिलिङका विधायक श्री नोमन राईलाई कालेबुङ भ्रमणका क्रममा टिस्टा पुल क्षेत्रमा भव्य स्वागत गरिएको छ।
३९ नम्बर समष्टिका प्रतिनिधिहरू तथा राष्ट्रिय राजमार्ग–१० (सेवक–रम्फू) का संयोजक श्री अर्जुन छेत्रीको नेतृत्वमा पार्टीका पदाधिकारी तथा कार्यकर्ताहरू टिस्टा पुलमा उपस्थित भई खादा ओढाई तथा पुष्पगुच्छा अर्पण गर्दै विधायक राईलाई हार्दिक स्वागत गरेका थिए।
स्वागत कार्यक्रममा विधायक राईले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै जनताका हक–हितका पक्षमा निरन्तर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उपस्थित कार्यकर्ताहरूले पनि संगठनको एकता, अनुशासन र जनसम्पर्कलाई अझ प्रभावकारी बनाउने संकल्प व्यक्त गरेका थिए।
उक्त कार्यक्रममा ३९ नम्बर समष्टिका पदाधिकारी, स्थानीय नेतागण तथा ठूलो संख्यामा पार्टी कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

04/07/2026

अघिल्लो व्यवस्था सम्हाल्नेहरुमाथी उठ्यो यस्तो सवाल।
निरियस मुखियाले भने,"कुन सहिद परिवारको स्वीकृति लिएर गेट सारियो?" उहिले यो पार्क कति सुन्दर थियो,वर्तमान देख्दा मन रोयो"
Courtesy:Hiway

02/07/2026

म्युजिक भिडियो‘हाम्रो कुइलेन बगान’भव्य विमोचन पछि भिडियोमा अभिनय गरेका क्षेत्रका वरिष्ठ कलाकारहरु आर.के. वाइबा अनि निर्मला गुरुङले आफ्नो सम्बोधन राख्दै यस्तो भने हेर्नुहोस ।

पूरा भिडियो हेर्नको निम्ति 👇️
https://fb.watch/I46MNGiXgM/?

Address

Kalimpong
734301

Alerts

Be the first to know and let us send you an email when Kalimpong Diary posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kalimpong Diary:

Shortcuts

Share